ब्रिनोजद्वारा बैजनाथ गाउँपालिकामा ८ सय १६ जनाको निःशुल्क कान जाँच
नेपालगन्ज, ९ चैत्र – ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा फुल्टेक्रा–५, नेपालगन्ज बाँकेको आयोजनामा विभिन्न स्थानमा ६ वटा निःशुल्क प्राथमिक कान उपचार शिविर सम्पन्न गरिएको छ ।
उक्त ६ वटा निःशुल्क शिविर ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाको आयोजना तथा बैजनाथ गाउ“पालिकाको समन्वयमा आज सोमबार सम्पन्न गरिएको छ ।
आज सोमबार सम्पन्न विभिन्न ६ वटा शिविरमा महिला ४२७ जना, पुरुष ३८९ जना गरी जम्मा ८१६ जनाको कान स्वास्थय चेकजाँच गरिएको थियो ।
जसमध्ये कान पाक्ने रोग १२७ जनामा, काने गुजी १०२ जनामा देखिएको थियो भने कानको अप्रेशन छनौटमा ३५ जना रहेको जनाएका छन् ।
वरिष्ठ कान जाँच सहायक भिषणकुमार थारुले दिएको जानकारी अनुसार बैजनाथ गाउ“पालिकाको विभिन्न ६ वटा स्थानहरुमा चैत्र २ गते सोमबारदेखि शुरु भई आज सोमबार चैत्र ९ गतेसम्म कान उपचारका बिरामीहरुको निःशुल्क कान जाँच गरिएको बताए । उनका अनुसार ...









