क्रियाशील पत्रकार महिला बाँकेको कार्यालय उदघाट्न
नेपालगन्ज, २१ मंसिर – क्रियाशिल पत्रकार महिला बाँकेको कार्यालय उदघाटन भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–४ बसपार्क स्थित कार्यालयको आज एक कार्यक्रमका बीच क्रियाशिल पत्रकार महिला बाँकेका संस्थापक अध्यक्ष अक्षरी पोखरेलले उदघाट्न गर्नुभएको हो । क्रियाशिल पत्रकार महिला बाँकेका अध्यक्ष साबित्री गिरीको अध्यक्षतामा भएको कार्यक्रम उदघाट्न पछि बोल्दै प्रमुख अतिथि संस्थापक अध्यक्ष पोखरेले पत्रकार महिलाहरुको क्रियाशिलताका सवालमा काम गर्न सहज हुने बताउनुभयो ।
उहाँले पत्रकार महिलाहरुलाई एकठाउँमा गोलबद्ध गर्दे क्रियाशिल पत्रकार महिलाहरुले कार्यक्रम गरेको प्रति खुशी ब्यक्त गर्नुभयो ।आगामी दिनमा पनि निरन्तर पत्रकार महिलाहरुका सवालहरुलाई सम्बोधन गर्दे अगाडि बढुनुपर्ने आवश्यकता औल्याउनुभयो ।
कार्यक्रममा विशिष्ठ अतिथि नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेश अध्यक्ष शुझऋषी चौलागाइले क्रि...









