Monday, March 30सत्यम खबर
Shadow

एकल महिलाको अध्यक्षमा विन्दा चयन

नेपालगन्ज, ४ चैत्र – द्धन्द पीडित तथा एकल महिला संजाल बाँकेको एघाराैं साधारणसभा र पाँचाै अधिबेशनले बाँकेको अध्यक्षमा विन्दा खरेललाइ चयन गरेको छ ।

यसैगरी उपाध्यक्षमा विजय रोका, सचिव पारवती पाण्डे, सहसचिव मायादेवी मगर, कोषाध्यक्ष मनसरा सुनार रहेका छन् । सदस्यहरुमा तारा रोकाय, जया आचार्य, रमा गहतराज, राधा डाँगी, धनमाया बुढामगर, किरणकुमारी बैश्य लगायतका रहेका छन् ।

कार्यक्रमका प्रमुख अथिति वडा नं.९ का वडा अध्यक्ष गोविन्द रेग्मीले एकल महिला संगठीत भएर अगाडि बढेकोमा आफु खुशी भएको बताउँदै आफुले सक्दो सहयोग गर्दै आएको बताए । संस्थाका संस्थापक अध्यक्ष तथा हाल केन्द्रिय अध्यक्ष शोभा विसीले अझै पनि एकल महिलाको पहुच नीति निर्माण र आर्थिकमा पुग्न नसकेको बताउदै छुटेका एकल महिलाहरुलाइ पनि वडा वडामा संजाल गठन गरी संगठीत गर्न नया कार्यसमितिलाइ निर्देशन गरीन । उनले देशभरी ७७जिल्ला मध्य २वटा जिल्ला बाहेक सबै जिल्लामा एकल महिलाको संजाल गठन गरेको र ३६वटा जिल्लामा भवन निर्माण गरीएको जानकारी गराइन ।

यसैगरी संस्थाका जिल्ला अध्यक्ष तथा केन्द्रिय महासचिव एक माया विकको अध्यक्षतामा उद्घाटन सत्र सम्पन्न भयो । विकले संस्था स्थापना गर्दाको इतिहास कोट्याउदै संस्था गठन पछि महिला विकास कार्यालयले दिएको बाकसमा कागजपत्र राखेर कहिले कसको घरमा कहिले कस्को घरमा बोक्दै बैठक बस्ने गरेको अवस्थाबाट आज आफ्नै भवनमा बस्न पाएको मा खुशी व्यक्त गरीन । उनले अझै पनि कतिपय कानुन परिवर्तन गर्न जरुरी रहेको बताउदै एकल महिलाका हक अधिकारका बारेमा आफुहरु आज पनि केन्द्रीय स्तरबाट आवाज उठाइ रहेको बताइन ।

पत्रकार अछरी पोखरेलले द्धन्द्धपीडित तथा एकल महिला संजाल बाँकेको स्थापना गर्नमा आफुले पनि महत्वपुर्ण भुमिका खेलेको बताउदै उनीहरुको प्रगतिमा आफु खुशी भएको बताइन । वि.सं.२०५९सालमा महिला विकास कार्यालय प्रमुख महेश्वरी विष्ट र महिला संचार समुहका अध्यक्ष अछरी पोखरेलको संयुक्त पहलमा गठन गरीएको एकल महिलाको समुह २०६३साल साउन २३गते बाँके जिल्ला प्रशासनमा आधिकारीक रुपमा दर्ता नै गरेर संचालनमा आयो । एकल महिलालाइ संगठीत गर्ने र उनीहरुका समस्या पत्ता लगाएर राज्यलाइ घचघचाउने उदेश्यले गठन गरीएको समुहले हाल अएर आफ्नै भवनमा अधिवेशन गर्न पाउदा खुशी व्यक्त गरीन । साथै संस्थालाइ याहासम्म ल्याउने संस्थापक अध्यक्ष शोभा विसी र संस्थापक सचिव एकमाया विक लगायतको टिमलाइ धन्यवाद दिइन ।

यसैगरी गैरसरकारी संस्था महासंघ बाँकेका का.बा. अध्यक्ष मन भण्डारीले एकल महिलाहरुका हक अधिकारका बारेमा जानकारी गराउदै राज्यले दिनु पर्ने सेवा सुविधा, एकल महिलाको विगत र बर्तमान अवस्थाको बारेमा चर्चा गरे । वडा सदस्य मिना लामाले महिलाले अवसर पाए भने जस्तोसुकै कठिन काम पनि सम्पन्न गर्न सक्छन भन्दै प्रधानमन्त्रि शुसीला कार्की महिला भएर पनि धैर्य र सहनसीलता साथ चुनाव सम्पन्न गरेको उदाहरण समेत दिइन ।

निर्वाचन मण्डलका संयोजक बसन्त गौतम र सदस्यहरु अधिबक्ता सुनिता शर्मा र प्रकाश उपाध्याय सदस्य रहेको निर्वाचन मण्डलले सर्वसम्मत रुपमा कार्यसमिति चयनको घोषणा गरेको हो । भवन निर्माणमा जग्गा उपलब्ध गराउन सहयोग गर्ने वडा नं.९का तत्कालिन वडा अध्यक्ष स्व.विष्णु लामा, लुम्बिनी प्रदेश सरकार,नेपालगन्ज उपमहानगर पालिका,केन्द्रिय कार्यालय, संस्थापक अध्यक्ष शोभा विसी, संस्थापक सचिव एकमाया विक, निबर्तमान अध्यक्ष जयन्ती खत्री अध्यक्ष रहेको सम्पुर्ण कार्यसमितिको अथक मेहनत र महत्पुर्ण योगदान रहेको छ ।

अधिबेशनमा आर्थिक र सांगठनीक प्रतिवेदन प्रस्तुत गरीएको थियो । बाँकेमा करिब २१सयको हारा हारीमा एकल महिला रहेको संस्थाले जानकारी गराएको छ । अधिबेशनको समापन पछि बाँके क्षेत्र नं.२का नबनिरबाचित माननिय मो.इस्तियाक राइलाइ बधाइ तथा स्वागत गरीएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *