Thursday, March 12सत्यम खबर
Shadow

अपडेटः १० महिलासहित २९ जना कोरोना संक्रमित

नेपालगन्ज, २९ भाद्र – बाँकेमा सोमबार १० महिलासहित २९ जना कोरोना संक्रमण देखिएको छ । भेरी अस्पताल नेपालगन्ज र बागेश्वरी ल्याबद्वारा आज सोमबार जारी गरिएको विवरण अनुसार बैतडी, बर्दिया, बाँकेको खजुरा, कोहलपुर, नेपालगन्जका कोरोना संक्रमित देखिएका छन् ।
हालसम्म बाँके जिल्लामा १ हजार ४ सय ६९ जना कोरोना संक्रमित देखिएकोमा उपचारपछि १ हजार ३६ जना डिस्चार्ज भई घर फर्किसकेका छन् भने विभिन्न आईसोलेसनमा ४ सय २५ जना रहेको फोकलपर्सन श्रेष्ठले बताउनुभयो ।


उहाँले बाँकेमा बिरामी निको हुने प्रतिशत ७०.५२ रहेको छ भने बिरामी मृत्यु दर ०.५४ प्रतिशत रहेको बताउँदै बाँकेमा रोग प्रकोप दर ०.२४ प्रतिशत मात्र रहेको बताउनुभयो । यसअघि ४ महिलासहित ८ जनाको मृत्यु भईसकेको समेत बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *