Monday, December 22सत्यम खबर
Shadow

जनमत पार्टी कपिलवस्तुबाट ई नरेन्द्रप्रसाद चौधरीकोे नाम सिफारिस

कपिलवस्तु, २ पाैष – जनमत पार्टी केन्द्रीय समितिको निर्णय अनुसार मंसिर २९ गते सोमबार देशभर एकैसाथ प्रतिनिधिसभा निर्वाचन क्षेत्र स्तरीय बैठकहरू सम्पन्न भएका छन् ।

सोही क्रममा कपिलवस्तु जिल्लाको निर्वाचन क्षेत्र नं. १ अन्तर्गत पकडीमा जनमत पार्टीको क्षेत्रीय बैठक सम्पन्न भयो ।

उक्त बैठकले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष तर्फको उम्मेदवारका रूपमा पार्टीका राष्ट्रिय उपाध्यक्ष ई नरेन्द्र प्रसाद चौधरीकोे नाम सर्वसम्मत रूपमा सिफारिस गरेको छ।

स्थानीय नेता–कार्यकर्ता तथा क्षेत्रीय प्रतिनिधिहरूको व्यापक सह.भागितामा सम्पन्न बैठकमा ई. नरेन्द्र चौधरी प्रति रहेको जन विश्वास, नेतृत्व क्षमता र राजनीतिक प्रतिबद्धताको उच्च मूल्याङ्कन गरिएको थियो।

उहाँको नाम पूर्व माननीय मन्त्री श्री दान बहादुर चौधरी ज्यूले प्रस्ताव गर्नु भएको र क्षेत्र – १ का सबै प्रतिनिधिहरूले ध्वनिमतका साथ ताली बजाई समर्थन गर्नु भए कोे छ। सो कार्यक्रम जनमत पार्टीका क्षेत्रिय इञ्चार्ज मोहमद रौफ मुसलमानको अध्यक्षतामा सम्पन्न भएको थियो । क्षेत्रका जनमत पार्टीका अगुवा नेता केन्द्रीय सदस्य सित राम पटेल, लुम्बिनी प्रदेश उपाध्यक्ष धिरज, चुनाव कम्पेनिग अफिसर दिलीप सिंह, पुनवासी यादव, विनोद चौधरी, तथा क्षेत्रका सबै अगुवा नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *