
नेपालगन्ज, २९ मंसिर – नेपालगन्ज उपमहानगरपालिकाले अवैध रुपमा सञ्चालन भएका अटोलाई नियमन गर्दै नियन्त्रणमा लिन शुरु गरेको छ । नेपालगन्ज उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालय बाँकेको संयुक्त आयोजनमा नेपालगंज बजारको गणेशमान चोकदेखि अटो रिक्सा नियन्त्रणमा लिन शुरु गरेको हो ।

यातायत व्यवस्था कार्यालयमा दर्ता नभएका र नेपालगन्ज उपमहानगरपालिकामा सुचिकृत नभएका अटोहरुलाई नियन्त्रणमा लिन शुरु गरेको नेपालगन्ज उपमहानगरपालिका मेयर प्रशान्ट विष्टले बताए । नेपालगन्ज बजार क्षेत्रमा अवश्यकता भन्दा धेरै अटो भएको र जथाभवी सञ्चालन हुँदै आएकोले नियन्त्रणमा लिन शुरु गरेको मेयर विष्टले बताए । बजारभरी अवैध रुपमा सञ्चालन भएकोले बजार क्षेत्रमा दुर्घट्ना बढ्दै गएको कारणले अटोलाई नियन्त्रित गर्ने प्रयास गरेको उनको भनाई छ ।

‘हामीले कारवाही गरेका होइनौं, नियमन गर्ने प्रयास गरेको हौं, व्यवस्थापन गर्ने हो कारवाही होइन, रिक्सालाई मापदण्डमा चलाउने हो, प्रशासनको दृष्टिकोणले समस्या रहेकै हो, दैनिक दुर्घटनाहरु भएका छन्, रिक्सा व्यवसायी आफै प्रताडित भएका छन्, बिमा छैन, मुद्दा लाग्दा पुर्पक्षमा गएका छन्, यि सबै कारण देखेर एउटा मापदण्डमा रिक्सा चलाउन नियमन गरिएको’ प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले बताए ।

पालिका भित्र अटो चलाउने तर अन्य ठाउँहरुमा दर्ता भएका र कागजात साथमा नलिएको अटोलाई नियन्त्रणमा लिएको नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामहरि शर्माले बताए । उनले भने, अटो चालकहरुलाई पन्द्रा दिन पहिला सुचना दिएकै हो तर कागजात नबोकी मनोमानी तरिकामा सञ्चालन गरेको सबै अटोलाई नियन्त्रणमा लिएको बताए ।

नगर मात्र नभएर धेरै जसो ठाउँहरुमा अटोकै कारणले र्दुघट्न हुँदै आएको जिल्ला ट्राफिक कार्यालयका प्रहरी उपरिक्षक कनकबहादुर शाहीले बताए । यो अटो चालकलाई सुचना जस्तै हो जसले कागजात बोकेका छैनन् उसले आफ्नो कागजात ल्याए अटो लैजान सक्ने बताए । नगरमा मात्र हजार भन्दा बढी अटो सञ्चालन छ, जुन अवश्यक भन्दा बढी भएको बताए ।

नेपालगन्ज बजारलाई हेर्ने हो भने सच्चिकै अटो कै आतंक छ, तर नेपालगन्ज उपमहानगरपालिकाले पटक पटक नियन्त्रण गर्न खोज्दा समेत नियन्त्रण हुन सकेको अवस्था छ । नेपालगन्ज उपमहानगरपालिकाको भने यो पहिलो प्रयास होइन । कहिले होला नेपालगन्ज उपमहानगरपालिकामा अवैध अटो नियन्त्रण ।

