Saturday, August 1सत्यम खबर
Shadow

समाज

फुल्टेक्रामा धार्मिक पूर्वाधारको योजना

फुल्टेक्रामा धार्मिक पूर्वाधारको योजना

आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३१ भाद्र – नेपालगन्ज उपमहानगरपालिकाले नगरको फुल्टेक्रामा धार्मिक पर्यटकीय पूर्वाधारको योजना ल्याएको छ ।उपमहानगरपालिकाको मंगलबार सुरु भई बुधबार सम्पन्न भएको कार्यपालिका बैठकले संघीय सरकारसँग १४ करोडको योजना माग गर्ने निर्णय गरेको छ । नगर प्रमुख डा. धवलशम्शेर राणाको अध्यक्षतामा बसेको बसेको पर्यटकीय पूर्वाधारको योजनालाई सर्वसम्मत स्वीकृत गरेको छ । बैठकले गैरसरकारी संस्थालाई व्यवसायको रुपमा नविकरण गर्दै आएकोमा अबदेखि सुचिकृत मात्रै गर्ने निर्णय गरेको प्रबक्ता प्रमोद रिजालले जानकारी गराउनुभयो । बैठकले नगर क्षेत्रभित्र अनलाईन शिक्षा सञ्चालनका विषयमा सरोकारवालासहितको सहभागितामा स्पष्ट मापदण्ड बनाउने निर्णय गरेको छ ।नेपालगन्ज उपमहानगरपालिकाले बुधबारदेखि सञ्चालनमा आएको फुडबैंकलाई ५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय समेत गरेको जनाइएको छ ।...
उदयसिंह श्रेष्ठ बिरुद्ध उजुरी दर्ता, पक्राउ गर्न प्रहरीलाई निर्देशन

उदयसिंह श्रेष्ठ बिरुद्ध उजुरी दर्ता, पक्राउ गर्न प्रहरीलाई निर्देशन

अपराध, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ३१ भाद्र – विद्युत चोरीको आरोप खेपिरहेका नेपालगन्ज १० का उदयबहादुर सिंह श्रेष्ठ विरूद्ध बाँकेका १८ जना सक्रिय पत्रकारले मुद्दा दायर गरेका छन् । श्रेष्ठले यहाँका पत्रकारलाई लगातार चार दिनदेखि गालीगलौजका साथै अपमान र असभ्य व्यवहार गर्दै सार्वजनिक रुप मै बदनाम गरेका कारण उनीमाथि तत्काल कानूनी कारवाहीको माग गर्दै पत्रकारहरूले बुधबार जिल्ला प्रशासन कार्यालय बाँकेमा मुद्दा दर्ता गरेका छन् । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारू र प्रेस संगठनका अध्यक्ष डक्ट धितालको नेतृत्वमा प्रशासन कार्यालय पुगेका १८ जना पत्रकारहरूको टोलीले संयुक्त निवेदन दिंदै मुद्दा दर्ता गरेको छ । पत्रकारले श्रेष्ठमाथि कारवाहीको माग गर्दै मुद्दा नै दर्ता गराएपछि बाँके प्रशासनले विद्युत चोरीको अरोपित उदय सिंह श्रेष्ठलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिइसकेको छ । तोकिएको समयअवधी भित्र उनी सम्पर्...
कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त आजात खाँ पक्राउ

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त आजात खाँ पक्राउ

अपराध, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, ३१ भाद्र – २०५४ सालदेखि कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त २३ वर्षपछि पक्राउ परेका छन् । कर्तब्य ज्यान मुद्दाका फरार बाँकेको खजुरा गाउँपालिका वडा नं–८ रनियापुरका ३८ वर्षीय आजात खाँलाई प्रहरीले २३ वर्षपछि पक्राउ गरेको छ । घट्नाको २३ वर्षपछि जिल्ला प्रहरी कार्यालय बाँके र इलाका प्रहरी कार्यालय धनौलीको संयुक्त प्रहरी टोलीले भाद्र २८ गते घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको प्रहरी प्रमुख ओमबहादुर रानाले जानकारी गराउनुभयो । प्रहरी प्रमुख रानाका अनुसार सोही मुद्दाका एक जना अभियुक्त अझै फरार रहेका छन् ।पक्राउ परेका २०५४ साल फागुन ७ गते सोही वडाका १९ वर्षीय नूर सलाम खाँलाई छातीमा गोली हानी र घाँटी रेटेर हत्या गरेका थिए । सोही मुद्दामा फरार अभियुक्त २०७२ अजोज १७ गते बाँके जिल्ला अदालतले २० वर्षको सजाय सुनाएको थियो ।...
अपडेटः १३ महिलासहित २४ जना कोरोना संक्रमित

