
नेपालगन्ज, २९ भाद्र – नेपालगन्ज उपमहानगरपालिका भित्र हाल बटुवाहरुको ब्यङ्ग्य खेल नै शुरु भएको पाईन्छ । कहिले वडा नं. ७ का वडाअध्यक्ष जुम्मन खाँ, त कहिले वडा नं. २ का वडाअध्यक्ष सुनिलसिंह हमाल ।

हाल दुईजना प्रतिनिधिहरुले गरेको काम त देखिन्छ तर गुनासोको पोका बाहेक केही देखिन्न भनी उन कै वडाबासीहरुको आरोप रहेको पाईन्छ ।
सोमबार बिहान न्यूरोड पश्चिमदेखि स्टार लजसम्मका व्यापारी र घरबेटी समेत गरी करीब १७–१८ जनाको टोली वडा नं. २ को वडा कार्यालयमा गई वडाअध्यक्ष हमाललाई समस्या समाधानको अनुरोध गरेका छन् ।

विकासप्रेमी वडाअध्यक्ष तुरुन्त एक्सनमा आई आजै समस्या समाधान गर्न सबैलाई आश्वासन दिईसकेपछि साँझसम्म समस्या समाधान होला वा नहोला कै दुविधामा रहेका व्यापारीहरुले नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा. धवलशम्शेर राणालाई समेत अनुरोध गर्न पुगेका छन् ।
उपमहानगर प्रमुख डा. राणाले समेत यदि आयोजना भित्र रहेको छ भनी बाटो बनाई छाड्ने नभए मेरो कार्यकाल हाल १८ महिनाको छ, म त्यस भित्र जसरी पनि बाटो बनाउने प्रतिबद्धता दोहो¥याएर तर तत्काल व्यापारीहरुले लगेको समस्या निकासको लागि कुनै ठोस कदम भने चलेनन् ।

यता व्यापारीहरुको आफ्नै पीडा रहेको पाईन्छ । व्यापारी पनि के गरुन कोभिड–१९ ले गर्दा लगातारको बन्द, लकडाउन र बैंकको ऋणको भारी त्यसैमाथि बाटो बिग्रिंदा कोही उनको पसलमा आउन समेत नभ्याउने भएपछि अब विकासप्रेमी जनप्रतिनिधिहरुले केही गर्लान भनी बिन्ती चढाउन गएको हरि ज्ञवालीले बताउँछन् ।
यता विकासप्रेमी वडाअध्यक्ष हमालको पहलमा समस्याको समाधानका लागि बाटोमा माटो पटान गरियो तर त्यो माटो भित्र पुनः मोटरसाईकल, गाडी, ट्याक्टर, साईकल र आम सर्वसाधारण बटुवाहरु बाटो मै फस्ने अवस्थाको श्रृजना भयो । किन भने पानीले भरिएको सडकमा गिलो माटो पो पटान गर्न लगाएका छन् विकासप्रेमी वडाअध्यक्ष हमालले ।

त्यसैमाथि झन डेलिगेशनमा गएका व्यापारीहरुलाई बोली नै सुनाउन शुरु गरे, ‘और जाव नेता लोगन के पास, समस्या समाधान होयक बजाय और अल्झगा, अब तो जाउन कारोबार होत रहा, वहु बन्द हुईगा’ भनी व्यापारी अजय वर्नवालले सुनाए ।
यता, वडा नं. ७ का विकासप्रेमी वडाअध्यक्ष जुम्मन खाँको भनाई अनुसार विकासको काम ९० प्रतिशत भएको छ । तर आईतबार राती परेको अबिरल वर्षाले उनले देखाएको ९० प्रतिशत कामको पोल खोलेको छ । विभिन्न अनलाईनहरुको समाचारदेखि सार्वजनिक सञ्जाल फेसबुकसम्म उनले गरेको ९० प्रतिशत विकासको चर्चा भएको पाईन्छ ।

किन छन् हामीले चुनेर पठाएको जनप्रतिनिधिहरु यस्तो ? के हामीले चुनाव हुँदा चेतनाको प्रयोग नगरेकै हो त ? कही प्रतिनिधि छनौट गर्दा हामी आम सर्वसाधारणहरुबाटै त गल्ती भएको छैन ? के अब आउने दिनमा हामीले भोट हाल्दा यस कुराको विचार गर्ने कि नगर्ने ? भनी प्रश्न राख्छन् व्यापारी चन्द्र सुवेदीले ।
