Sunday, April 26सत्यम खबर
Shadow

समाचार

जनमत पार्टी कपिलवस्तुबाट ई नरेन्द्रप्रसाद चौधरीकोे नाम सिफारिस

जनमत पार्टी कपिलवस्तुबाट ई नरेन्द्रप्रसाद चौधरीकोे नाम सिफारिस

प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार
कपिलवस्तु, २ पाैष - जनमत पार्टी केन्द्रीय समितिको निर्णय अनुसार मंसिर २९ गते सोमबार देशभर एकैसाथ प्रतिनिधिसभा निर्वाचन क्षेत्र स्तरीय बैठकहरू सम्पन्न भएका छन् । सोही क्रममा कपिलवस्तु जिल्लाको निर्वाचन क्षेत्र नं. १ अन्तर्गत पकडीमा जनमत पार्टीको क्षेत्रीय बैठक सम्पन्न भयो । उक्त बैठकले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष तर्फको उम्मेदवारका रूपमा पार्टीका राष्ट्रिय उपाध्यक्ष ई नरेन्द्र प्रसाद चौधरीकोे नाम सर्वसम्मत रूपमा सिफारिस गरेको छ। स्थानीय नेता–कार्यकर्ता तथा क्षेत्रीय प्रतिनिधिहरूको व्यापक सह.भागितामा सम्पन्न बैठकमा ई. नरेन्द्र चौधरी प्रति रहेको जन विश्वास, नेतृत्व क्षमता र राजनीतिक प्रतिबद्धताको उच्च मूल्याङ्कन गरिएको थियो। उहाँको नाम पूर्व माननीय मन्त्री श्री दान बहादुर चौधरी ज्यूले प्रस्ताव गर्नु भएको र क्षेत्र - १ का सबै प्रतिनिधिहरूले ध्वनिमतका साथ ताली बजाई सम...
खजुरा गाउँपालिका वडा नं. २ को प्रथम चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न

खजुरा गाउँपालिका वडा नं. २ को प्रथम चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
खजुरा, १ पाैष - खजुरा गाउँपालिका वडा नं. २ बाँकेको स्थानीयतहको सेवा प्रवाहमा सुशासन र जवाफदेहिता सम्बन्धी चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। खजुरा गाउँपालिका वडा नं. २ सितापुरको आयोजना र उत्पीडित सामुदायिक विकास केन्द्र (ओसिडिसी) बाँकेको सहजीकरणमा चालू आर्थिक वर्ष २०८२/०८३ को प्रथम चाैमासिक सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको थियो । खजुरा गाउँपालिका वडा नं. २ ले सुशासन पारदर्शशिता र नागरिककाे सूचना पाउने हक अधिकारलाई प्रत्याभुति दिलाउने गरि सार्वजनिक सुनुवाई गरेको हुँदा स्थनियवासीहरु हर्षित भएका छन् । कार्यक्रममा वडा अध्यक्ष धनराम ओली क्षेत्री खुला सत्रमा वडावासिहरुले उठाएका प्रश्न तथा जिज्ञासाहरुको संबाेधन गर्दै पहिलो त्रैमासिक गतिविधिकाे प्रगति प्रतिवेदनका साथै पालिकाबाट वडामा आएकाे बजेटबाट निर्माण भएका विभिन्न याेजनाकाे भाैतिक तथा पुजिगत प्रगतिबारे उल्ले...
नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्साको नियमन गर्दै

नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्साको नियमन गर्दै

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २९ मंसिर – नेपालगन्ज उपमहानगरपालिकाले अवैध रुपमा सञ्चालन भएका अटोलाई नियमन गर्दै नियन्त्रणमा लिन शुरु गरेको छ । नेपालगन्ज उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालय बाँकेको संयुक्त आयोजनमा नेपालगंज बजारको गणेशमान चोकदेखि अटो रिक्सा नियन्त्रणमा लिन शुरु गरेको हो । यातायत व्यवस्था कार्यालयमा दर्ता नभएका र नेपालगन्ज उपमहानगरपालिकामा सुचिकृत नभएका अटोहरुलाई नियन्त्रणमा लिन शुरु गरेको नेपालगन्ज उपमहानगरपालिका मेयर प्रशान्ट विष्टले बताए । नेपालगन्ज बजार क्षेत्रमा अवश्यकता भन्दा धेरै अटो भएको र जथाभवी सञ्चालन हुँदै आएकोले नियन्त्रणमा लिन शुरु गरेको मेयर विष्टले बताए । बजारभरी अवैध रुपमा सञ्चालन भएकोले बजार क्षेत्रमा दुर्घट्ना बढ्दै गएको कारणले अटोलाई नियन्त्रित गर्ने प्रयास गरेको उनको भनाई छ । ‘हामीले कारवाही गरेका होइनौं, नियमन गर्ने प्रयास गरेको हौं, व्यवस्थापन गर्ने हो क...
गाई काट्ने, तस्करी गर्नेमाथि तत्काल कार्यवाहीको माग गर्दै राप्रपा नगरअध्यक्ष केसीद्वारा बुझाईयो ज्ञापनपत्र

गाई काट्ने, तस्करी गर्नेमाथि तत्काल कार्यवाहीको माग गर्दै राप्रपा नगरअध्यक्ष केसीद्वारा बुझाईयो ज्ञापनपत्र

अपराध, आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २९ मंसिर – दैनिक रुपमा राष्ट्रिय जनावर गाई काटिने कार्य हुन लागेपछि राप्रपा नेपालका नगर अध्यक्ष हुकुम केसीसहितको टीम जिल्ला प्रशासन कार्यालय बाँकेमा ज्ञापनपत्र बुझाएको छ । राष्ट्रिय जनावर तथा हिन्दू धर्मावलम्बीहरुको आस्थाको केन्द्रको रुपमा रहेको गाईलाई बाँके जिल्लाको विभिन्न स्थानहरुमा काट्ने, तस्करी गर्ने लगायत कार्य तत्काल रोक्न तथा यसकार्यमा संलग्नहरुलाई कडाभन्दा कडा कानुनी कारवाही गर्न ज्ञापनपत्रमा मांग गरिएको नगर अध्यक्ष केसीले बताएका छन् । राप्रपा नगर अध्यक्ष केसीका अनुसार पटक पटक प्रशासनलाई गुहार गरिएको तथा अब पनि त्यसतर्फ सम्बन्धित पक्षको ध्यान केन्द्रित नभएको अवस्थामा हामी आफै कानून हातमा लिन बाध्य हुने चेतावनी समेत दिएका छन् । राप्रपा नगर अध्यक्ष केसीको टिमद्वारा जिल्ला प्रशासन कार्यालय बाँकेमा बुझाईएको ज्ञापनपत्रमा ‘नेपालको संविधान तथा प्रचलित कानुनले राष...
जनमतको ६७ औं रक्तदान श्रृङ्खलामा ४ महिला सहित ५७ जनाले गरे रक्तदान

जनमतको ६७ औं रक्तदान श्रृङ्खलामा ४ महिला सहित ५७ जनाले गरे रक्तदान

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २९ मंसिर – गोपाल–नीना फाउण्डेसन, नेपाल र जनमत अद्र्धसाप्ताहिकद्वारा नेपालगन्जमा आयोजना गरिएको रक्तदान कार्यक्रममा चिकित्सक, स्वास्थ्यकर्मी, पत्रकार, औषधि व्यवसायी, नेपालगन्ज साइकल क्लबका प्रशिक्षार्थीहरु तथा नियमित रक्तदाताहरुले रक्तदान गरेका छन् । “रक्तदान जीवनदान” भन्ने नाराका साथ जनमतको ६७ औं श्रृङ्खलामा शनिवार सम्पन्न उक्त कार्यक्रममा ४ जना महिला सहित ५७ जनाले रक्तदान गरेका हुन् । “रक्तदान जीवनदान”को महान उद्देश्यका साथ जनमत अद्र्ध साप्ताहिकको रजत उत्सवको अवसरमा वि.सं. २०६३ साल वैशाख २९ गतेदेखि निरन्तर रुपमा सञ्चालन गर्दै आएको “त्रैमासिक जनमत रक्तदान कार्यक्रमको ६७ औं श्रृङ्खला”मा रक्तदान गर्नेहरुमा स्वयम्सेवी नियमित रक्तदाताहरुमा नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेकि अध्यक्ष दिला शाह, कोषाध्यक्ष मनमोहन वर्मा, नेपाल स्वयंसेवी रक्तदाता राप्ती सोनारी गाउँपालिका उपसमितिक...
लैङ्गिक हिंसाविरुद्ध १६दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्तरक्रिया

लैङ्गिक हिंसाविरुद्ध १६दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्तरक्रिया

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
डुडुवा, २५ मसिंर – लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको समापनमा बाँकेको डुडुवा गाउँपालिकाले सचेतनामुलक कार्यक्रम गरेको छ । गाउँपालिकाको ६ वटै वडाबाट रयालीसहित आएका महिलाहरुको समुहले लैङ्गिक हिंसाविरुद्ध सचेतनामुलक सन्देश प्रवाह गरेका छन । विभिन्न टोलबाट आएका महिलाहरुको रयाली पश्चात गाउँपालिका कार्यालय पुगेर अन्र्तक्रियामा परिणत भएको गाउँपालिकाका लिलावती यादवले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रममा अधिबक्ता प्रहलादबहादुर कार्कीले महिला हिंसा विरुद्धको कानूनी उपचार सेवा, संविधान, तथा विभिन्न कानूनी प्रक्रियाका बारेमा प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षणमा सहभागि महिलाहरुले कानुनी प्रक्रिया, कानुनको कार्यन्वयन र जटिलताका बारेमा आ–आफ्ना जिज्ञासा राखेका थिए । उनीहरुले समुदायमा लैङ्गिक हिंसाका घटनाहरु विभिन्न कारणले भईरहेकाले विशेष गरी पुरुषहरुमा सचेतनाको आवश्यकता रहेको बताएका ...
जानकीद्वारा कम्प्युटर र प्रीन्टर हस्तान्तरण

जानकीद्वारा कम्प्युटर र प्रीन्टर हस्तान्तरण

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज-२४ मंसिर - जानकी गाउँपालिका बाँके र जानकी गाउँपालिका वडा नं. - ३ इन्द्रपुरको आर्थिक सहयोगमा जेन-जी आन्दोलनका क्रममा गरिएको तोडफोड आगजनी र लुटपाटका कारण सेवा प्रवाहमा असहज भएकाले कम्प्युटर र प्रीन्टर प्रदान गरेको छ । बुधबार आयोजित कार्यक्रममा जानकी गाउँपालिका बाँकेले जिल्ला अदालत बाँके, भुमी सुधार तथा मालपोत कार्यालय, नापी कार्यालयका साथै जानकी गाउँपालिका वडा नं. - ३ इन्द्रपुरले ईलाका प्रहरी कार्यालय खजुरा खुर्दलाई कम्प्युटर र प्रीन्टर प्रदान गरिएको छ । जानकी गाउँपालिकाल अध्यक्ष छब्बन खान, प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायलगायतले संयुक्तरुपमा जिल्ला अदालत, भुमी सुधार तथा मालपोत कार्यालय, नापी कार्यालय सहित ईलाका प्रहरी कार्यालयका प्रतिनिधिहरुलाई कार्यालयमा बोलाएर १/१ थान कम्प्युटर र १/१ थान प्रिन्टर हस्तान्तरण गरिएको हो । जेनजी आन्दोलनको क्रममा भदौ २४ गते अदालतमा तोड...
रोयल ईनफिल्डको हन्टर ३५० आजदेखि नेपालगन्ज बजारमा (फोटोफिचरसहित)

रोयल ईनफिल्डको हन्टर ३५० आजदेखि नेपालगन्ज बजारमा (फोटोफिचरसहित)

आर्थिक, आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज २४ मंसिर – रोयल ईनफिल्डको हन्टर ३५० को नयाँ रंग, फिचर र शैलीसहित नेपालगन्ज बजारमा आजदेखि बिक्री शुरु गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका मेयर प्रशान्त बिष्ट तथा रोयल ईलफिल्ड नेपालगन्ज शाखाका एमडी सार्मथ्य सिंहद्वारा संयुक्त रुपमा उद्घाटन गरिएको नयाँ फिचरसहितको रोयल ईलफिल्ड खरीद गर्न एकजनाले आजै बुकिंग समेत गरेका छन् । नयाँ फिचरसहितको रोयल ईनफिल्ड उद्घाटन गर्दै प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिका मेयर बिष्टले रोयल ईनफिल्डले बजारमा आफ्नो प्रभुत्व जमाउन सक्ने तथा यस बाईकको सम्पूर्ण पार्टसहरु समेत शोरुमबाटै उपलब्ध हुने भएकोले बजारमा स्थापित हुन सक्ने शुभकामना व्यक्त गरेका थिए । रोयल ईलफिल्ड नेपालगन्ज शाखाका एमडी सार्मथ्य सिंहले आज लंच गरिएको नयाँ फिचरसहितको हन्टर ३५० बारे जानकारी गराउनु भएको थियो । एमडी सिंहका अनुसार मिड साईज मोटरसाइकल समूह (२५–७५० सीसी)...
ब्रिनोजद्वारा ७ सय ८४ जनाको निःशुल्क कान जाँच

ब्रिनोजद्वारा ७ सय ८४ जनाको निःशुल्क कान जाँच

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २३ मंसिर – ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा फुल्टेक्रा–५, नेपालगन्ज बाँकेको आयोजनामा विभिन्न स्थानमा ७ वटा निःशुल्क प्राथमिक कान उपचार शिविर सम्पन्न गरिएको छ । उक्त ७ वटा निःशुल्क शिविर ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाको आयोजना तथा गुलरिया नगरपालिका बर्दियाको समन्वयमा कान स्वास्थ्य सम्बन्धित समस्या भएका बिरामीहरुलाई निःशुल्क प्राथमिक कान शिविरमा सेवा दिने उद्देश्यका साथ सञ्चालन गरिएकोमा ७ सय ८४ जना कानका बिरामीहरुले स्वास्थ्य सेवा लिएको वरिष्ठ कान जाँच सहायक सिता चौधरीले जानकारी गराउनुभयो । वरिष्ठ कान जाँच सहायक सिता चौधरीले दिएको जानकारी अनुसार गुलरियाको विभिन्न ७ वटा स्थानहरुमा मंसिर १५ गतेदेखि आज मंगलबार २३ गतेसम्म ३ सय १७ जना पुरुष, ४ सय ६७ जना महिला गरी जम्मा ७ सय ८४ जना कान बिरामीहरुको निःशुल्क कान जाँच गरिएको थियो । जस मध्ये कान पाक्ने बिरामीहरुमा १ ...
सञ्जय अग्रवालको नेतृत्वमा आमाको माया छात्रावास नेपाल

सञ्जय अग्रवालको नेतृत्वमा आमाको माया छात्रावास नेपाल

अवधी, आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २१ मंसिर – जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित आमाको माया छात्रावास नेपालको चौथो वार्षिकोत्सवको शनिबार सम्पन्न अधिवेशनबाट सञ्जय अग्रवालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ । जनजाति कल्याण आश्रम नेपालद्वारा संचालित आमाको माया छात्रावास नेपालगन्जको शनिबार सम्पन्न चौथो वार्षिकोत्सवमा नयाँ कार्यसमिति चयन गरिएको घोषणा गरिएको थियो । त्यसैगरी चयन गरिएको कार्यसमिति उपाध्यायमा कुशम दुगड, सचिवमा भावना सापकोटा, कोषाध्यक्षमा दीपिका थापा अधिकारी रहेका छन् भने सदस्यहरुमा क्रमशः दिपक अग्रवाल, कृष्णा ओली, नितेश कनोडिया, शारदा बस्नेत, राजकुमारी साहु, रेखा बोथरा, नन्दलाल वैश्य, प्रिन्सु जैन, किशोर पाण्डे, सुमन गिरी, राजा तिमिल्सिना, बबिता मैनाली तथा निवर्तमान अध्यक्षः आशिष अग्रवाललाई चयन गरिएको छ । यसैगरी सल्लाहकारहरुमा द्रुव वैश्य, सञ्जय थापा, प्रदीप कुमार छाजेड तथा जिल्ला सद...