Friday, July 31सत्यम खबर
Shadow

समाज

कोभिड–१९ का कारण क्षयरोगी पहिचान कार्य पनि प्रभावित

कोभिड–१९ का कारण क्षयरोगी पहिचान कार्य पनि प्रभावित

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २९ भाद्र – नेपाल क्षयरोग निवारण संस्था (नाटा) बाँके शाखाको आयोजनामा नेपालमा क्षयरोग र एचआइभी सेवाको पहुँचमा मानव अधिकार र लैंगिक अवरोध न्युनिकरण कार्यक्रम सम्बन्धि सरोकारवालाहरुलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो ।आईतवार जिल्लाका सरोकारवालाहरुको सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको हो । संस्थाका केन्द्रीय सदस्य सेमराज शाक्यले मन्तव्य व्यक्त गर्दै शुभारम्भ गरिएको उक्त कार्यक्रममा जिल्लाका सरकारी तथा गैरसरकारी संघ संस्थाका करीब दुई दर्जन प्रतिनिधिहरुको सहभागिता रहेको थियो । नाटाका केन्द्रीय सदस्य शाक्यले क्षयरोग कुनै पनि जाति धर्म वा सम्प्रदायलाई लाग्न सक्ने भएकोले यसको उपचारको लागि नेपाल सरकारले निःशुल्क औषधि तथा अन्य सेवाहरु प्रदान गर्दै आएको बताउँदै उनीहरुको स्वस्थ भई बाँच्नका लागि पनि विभिन्न किसिमका सेवा सुविधाहरु उपलब्ध गराउने कानूनी व्यवस्था रहेको बताउनुभयो ।जिल्ल...
प्रशासकीय अधिकृत खरालको बिदाई

प्रशासकीय अधिकृत खरालको बिदाई

प्रदेश ५, राजनीति, समाचार, समाज
नरैनापुर, २९ भाद्र – बाँकेको नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालको सरुवा भएपछि आईतबार गाउँपालिकाले एक कार्यक्रम गरी विदाई गरेको छ ।गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहको अध्यक्षतामा भएको विदाई कार्यक्रममा प्रशासन प्रमुख विजय कुमार यादव र सूचना अधिकारी लक्ष्मीकान्त मिश्रले विदाई मन्तब्य ब्यक्त गर्दै छोटो समय काम गर्ने अवसर मिलेपनि कोभिड(१९ को संकटमा फसेको नरैनापुरलाई संकटबाट मुक्त गर्न अहम् भूमिका खेलेको भन्दै उहाँको प्रशंसा गर्नुभयो । खरालको नेतृत्वमा काम गर्दा उत्साह मिलेको उहाँहरुको भनाई थियो । प्रमुख प्रशासकीय अधिकृत खरालले विदाईको क्षण नरमाइलो भएपनि सरुवा नियमित प्रक्रिया भएको बताउँदै संगसंगै काम गर्दा सहयोग र साथ दिएको भन्दै सबैप्रति आभार प्रकट गर्नुभयो । अध्यक्ष शाहले खरालको नेतृत्वमा कोभिड–१९ नियन्त्रणसँगै गाउँपालिकाले सबै क्षेत्रमा राम्रो गति लिएको बत...
झुट्टा अफवाह फैलाउने महिला पक्राउ

