
नेपालगन्ज, २२ श्रावण – लायन्स क्लब अफ नेपालगन्ज जीवनले आज विहिबार माध्यमिक विद्यालय महेन्द्रनगरमा विभिन्न जातका ९५ विरुवा रोपेको छ ।
लायन्स क्लबले बन कार्यालयको सहयोगमा ७० र अन्य नर्सरीबाट २५ बिरुवा खरिद गरि बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
क्लबका अध्यक्ष लायन तोजिन्द्र बिक, क्लवका संस्थापक अध्यक्ष जीवन शर्मा, सचीव मो. जियाउल हक, सल्लाहकार इन्द्रकुमार गिरि, सदस्य पारसमणि अर्याल, भुवन शर्मा, १४ नम्बर वडा अध्यक्ष मजहर अलि साई, विधालय व्यवस्थापन समिति जेष्ठ सदस्य गुलाम रसुल साई, सदस्य धनीराम चमार, वि.व्य.स. सदस्य रामकिशोर गिरी, प्रधानाध्यापक मो. शमीम कुरैसी, शिक्षक प्रतिनिधि मनोजराजा श्रीवास्तव, बिधालयका शिक्षक शिक्षिका विद्यार्थीहरुको सहयोगमा जामुन, निम सागुन, अमला, आँप, अम्बा, बेल, हररो, बररो, शितलचिनी लगायतका बिरुवा लगाउने काम सम्पन्न भएको छ ।