अपडेटः १३ महिलासहित २४ जना कोरोना संक्रमित

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३१ भाद्र – बाँकेमा सोमबार १३ महिलासहित २४ जना कोरोना संक्रमण देखिएको छ । भेरी अस्पताल नेपालगन्ज, कोहलपुर मेडिकल कलेज पिसिआर ल्याब र बागेश्वरी ल्याबद्वारा आज बुधबार जारी गरिएको विवरण अनुसार सिम्टा सुर्खेत, कैलाली, बर्दिया, बाँकेको खजुरा, कोहलपुर, राप्तीसोनारी, नेपालगन्जका कोरोना संक्रमित देखिएका छन् । हालसम्म बाँके जिल्लामा १ हजार ५ सय ३६ जना कोरोना संक्रमित देखिएकोमा उपचारपछि १ हजार ८८ जना डिस्चार्ज भई घर फर्किसकेका छन् भने विभिन्न आईसोलेसनमा ४ सय ४० जना रहेको फोकलपर्सन श्रेष्ठले बताउनुभयो ।उहाँले बाँकेमा बिरामी निको हुने प्रतिशत ७०.८३ रहेको छ भने बिरामी मृत्यु दर ०.५२ प्रतिशत रहेको बताउँदै बाँकेमा रोग प्रकोप दर ०.२६ प्रतिशत मात्र रहेको बताउनुभयो । यसअघि ४ महिलासहित ८ जनाको मृत्यु भईसकेको समेत बताउनुभयो ।...
संक्रमित व्यक्ति होम आइसोलेसन मै बस्ने

संक्रमित व्यक्ति होम आइसोलेसन मै बस्ने

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३१ भाद्र – बाँकेमा अबदेखि कुनै पनि लक्षण बिनाका कोरोना संक्रमित र सामान्य लक्षण सहितका संक्रमित व्यक्ति होम आइसोलेसन मै बस्नु पर्ने भएको छ ।बाँके जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी हरी प्याकुरेलको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकबाट यस्तो निर्णय गरिएको छ । कोभिड–१९ संक्रमण भएका तर लक्षण नभएका र सामान्य लक्षण भएका संक्रमितहरुलाई होम आइसोलेसन सम्बन्धि राष्ट्रिय निर्देशिकाले तोकेको मापदण्ड बमोजिम सम्बन्धित पालिकाको स्वास्थ्य शाखाको संयोजकत्वमा नियमित अनुगमन र सुपरिवेक्षणमा रहने गरी होम आइसोलेसनमा राख्ने व्यवस्था सहितको निर्णय गरिएको निमित्त प्रजिअ प्याकुरेलले बताउनुभयो ।त्यसैगरी, बैठकले संक्रमितको अक्सिजन लेभल मापन गर्नका लागि प्रत्येक स्थानीय तहले स्वास्थ्य शाखामा प्रयाप्त संख्यामा पल्स अक्सिमिटरको व्यवस्था गर्नुपर्ने निर्णय पनि गरेको जना...
हटाइयो बाँकेमा निषेधाज्ञा र जोर विजोर

हटाइयो बाँकेमा निषेधाज्ञा र जोर विजोर

प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ३१ भाद्र – बाँकेमा दुई दिने निषेधाज्ञा र जोर विजोरमा सवारी चलाउनुपर्ने नियम हटाइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेमा बुधबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले हप्ताको शुक्रबार र शनिबार लाग्दै आएको निषेधाज्ञा हटाउने निर्णय गरेको निमित्त प्रमुख जिल्ला अधिकारी हरी प्याकुरेलले बताउनुभयो ।बाँकेमा यसअघि जारी भएको जोर विजोरमा सवारी साधन सञ्चालन गरिने निर्णय समेत हटाइएको छ ।...
अपडेटः बाँकेमा आज ५ महिलासहित १० जना घर फर्किदै

अपडेटः बाँकेमा आज ५ महिलासहित १० जना घर फर्किदै

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३१ भाद्र – जिल्लाका विभिन्न आईसोलेसनमा रहेका ५ महिलासहित १० जना निको भएर घर फर्किने भएका छन् ।भाद्र १७ गते कोरोना संक्रमित देखिएका उनीहरु आज बुधबार डिस्चार्ज भई घर फर्किने भएको स्वास्थ्य कार्यालय, बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताउनुभयो । हालसम्म बाँके जिल्लामा १ हजार ५ सय १२ जना कोरोना संक्रमित देखिएकोमा उपचारपछि १ हजार ८८ जना डिस्चार्ज भई घर फर्किसकेका छन् भने विभिन्न आईसोलेसनमा ४ सय १६ जना रहेको फोकलपर्सन श्रेष्ठले बताउनुभयो ।उहाँले बाँकेमा बिरामी निको हुने प्रतिशत ७१.९६ रहेको छ भने बिरामी मृत्यु दर ०.५३ प्रतिशत रहेको बताउँदै बाँकेमा रोग प्रकोप दर ०.२५ प्रतिशत मात्र रहेको बताउनुभयो । यसअघि ४ महिलासहित ८ जनाको मृत्यु भईसकेको समेत बताउनुभयो ।...
कोरोनाकालमा राप्तीसोनारीका प्रशासकीय अधिकृतको गाडी मोह

