Tuesday, April 28सत्यम खबर
Shadow

समाचार

२४५ विद्यार्थीको कान परीक्षण, २१ जना बीएन अस्पतालमा रिफर

२४५ विद्यार्थीको कान परीक्षण, २१ जना बीएन अस्पतालमा रिफर

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २ श्रावण – नेपालगन्ज वडा नं. २ घरवारी टोलस्थित ने.रा.आ. विद्यालयमा एकदिने नि:शुल्क कान परीक्षण शिविर सम्पन्न भएको छ। नारायण मावि एसएलसी २०४९ ब्याचको आयोजनामा र बीएन अस्पताल, नेपालगन्जको प्राविधिक सहयोगमा सम्पन्न उक्त शिविरमा विद्यालयका २४५ जना विद्यार्थीहरूको कान परीक्षण गरिएको थियो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमा उपाध्यायको अध्यक्षतामा आयोजित कार्यक्रममा वडा नं. २ का अध्यक्ष मनोज कुमार श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित थिए साथै, कार्यक्रममा प्रधानाध्यापक बिरेन्द्र यादव, देवराज न्यौपाने, सुवर्ण शाक्य, अशोक कुमार गुप्ता, राकेश श्रेष्ठ, डा. राजेश यादव, उपेन्द्र कुँवर र सरोज मिश्र अतिथिका रूपमा सहभागी थिए। शिविरमा परीक्षण गरिएका विद्यार्थीहरूमध्ये १५ जनाको कान सफा गर्नुपर्ने देखिएको छ भने २ जना कम सुन्ने समस्या भएका र ५ जनालाई कानको शल्यक्रिया (अपरेसन) को आवश्यकता...
कानुन विपरित गतिविधिमा संलग्न मनबहादुर सहकारीलाई सम्पूर्ण पदबाट निलम्बन

कानुन विपरित गतिविधिमा संलग्न मनबहादुर सहकारीलाई सम्पूर्ण पदबाट निलम्बन

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३१ असार – कानुन विपरितका गतिविधिमा संलग्न अनलाईन टिभी पत्रकार संघ नेपाल लुम्बिनी प्रदेशका सहसचिव तथा जनगर्जन नेटवर्कका सञ्चालक मनबहादुर सहकारी नक्कटी नोट तथा लागुऔषधि अफिमसहित पक्राउ परेपछि अनलाईन टिभी पत्रकार संघ नेपालद्वारा विज्ञप्ती जारी गर्दै सम्पूर्ण पद तथा सदस्यताबाट निलम्बन गरिएको जानकारी गराईएको छ । अनलाईन टिभी पत्रकार संघ नेपाल लुम्बिनी प्रदेशका सचिव सावित्री गिरीद्वारा हस्ताक्षरित विज्ञप्तीमा ‘अनलाइन टिभी पत्रकार संघ नेपाल लुम्बिनी प्रदेशका सहसचिव तथा जनगर्जन नेटवर्कका सञ्चालक मनबहादुर सहकारीलाई नक्कली नोट र लागुऔषध (अफिम) सहित प्रहरीले नियन्त्रणमा लिएको खबर बाहिरिएसंगै संगठनको मर्यादा, प्रतिष्ठा र आचारसंहिता प्रतिको सम्मान स्वरूप उहाँलाई आजकै मितिबाट लागू हुने गरी अनलाइन टिभी पत्रकार संघ नेपाल लुम्बिनी प्रदेशको सम्पूर्ण पद तथा सदस्यताबाट निलम्बन गरिएको जानकारी ...
सार्वजनिक सञ्जालमार्फत नै पुरानो इतिहास मेटाउन पाईन्न, जुँगे महादेवको मुर्ति स्थापित परी प्राण प्रतिष्ठा गराउन मेयर बिष्टसँग माग

सार्वजनिक सञ्जालमार्फत नै पुरानो इतिहास मेटाउन पाईन्न, जुँगे महादेवको मुर्ति स्थापित परी प्राण प्रतिष्ठा गराउन मेयर बिष्टसँग माग

