Tuesday, March 31सत्यम खबर
Shadow

ब्रिनोजद्वारा बैजनाथ गाउँपालिकामा ८ सय १६ जनाको निःशुल्क कान जाँच

नेपालगन्ज, ९ चैत्र – ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा फुल्टेक्रा–५, नेपालगन्ज बाँकेको आयोजनामा विभिन्न स्थानमा ६ वटा निःशुल्क प्राथमिक कान उपचार शिविर सम्पन्न गरिएको छ ।

उक्त ६ वटा निःशुल्क शिविर ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाको आयोजना तथा बैजनाथ गाउ“पालिकाको समन्वयमा आज सोमबार सम्पन्न गरिएको छ ।

आज सोमबार सम्पन्न विभिन्न ६ वटा शिविरमा महिला ४२७ जना, पुरुष ३८९ जना गरी जम्मा ८१६ जनाको कान स्वास्थय चेकजाँच गरिएको थियो ।

जसमध्ये कान पाक्ने रोग १२७ जनामा, काने गुजी १०२ जनामा देखिएको थियो भने कानको अप्रेशन छनौटमा ३५ जना रहेको जनाएका छन् ।

वरिष्ठ कान जाँच सहायक भिषणकुमार थारुले दिएको जानकारी अनुसार बैजनाथ गाउ“पालिकाको विभिन्न ६ वटा स्थानहरुमा चैत्र २ गते सोमबारदेखि शुरु भई आज सोमबार चैत्र ९ गतेसम्म कान उपचारका बिरामीहरुको निःशुल्क कान जाँच गरिएको बताए । उनका अनुसार निःशुल्क कान शिविरमा औषधि निःशुल्क पाउनुका साथै कानको अपरेशनमा छनौट भएकाहरुलाीई १० प्रतिशतसम्म छुटको समेत गरिएको बताए ।

ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाले दिएको जानकारी अनुसार बैजनाथ गाउ“पालिकाको समन्वयमा आयोजना गरिएको ६ वटा क्याम्पहरुमा नौवस्ता स्वास्थ्य चौकी, नौवस्ता, बाँके, चिसापानी स्वास्थ्य चौकी, चिसापानी, बा“के, वनकट्वा प्राथमिक स्वास्थ्य केन्द्र, वनकटवा, बाँके, आधारभूत स्वास्थ्य केन्द्र, गरही, आधारभूत स्वास्थ्य केन्द्र, पेडारी, टिटिहिरिया स्वास्थ्य चौकी, टिटिहिरिया, बाँकेमा सम्पन्न गरिएको बताए ।

उक्त ६ वटा निःशुल्क कान जाँच शिविरमा कान जाँच वरिष्ठ सहायक चिकित्सक तथा आउट रिच भिषणकुमार थारु, वरिष्ठ कान सहायक तिर्थमान चौधरी, वरिष्ठ कान सहायक दामोदर चौधरी, वरिष्ठ कान सहायक सीता चौधरीले सहकार्य गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *