यूभीसीसीको शानदार जित, रकर्स ३९ रनले पराजित
नेपालगन्ज, ३ चैत्र — नेपालगन्जमा सञ्चालन भइरहेको मेयर कप पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत सम्पन्न खेलमा युनाइटेड भिजन क्रिकेट क्लब (यूभीसीसी) ले एनपीजे–११ रकर्सलाई ३९ रनले पराजित गर्दै प्रभावशाली जित दर्ता गरेको छ।
टस जितेर पहिले फिल्डिङ रोजेको एनपीजे–११ रकर्स विरुद्ध यूभीसीसीले पहिले ब्याटिङ गर्दै निर्धारित ओभरमा १७३ रनको प्रतिस्पर्धात्मक योगफल तयार गरेको थियो। टोलीका लागि सौगात कार्कीले ६० रनको उत्कृष्ट इनिङ्स खेले भने अस्मित शाहीले ५० रन जोड्दै टोलीलाई मजबुत अवस्थामा पुर्याए। पदमराज भण्डारीले २१ रनको योगदान दिए।
बलिङतर्फ एनपीजे–११ रकर्सका सुरज दासले ३ विकेट लिए पनि अन्य बलरहरूले रन रोक्न सकेनन्।
१७४ रनको लक्ष्य पछ्याएको एनपीजे–११ रकर्सको सुरुवात कमजोर रहेयाे । सुरुवाती क्रममा लगातार विकेट गुमाएको टोली दबाबमा आयो। साहिल अन्सारीले ७२ रनको उत्कृष्ट संघर्ष गरे पनि टोलीलाई...