झुट्टा अफवाह फैलाउने महिला पक्राउ

अपराध, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, २८ भाद्र –अपहरणको नाटक गरि झुट्टा अफवाह फैलाउने महिला पक्राउ परेकी छिन् ।बर्दिया ठाकुरबाबा नगरपालिका वडा नं ०४ मैनवा घर भई हाल नेपालगन्ज उपमहानगरपालिका वडा नं. ०६ फुल्टेक्रा स्थित शान्ति चौधरीको घरमा भाडामा बस्ने बर्ष ३३ की आशिककुमारी चौधरी पक्राउ परेकी हुन् । उनले सानु दहितको नामबाट अर्कै केटीको फोटो राखी फेसबुक आईडी खोली नवलपरासी जिल्ला बस्ने एक जनालाई उक्त आईडीबाट फेसबुक साथी बनाई फोन सम्पर्क गर्ने गरेको खुलेको छ ।भेट्ने कुरा गर्दा र भिडियोमा कुरा गर्न खोज्दा बिभिन्न बाहाना गरी पञ्छिने गर्दै आएकी चौधरीले भदौ २५ गते ती पुरुषलाई आफ्नो घर पोखरा पनि भएको भन्दै म नेपालगंजबाट आफ्नै गाडीमा हिडेको बताइकी थिइन् । तर बिच बाटो चन्द्रौटामा पुग्दा अपरिचित ब्यक्तिहरुले मलाई कोठामा लगी मेरो साथमा भएको सुन, मोवाईल, गाडीको चाबी लगी मलाई कोठामा राखेको भनि प्रहरीलाई खबर गरेपछि प्रहरीले अ...
समसामयिक विषयमा जिल्ला स्तरिय अन्तर सम्बाद

समसामयिक विषयमा जिल्ला स्तरिय अन्तर सम्बाद

शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज २८ भाद्र–कोभिड–१९ मा स्थानिय सरकारका समस्या, चुनौती र पहलका लागि नागरिक समाजको भूमिकाका विषयमा आज नेपालगन्जमा अन्तरसम्वाद कार्यक्रम गरिएको छ । अनलाईन भर्चुअल रुपमा भएको कार्यक्रममा स्थानिय तहले कोरोनाको महामारीको व्यवस्थापनमा भोगेका चुनौतीहरु र बन्दाबन्दीको समयमा सेवा प्रवाह गर्दा आएका समस्याका बारेमा छलफल भएको थियो । पारस्पारिक जवाफदेहिता परियोजना अन्र्तगत सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जले गरेको छलफलमा कोभिड महामारीका कारण शिक्षामा परेकोे असरलाई न्युनीकरण गर्न बालबालिकाहरुको शिक्षण सिकाईलाई निरन्तरता दिन तीन वटै सरकारलाई जिम्मेवार बनाउन नागरिक दबाब आवश्यक रहेको जोड दिइएको थियो । किसानले भोगेका समस्या मलखादको अभाव, कृषि समाग्रीको अभावलाई समाधान गर्न सरकारले लागु गरेको कृषि नीति तथा कार्यक्रमको कार्यान्वयन व्यवहारिक रुपमा प्रभावकारी बनाउनु पर्ने जस्ता सवाललाई...
कोरोनाको जोखिम बिच सेवाग्राही

कोरोनाको जोखिम बिच सेवाग्राही

आर्थिक, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २८ भाद्र – बाँकेमा दैनिक रुपमा कोरोना भाइरसका संक्रमित बढिरहेका छन् । संक्रमितको संख्या दैनिक रुपमा बढे पनि भिडभाड र लापरवाहीको श्रृंखला भने रोकिएको छैन् । जसका कारण संक्रमणको जोखिम थप बढेको छ । भीडभाड हुने कार्यालयमा कोरोना भाइरसको संक्रमण देखिरहेका बेला नेपालगन्जको त्रिभुवन चोकमा रहेको ग्लोवल आइएमी बैकमा देखिएको दृष्यले एकछिन झस्काउँथ्यो । जनताले सेवा पाउनु पर्छ तर बैंकका कर्मचारी सुरक्षितरुपमा भित्र बस्ने तर बैंकमै हुने त्यो भीडभाड व्यवस्थापन नगर्ने प्रवृत्तिले भने जोखिम थप बढाएको सहजै अनुमान लगाउन सकिन्छ । कार्यालयमा आउने सेवाग्राहीहरुलाई व्यवस्थित गराउने सवालमा बैंक व्यवस्थापक गैरजिम्मेवार देखिएको छ । एकजना सेवाग्राही भन्दै थिए, कर्मचारी सबै भित्र सुरक्षित बसेर सेवा दिएका छन् हामीलाई जोखिममा पारेका छन् ।बैंकले अगाडीबाट सेवा दिन छाडेर आफुहरु सुरक्षित हुन पछाडीब...
रेड पाण्डाको छाला सहित ५ जना पक्राउ