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३१ असार – हिन्दु सनातनी धर्मावलम्बीहरुको आस्थाको केन्द्रको रुपमा रहेको बागेश्वरी मन्दिर प्रा·ण भित्र शिवालयमा स्थापना हुन गईरहेको भगवान शिवको मुर्ति । करीब २ वर्ष अगाडी सो शिवालयलाई जिर्णोद्वारा गरिने भनी नेपालगन्ज उपमहानगरपालिकाले पहलकदमी गरेको थियो । सो पहलकदमी पछि उक्त शिवालयको सम्पूर्ण संरचनाहरु हटाई नयाँ स्वरुप प्रदान गरिएको छ भने सो मन्दिरमा अवस्थित रहेका भगवान शिवको जूँगे स्वारुपलाई नै कायम राख्ने भनी पटक पटक स्थानीयहरुको चाहना अनुसार नै गरिने भनी सार्वजनिक प्रतिबद्धता समेत जनाईएको थियो । सोही मुर्ति स्थापित गर्ने विषयमा केही समय अगाडी मात्र अर्को मुर्ति स्थापित हुँदा विवाद उत्पन्न भई नेपालगन्ज उपमहानगरपालिका मेयर प्रशान्त बिष्टद्वारा अष्टधातुको मुर्ति वा इतिहास बोकेको जुँगे महादेवको पुरानो मुर्ति नै विधिवत प्राण प्रतिष्ठा गरिने भनिएको थियो । तर पुनः अष्टधातु...
प्रदेश मन्त्री अग्रवालद्वारा रंगशालाको अवलोकन

प्रदेश मन्त्री अग्रवालद्वारा रंगशालाको अवलोकन

आस्था, खेल, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३१ असार – लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा कानुनमन्त्री आदेशकुमार अग्रवालले साविक मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, नेपालगन्ज रंगशालाको सोमवार अवलोकन गर्नु भएको छ । उक्त अवसरमा मन्त्री अग्रवालले रंगशाला परिसरमा रहेको अन्य संरचना समेतको अवलोकन निरीक्षण गर्नुभयो । सो क्रममा मन्त्री अग्रवालले रंगशाला परिसरमा रहेको कबर्ड हल, स्विमिङ पुल, शुटिङ रेन्ज लगायतको निरीक्षण गरि अवस्थाको बारेमा जानकारी लिनुभयो । क्षेत्रीय खेलकुद विकास समिति, नेपालगन्जका कार्यालय प्रमुख महेश चन्दले हालसम्म सम्पन्न पूर्वाधार निर्माण कार्यहरूको जानकारी गराउँदै भौतिक संरचनाको संरक्षण तथा थप विकासका लागि प्रदेश सरकारबाट सहयोगको आग्रह गर्नुभयो । त्यस्तै स्थानीय खेलकर्मी एवं समाजसेवी फरमान अली सिद्दीकी (सोनु सिद्दीकी) ले बाँकेमा रहेका खेलकुदका भौतिक संरचनाहरुको संरक्षण गर्न तथा यस जि...
नेपाली नक्कली नोट तथा अफिमसहित २ जना पक्राउ

नेपाली नक्कली नोट तथा अफिमसहित २ जना पक्राउ

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
कोहलपुर, ३१ असार – नेपाली नक्कली नोट तथा आगू औषधि अफिमसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । १९ किलो ३२५ ग्राम अफिम तथा नेपाली नक्कली नोटसहित कोहलपुरबाट आफुलाई पत्रकार भनि चिनाउने मनबहादुर सहकारी र बाफेकोट नगरपालिका वडा नम्बर १० रुकुमकी सपना पुन पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्यूरो नेपालगन्ज र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त टोलीले कोहलपुर ११ न्यूरोडमा रहेको जनगर्जन नेटवर्क प्रालिको शाखा कार्यालयबाट १००० का ५१ नक्कली नोट र १९ किलो ३२५ ग्राम अफिम सहित उनीहरुलाई पक्राउ परेको प्रहरी स्रोतले जनाएको छ । कपिलवस्तुस्थित शिवराज नगरपालिका–९ घर भएर हाल कोहलपुर ११ बस्दै आएका मनबहादुर सहकारीले कोहलपुरमा सञ्चालनमा ल्याएको जनगर्जन नेटवर्क प्रालिको कार्यालय भित्र ठुलो परिमाणमा लागु औषध अफिम र नक्कली नोट फेला परेको हो । प्रहरीले मानबहादुर सहकारीको कोठाबाट अफिमसहित ५१ हजा...
मधेशको भूमिलाई सेलटरको रुपमा प्रयोग गर्दै छन जिहादी आतंकवादी :विनय यादव