कोरोनाकालमा राप्तीसोनारीका प्रशासकीय अधिकृतको गाडी मोह

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
राप्तीसोनारी, ३० भाद्र– कोरोनाको महामहारीले देश संकटमा परेकाे बेला राप्तीसोनारी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतको गाडी मोह देखिएको छ । कोरोना भाइरस (कोभिड–१९) को महामारीका बेला जोखिम व्यवस्थापन कम गर्न रकम अभाव भइरहेको बेला राप्तीसोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतले स्कार्पियो गाडी खरिद गरेका छन् । महामारीका बेला अधिकृत बस्नेतले गाडी खरिद गरेपछि राप्तीसोनारी गाउँपालिका स्थानीयलगायत जनप्रतिनिधि समेत रुष्ट बनेका छन् । ४४ लाख ९५ हजार रुपैयाँ परेको उक्त गाडी भुसाल इन्टरनेशनल नेपालगन्जबाट खरिद भएको जिन्सी शाखाका महेन्द्र खड्काले बताए ।गाडी खरिदका लागी गाउँपालिका बोर्ड बैठकबाट पारित गराउनु पर्ने भए पनि प्रशासकीय अधिकृत बस्नेतले जनप्रतिनिधिलाई थाहै नदिई गाडी किनेको आरोप लागेको छ । ठूलो रकम खर्च गर्दा अनिवार्य रूपमा बोर्ड बैठकबाट पास गराउनु पर्छ । असार मसा...
पत्रकारहरुद्वारा बिद्युत चोरीका आरोपित उदयसिंह श्रेष्ठलाई कानुनी कार्यवाहीको माग

पत्रकारहरुद्वारा बिद्युत चोरीका आरोपित उदयसिंह श्रेष्ठलाई कानुनी कार्यवाहीको माग

अपराध, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, ३० भाद्र – विद्युत चोरीको आरोप खेपिरहेका पुर्व मिटर रिडर नेपालगन्ज उपमहानगरपालीकाका वडा नंं. १० का उदयबहादुर सिंह श्रेष्ठले बाँकेका १८ जना पत्रकारलाई समाचार सम्प्रेशण गरे कै कारण धम्काएका छन् । भदौ २४ गतेका नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण शाखाले नेपालगन्ज उपमहानगरपालिका वडा नंं. १० बिपीचोक नजिकै रहेको श्रेष्ठको घरमा छापामारेको थियो । सो क्रममा कृषि मिटर जडान गरी विद्युत चोरी गरेको फेला पारेको थियो । प्राधिकरणले सोही विषयमा तीन दिने म्याद सहित विद्युतमा उपस्थिती हुन पत्र काटेको छ । विद्युतले घरमा छापामारी कृषि मिटर र व्यवसायीक मिटरको दुरुपयोग गरेको पाइएको भन्दै विद्युत लाइन काटेर मिटरहरु आफ्नो नियन्त्रणमा लिएको थियो । औषत मासिक खपत १०६९ यूनिट खपत देखिएको र कृषि कार्यमा उक्त मिटर प्रयोग गरेको नपाइएकोले कृषि मिटरको दुरुपयोग गरेको प्राधिकरणको ठहर थियो ।सोही सम्बन्धी स...
डिजिटल उपकरण र सुख्खा आँखा

डिजिटल उपकरण र सुख्खा आँखा

शिक्षा/स्वास्थ्य, समाज
२१औं शताब्दी आधुनिकीकरणको युग, जहाँ बाँच्नको लागि टेक्नोलोजी महत्त्वपूर्ण भएको छ । हामी सबैको डिजिटल ग्याजेट जस्तैः फोन, ल्यापटप र कम्प्युटर, ट्याबलेट, इ–रिडरहरू आदि छन्, जहाँ हामी हाम्रो आँखा ख्याल नगरी सबै सुविधाहरू खपत गर्छौं । डिजिटल स्क्रिनमा आँखाको अत्यधिक एक्सपोजरको कारण, यसले आँखामा विभिन्न जटिलता जस्तैः सुक्खा र जलन पु¥याउन सक्छ । आज हामी डिजिटल उपकरण र सुख्खा आँखाको बारेमा छलफल गर्नेछौं । निकिता थापा छोटो परिचयआँसु आँखाका लागि महत्वपूर्ण छ किनभने यसले आँखा स्वस्थ राख्नुका साथै आँखालाई स्पष्ट दृष्टि तथा स्नेह प्रदान गर्छ । आँखा झिम्काउनु अर्थात् ब्लिंकिङ आँखाको लागि निकै महत्वपूर्ण छ, किनकि जब हामी आँखा झिम्क्याउँछौं, आँखाको आगाडि भएको आँसुको लेयर, आँखामा फैलिन्छ जसले आँखालाई चिल्लो र साफा सतह प्रदान गर्छ ।सुख्खा आँखा ः यो यस्तो अवस्था हो, जहाँ आँसु आँखालाई लुब्रिकेट गर्न र ...