रेड पाण्डाको छाला सहित ५ जना पक्राउ

अपराध, आर्थिक, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, २८ भाद्र – जिल्ल्ला प्रहरी कार्यालय बाँकेको सक्रियतामा दुर्लभ वन्यजन्तु रेडपाण्डाको छाला, दाँत, नांग्रासहित ५ जनालाई पक्राउ गरिएको छ ।आईतबार जिल्ला प्रहरी कार्यालय कै प्रा·णमा गरिएको पत्रकार सम्मेलनमार्फत प्रहरी प्रमुख ओमबहादुर रानाले बाँके बैजनाथ गाँउपालिका वडा नं. ०१ स्थित गगन थारुले सञ्चालन गरेको डेनियाल रेष्टुरेण्टमा दुर्लभ वन्यजन्तु (रेडपाण्डा) सहित ५ जनालाई पक्राउ गरिएको बताउनुभयो । घटनामा संलग्न पक्राउ पर्ने ब्यक्तिहरु जाजरकोट कुसे गा.पा.वडा नं. ६ वस्ने वर्ष ३२ का कृष्ण वली, वडा नं.९ वस्ने वर्ष २८ का ईन्द्रबहादुर नेपाली, सुर्खेत भेरीगंगा न.पा.वडा नं. ५ वस्ने वर्ष ३० को जयबहादुर कामी, वर्ष २५ को गणेश वि.क., वडा नं.१२ वस्ने वर्ष ३६ को देवबहादुर बाँठा रहेको बताउनुभयो । देवबहादुर बाठा, गणेश बि.क., जयबहादुर बि.क. र कृष्ण बलीलाई चेकजाँच गर्ने क्रममा निजहरु बसेको क...
प्रदेश नं.५ मा प्रदेश युवा सम्मेलन सम्पन्न युवाहरु स्वदेश मै उद्यमशिलतामा अग्रसर हुुनु पर्नेमा जोड

प्रदेश नं.५ मा प्रदेश युवा सम्मेलन सम्पन्न युवाहरु स्वदेश मै उद्यमशिलतामा अग्रसर हुुनु पर्नेमा जोड

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २८ भाद्र – नेपाल युवा परिषद, मास्टर पिस एनवाईसी नेपाल, नेपाल युवा परिषद प्रदेश नं. ५ र नेपाल युवा परिषद बाँके शाखाको संयुक्त आयोजना तथा नेपालगन्ज उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका र बढैयाताल गाउँपालिकाको सहकार्यमा प्रदेश नं.५ माप्रदेश युवा सम्मेलन भर्चुअल रुपमा सम्पन्न भएको छ । सो सम्मेलनको समापन समारोहका प्रमुख अतिथि प्रदेश नं.५ का सामाजिक बिकास मन्त्री सुर्दशन बरालले युवाहरुलाई स्थानीय सरकार, प्रदेश सरकार र संंघीय सरकारले आफनो क्षेत्रमा परिचालन गर्न सक्नु पर्ने र युवाहरु स्वदेश मै केही उद्यमशिलतामा अग्रसर हुुनु पर्नेमा जोड दिनुभयो । साथै उहाँले युवाहरुलाई रचनात्मक कार्यमा लगाउनु पर्ने र युवाको असिमित क्षमतालाई आप्mनै देशमा लगाउन सक्ने वातावरण मिलाउनुु पर्नेमा जोड दिनुभयो ।त्यसैगरी बिशिष्ट अतिथि नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमाथापा मगरले वर्तमानमा युवामा लगानी गर्...
अपडेटः बाँकेमा आज १२ जना घर फर्किदै

अपडेटः बाँकेमा आज १२ जना घर फर्किदै

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २८ भाद्र – जिल्लाका विभिन्न आईसोलेसनमा रहेका १ महिलासहित १२ जना निको भएर घर फर्किने भएका छन् ।भाद्र १४ गते कोरोना संक्रमित देखिएका उनीहरु आज आईतबार डिस्चार्ज भई घर फर्किने भएको स्वास्थ्य कार्यालय, बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताउनुभयो । हालसम्म बाँके जिल्लामा १ हजार ४ सय १९ जना कोरोना संक्रमित देखिएकोमा उपचारपछि ९ सय ९६ जना डिस्चार्ज भई घर फर्किसकेका छन् भने विभिन्न आईसोलेसनमा ४ सय २० जना रहेको फोकलपर्सन श्रेष्ठले बताउनुभयो ।उहाँले बाँकेमा बिरामी निको हुने प्रतिशत ७०.१९ रहेको छ भने बिरामी मृत्यु दर ०.५६ प्रतिशत रहेको बताउँदै बाँकेमा रोग प्रकोप दर ०.२४ प्रतिशत मात्र रहेको बताउनुभयो । यसअघि ४ महिलासहित ८ जनाको मृत्यु भईसकेको समेत बताउनुभयो ।...
अपडेटः १२ महिलासहित ४० जना कोरोना संक्रमित

अपडेटः १२ महिलासहित ४० जना कोरोना संक्रमित

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २७ भाद्र – बाँकेमा शनिबार १२ महिलासहित ४० जना कोरोना संक्रमण देखिएको छ । भेरी अस्पताल नेपालगन्ज र बागेश्वरी ल्याबद्वारा आज शनिबार जारी गरिएको विवरण अनुसार बाँकेको कोहलपुर, नेपालगन्ज, बर्दियाका कोरोना संक्रमित देखिएको छ । हालसम्म बाँके जिल्लामा १ हजार ४ सय ४ जना कोरोना संक्रमित देखिएकोमा उपचारपछि ९ सय ८५ जना डिस्चार्ज भई घर फर्किसकेका छन् भने विभिन्न आईसोलेसनमा ४ सय ११ जना रहेको फोकलपर्सन श्रेष्ठले बताउनुभयो ।उहाँले बाँकेमा बिरामी निको हुने प्रतिशत ७०.१६ रहेको छ भने बिरामी मृत्यु दर ०.५७ प्रतिशत रहेको बताउँदै बाँकेमा रोग प्रकोप दर ०.२३ प्रतिशत मात्र रहेको बताउनुभयो । यसअघि ४ महिलासहित ८ जनाको मृत्यु भईसकेको समेत बताउनुभयो ।...
प्रेस काउन्सिल र नेपाल चिकित्सक संघ बीच सम्झौता पत्रमा हस्ताक्षर

प्रेस काउन्सिल र नेपाल चिकित्सक संघ बीच सम्झौता पत्रमा हस्ताक्षर

शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, २७ भाद्र – प्रेस काउन्सिल नेपाल र नेपाल चिकित्सक संघ बीच आपसी सहयोग र सहकार्य सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।पेशागत हकहित र आचारसंहिता सम्बन्धी १२ बुँदे सम्झौता पत्रमा काउन्सिलका तर्फबाट कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र भुसाल र चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की, महासचिव डा. बद्री रिजालले हस्ताक्षर गर्नुभएको हो । स्वास्थ्य लगायत विभिन्न बिटमा कलम चलाइरहेका देशभरिका पत्रकारलाई तालिम दिने प्रयोजनको लागि विषय विज्ञबाट पाठ्यक्रमको प्रारुप तयार गरी तालिम तथा प्रशिक्षण प्रदान गर्ने, दक्ष प्रशिक्षक उत्पादन गर्ने, संस्थाको पेशागत मर्यादा, विश्वसनीयता, हकहित र व्यावसायिक दक्षता अभिबृद्धि गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।यस अवसरमा आयोजित कार्यक्रममा कार्यवाहक अध्यक्ष श्रेष्ठले रोगको उपचार गर्नुभन्दा रोग नै लाग्न नद...