मधेशको भूमिलाई सेलटरको रुपमा प्रयोग गर्दै छन जिहादी आतंकवादी :विनय यादव

प्रदेश २, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
सप्तरी, २९ असार – सप्तरी जिल्ला बोदे बरसाई नगरपालिकामा संघीय हिन्दू गणतंत्र स्थापना गर्नका लागि राष्ट्रिय एकता अभियानद्वारा विशेष छलफल कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रम समाजसेवी मोहित यादव को अध्यक्षतामा सम्पन्न भएको थियो। छलफल कार्यक्रममा अभियानका केन्द्रीय अध्यक्ष विनय यादव प्रमुख अतिथिको रूपमा उपस्थित थिए। उनले संघीय हिन्दू गणतंत्रको आवश्यकता र यसका महत्वबारे चर्चा गर्दै सामाजिक एकता र धर्मनिरपेक्षताबाट पर्न आएको चुनौती र बीकृति बारे आफ्ना विचार व्यक्त गरे।जिहादी आतंकवादीहरु नेपाललाई ट्रांजीट पॉइंट को रुपमा प्रयोग गर्दै आइरहेका छन। नेपाल भारत खुल्ला सीमा कका कारण मधेशको भूमिलाई सेलटर बनाई आतंकी घटनाको योजना बनाउने गरेका छन। यस्ता घटना रोकन देशलाई संघिय हिन्दू गणतंत्र क़ायम गर्नु पर्ने बताये।हाल देशमा आर्थिक संकट रहेको र अब विश्वभरीमा बसेका दुई सय करोड़ हिन्दूहरुको आस्थाको देशको...
सेवाग्राहीको सहकारी प्रति असन्तुष्टि चिर्न प्रशिक्षणात्मक अभिमुखीकरण

सेवाग्राहीको सहकारी प्रति असन्तुष्टि चिर्न प्रशिक्षणात्मक अभिमुखीकरण

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २९ असार – पछिल्लो समय मौलाउँदै गएको सहकारीप्रतिको चरम असन्तुष्टि बढ्दो निराशा र सहकारीकर्मीलाई हेर्ने नकारात्मक दृष्टिकोणका कारण उत्पन्न समस्याहरूलाई न्यूनीकरण गर्दै सहकारीलाई भुइँ मान्छेहरूको जीवनस्तर सुधार गर्ने कडीका रूपमा कसरी स्थापित गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्र बाँकेले सहकारी र सरोकारवालाहरू विषयक प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न गरेको छ । बाँकेको नेपालगन्ज स्थित शुक्रवारका दिन सञ्चालन गरिएको उक्त कार्यक्रममा उत्थान ग्रामीण आर्थिक सामाजिक उत्थानकी अध्यक्ष लता शर्माले कार्यक्रमको औचित्य माथि प्रकाश पार्नु भएको थियो । तत्पश्चात नेप्सेकोन बाँकेको प्रमुख समेत रहनु भएका तथा कार्यक्रमका प्रशिक्षक छत्रप्रसाद धमलाले प्रशिक्षणात्मक कार्यक्रम प्रारम्भ गरेका थिए । सोही क्रममा छत्र प्रसाद धमलाले अहिलेको समयमा विन एण्ड विनको पोलि...
असई शर्माको अगुवाईमा तस्कारहरुबाट सेटिङ्ग !

असई शर्माको अगुवाईमा तस्कारहरुबाट सेटिङ्ग !

अपराध, आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २६ असार – नेपालगन्ज भान्सारमा खुलआम तस्करसँग बार्गेनि· हुँदै तस्करी हुने गरेको पाईएको छ । सीमा सुरक्षाको लागि नेपाल सरकारद्वारा सशस्त्र प्रहरी बललाई जिम्मेवारी सुम्पिएको छ । तर सोहीको फाईदा उठाउँदै हाल सीमानाका भान्सारमा केही समय अगाडी मात्र सरुवा भई आएका सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) सोमराज शर्माले खुलेआम सेटिङ्ग गर्दै तस्करै गराउने गरेको तथ्य खुलेको छ । केही तस्करहरुले नाम नबताउने सर्तमा मासिक ५ देखि १० हजार सम्म दिने सर्तमा सेटिङ्ग गरिएको बताईएको छ । तस्करका अनुसार असई सोमराज शर्मा सिविल डे«समा आई हामीसित सेटि· गर्ने गरेको बताएका छन् । बर्दिया जिल्लाबाट केही दिन अगाडी मात्र सरुवा भई आएका सशस्त्र प्रहरी सहायक निरीक्षक शर्मामाथि डिआईजी दिपेन्द्र कुँवरको कृपा दृष्टि रहेको हुँदा यसरी खुलेआम सानो–ठूलो तस्करहरुबाट सेटिङ्ग गर्ने गरेको बताउँछन् । यसबारे जानकारीको ल...
वाटरपार्कमा क्यामरामैनद्वारा दैनिक पर्यटक लुटिंदा सम्बन्धित पक्ष मौन

वाटरपार्कमा क्यामरामैनद्वारा दैनिक पर्यटक लुटिंदा सम्बन्धित पक्ष मौन

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २५ असार – नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ र १८ नं. वडाको सीमामा रहेको पर्यटकीय स्थलको रुपमा पहिचान कमाउन सफल वाटरपार्कमा हाल फोटो सुट गर्नेहरुले गर्दा बदनाम हुन थालेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं. १७ जयसपुरबाट केही युवाहरुको समूह सोमबार घुमघाम गर्ने उद्देश्यका साथ वाटरपार्क पुगेको बोटि· गरेको थियो । सो बोटि· पछि साथीहरु मिलेर फोटोसुट गर्ने विचार गरी २–३ थान फोटोसुट गर्न त्यहाँ रहेको क्यामरामेनलाई भनेर मेरो २–३ थान फोटो निकालिन दिनुस भनी अनुरोध गरेको बताउँछन् समिर अन्सार । समिर अन्सारीका लागि मैले २–३ थान फोटो मात्र सुट गर्न भनेको भएपनि पछि मेरो मोबाईलमा दर्जनबढी फोटोहरु उठाएर त्यसवापत प्रतिफोटो ४० का दरले ११ सय रुपैयाँ सम्बन्धित क्यामरा मैनले माग गर्दा मैले २–३ थान मात्र भनेको हजुरले यति धेरै किन फोटो निकाल्नुभयो भनी प्रश्न गर्दा मलाई गालीगलौज गरेको बताउँछन्...
श्रमजिवि सिलाई व्यवसायीहरुको समस्या समाधानका लागि ज्ञापनपत्र

श्रमजिवि सिलाई व्यवसायीहरुको समस्या समाधानका लागि ज्ञापनपत्र

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २४ असार – भारतीय कालोबजारीलाई रोक्न नेपाल कपडा तथा सिलाई व्यवसायी संघमा आबद्ध श्रमजिविहरुको समस्या समाधानका लागि प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीलाई आज ज्ञापनपत्र बुझाएका छन् । ज्ञापन पत्रमा ‘मानव सभ्यताको विकासको चरणमा वस्त्रालयबाट उत्पादित बस्त्र पूर्ण तयारी अवस्थामा नआउने हुँदा प्रत्येक मानिसलाई आफ्नो चाहाना अनुसारको बस्त्र तयार गर्न जान्ने मानिसको सुरुवात सँगसगै वस्त्र तयार गर्नको लागी सिलाई व्यवसायको सुरु भएको हो । सिलाई व्यवसायको हक हित र संरक्षण स्वनिर्भरको निम्ति नेपाल कपडा तथा सिलाई व्यवसायी संघको स्थापना भएको हो । पेशा तथा व्यवसायलाई देशका आम नागरिक तथा अन्तर्राष्ट्रिय स्तरमा समेत पुर्याउनको लागी नेपाल कपडा तथा सिलाई व्यवसायी संघलाई चिनाउन र संस्थागत बिकासको निम्ति अति आवश्यक रहेको विषयलाई नेपाल कपडा तथा सिलाई व्यवसायी संघको विधान २०७५ जारी भएको छ । नेपालको ७० जिल...