Tuesday, March 31सत्यम खबर
Shadow

नेपाल स्वयंसेवी रक्तदाता समाजको ४५ औं जिल्ला शाखा गठन

नेपालगन्ज, ८ चैत्र – डोल्पा जिल्लाको दुनैमा नेपाल स्वयंसेवी रक्तदाता समाजको ४५ औं जिल्ला शाखा शनिवार गठन गरिएको छ ।
ठूलिभेरी नगरपालिका वार्ड नं.–३ दुनैमा स्थानीय ब्लू सीप होटलको सभाकक्षमा डोल्पा जिल्ला अस्पतालका मे.सु. डा.सिजन रावलको अध्यक्षता र नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यता, जिल्ला प्रशासनका कार्यालय डोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी रमेश पौडेलको बिशेष आतिथ्य४५ औं जिल्ला शाखा गठन कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल स्वयंसेवी रक्तदाता समाजको यो ४५ औं जिल्ला शाखाको नव गठित सो भेलाले स्वास्थ्यकर्मी समेत रहनुभएका सामाजिक अभियन्ता राजन कुमार डाँगीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरिएको छ । उपाध्यक्ष पदमा दिलमाया के.सी.,सचिव पदमा कर्ण वि.क., कोषाध्यक्ष पदमा मिनराज बुढा-बिबश) चयन भएका छन् ।

यसरी सदस्यहरुमा सुमन थापा, जयकृष्ण हमाल, प्रेम थापा, नवीनकुमार शाही, रूपलाल बोहरा, आनन्द सिंह रावल, चन्द्रराज बुढा चयन भएका छन् । आजै नै बसेको बैठकले सदस्यद्वय राज्यलक्ष्मी हमाल र डा. अखण्ड उपाध्यायलाई मनोनित समेत गरिएको छ ।
नेपाल स्वयंसेवी रक्तदाता समाज डोल्पाको कार्यसमिति गठनको अवसरमा दुनै स्थित ूुबतारा आधारभूत विद्यालय अन्तर्गत अपाङ्ग स्रोत कक्षामा अध्ययनरत कक्षा ४ की छात्रा शर्मिला बि.क.लाई नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्मचार्यले कक्षा १२ सम्म अध्ययनको लागि सम्पूर्ण खर्च व्यहोर्ने प्रतिबद्धता गर्नु भएको छ ।

नेपाल स्वयंसेवी रक्तदाता समाजको यो ४५ औं जिल्ला शाखको नव गठित यस पवित्र समाज सेवाको यात्रामा जोडिनु हुने सबैलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्मचार्यले सम्पूर्णलाई बधाई तथा शुभकामनाका साथै धन्यवाद दिदै नव गठित कार्यसमितिका पदाधिकारी खादा लगाएर सम्मान गर्नुभएको थियो ।

उक्त कार्यक्रममा अतिथिको रुपमा संग्राम सार्दुल, सेनानी नेपाल आर्मी,डा.अजयप्रसाद पाण्डे, दीपकराज भट्ट र सुवास राना रहनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *