Sunday, April 26सत्यम खबर
Shadow

अपडेटः तीन वर्ष बालकसहित ४० जना घर फर्किदै

नेपालगन्ज, २९ भाद्र – बाँकेमा सोमवार ३ बर्षिय बालकसहित ४० जना डिस्चार्ज भएका छन् । खजुरा गाउँपालिका–५ का ३ बर्षका बालक भाइरस संक्रमण मुक्त भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

फाईल फोटो


उहाँका अनुसार, ७ बर्षिया र ९ बर्षीया बालिका पनि डिस्चार्ज भएका छन् । नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा उपचारका लागि आएका उनीहरुमा पनि भाइरस संक्रमण देखिएको थियो ।
३ बर्षका बालकलाई खजुरास्थित कृषि तालिम केन्द्रको आइसोलेसनमा राखिएको थियो भने ७ र ९ बर्षिया बालिकालाई मेडिकल कलेज चिसापानीको आइसोलेसनमा राखिएको थियो ।
उनीहरु सबैलाई भदौ १५ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । योसँगै बाँकेमा डिस्चार्ज हुनेको संख्या १ हजार ३६ पुगेको छ । तथ्यांकका हिसावले हेर्ने हो भने बाँकेमा निको हुने दर ७१.९६ प्रतिशत रहेको छ ।
जिल्लाका विभिन्न आइसोलेसनमा अहिले पनि ३ सय ९६ जना बसिरहेका छन् । बाँकेमा कोरोना संक्रमितको संख्या हजार ४ सय ४० पुग्दा ४ महिलासहित ८ जनाको भने मृत्यु भईसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *