
नेपालगन्ज, ११ श्रावण – बाँकेमा मात्र नभई लुम्बिनी प्रदेशदेखि छिमेकी मित्र राष्ट्र भारतको उत्तरप्रदेशमा समेत मनोरञ्जनको दुनियाँ छुट्टै पहिचान बनाउन सफल सिने रोयलले आफ्नो दोस्रो वार्षिकोत्सव भब्यता साथ सञ्चारकर्मी तथा कर्मचारीहरु बीच मनाएको छ ।
दोस्रो वार्षिकोत्सव मनाउने क्रममा सिने रोयलले आप्mनो दुई वर्षको तथ्यांक सार्वजनिक गरेको छ ।

तथ्यांकमा ‘२०८० देखि २०८२ सम्मको दुईवर्षीय चलचित्र तथ्यांकले नेपाली फिल्मप्रति दर्शकको आकर्षण उल्लेखनीय देखाएको छ । यस अवधिमा कूल २०६ नेपाली फिल्म र २४७ हिन्दी फिल्म प्रदर्शनमा आए । २०८१ २०८२ को दुईवर्षे अवधिमा मात्र ११८ नेपाली र १२० हिन्दी फिल्म प्रदर्शन गरिएको’ बताईएको छ ।

यसैगरी, ‘नेपाली चलचित्र “पूर्ण बहादुरको सार·ी” ले ३८, ४६२ दर्शक तान्दै यस अवधिमा सबैभन्दा बढी हेर्न आएको नेपाली फिल्म बन्यो । यही फिल्म सबैभन्दा धेरै आम्दानी गर्ने नेपाली चलचित्र पनि बन्यो । हिन्दीतर्फ “पुष्पा–२” ले ३१,७९७ दर्शकसहित सबैभन्दा बढी हेरिएको तथा सर्वाधिक आम्दानी गर्ने हिन्दी फिल्म बन्न सफल’ भएको बताईएको छ ।

यसैगरी, ‘यो दुई वर्षको अवधिमा सिने हलमा कुल ५, ०२, ५७६ दर्शक पुगेका थिए, जसमा २०८१ २०८२ मा मात्र २,९७,७९८ दर्शकले फिल्म हेरे । त्यसमध्ये नेपाली फिल्म हेर्ने दर्शक संख्या १,१७,४७४ थियो भने हिन्दी फिल्मका लागि १,६४,८५५ जनाले टिकट खरिद गरेको’ बताईएको छ ।

यसैगरी, ‘उल्लेखनीय छ, नेपाली फिल्म प्रदेशी, घरज्वा“ई, सार·ी, उनको स्वाईटर, अन्जीलाले ५१ दिनभन्दा बढी समयसम्म सिने हलमा चल्न सफल भएका थिए, जुन नेपाली फिल्मको निरन्तर लोकप्रियता दर्शाउने अर्को प्रमाण’ भएको बताईएको छ ।

भने अन्त्यमा ‘यस तथ्यांकले देखाएको छ कि नेपाली फिल्म अब क्षेत्रीय दर्शकको मात्र नभई व्यावसायिक हिसाबले पनि प्रतिस्पर्धी बनेको छ । यसले घरेलु फिल्म उद्योगप्रतिको भरोसा बलियो बनाउँदै लयमा फर्किरहेको स्पष्ट संकेत दिएको’ बताईएको थियो ।
दोस्रो वार्षिकोत्सव कार्यक्रममा सिने रोयलका म्यानेजि· डाईरेक्टर डा. राहुल थापा, सिओ रितेश श्रेष्ठ, डा. कल्पना थापा, नेपाल पत्रकार महासंघ बाँके अध्यक्ष नबिन गिरी, चलचित्र पत्रकार संघ बाँके अध्यक्ष रामचन्द्र पौडेललगायतले थप सफलताको शुभकामना व्यक्त गरेका थिए ।
भिडियो हेर्न तलको लिंकमा क्लीक गर्नुस
