Tuesday, February 3सत्यम खबर
Shadow

ब्रिनोजद्वारा ७ सय ८४ जनाको निःशुल्क कान जाँच

नेपालगन्ज, २३ मंसिर – ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा फुल्टेक्रा–५, नेपालगन्ज बाँकेको आयोजनामा विभिन्न स्थानमा ७ वटा निःशुल्क प्राथमिक कान उपचार शिविर सम्पन्न गरिएको छ ।

उक्त ७ वटा निःशुल्क शिविर ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाको आयोजना तथा गुलरिया नगरपालिका बर्दियाको समन्वयमा कान स्वास्थ्य सम्बन्धित समस्या भएका बिरामीहरुलाई निःशुल्क प्राथमिक कान शिविरमा सेवा दिने उद्देश्यका साथ सञ्चालन गरिएकोमा ७ सय ८४ जना कानका बिरामीहरुले स्वास्थ्य सेवा लिएको वरिष्ठ कान जाँच सहायक सिता चौधरीले जानकारी गराउनुभयो ।

वरिष्ठ कान जाँच सहायक सिता चौधरीले दिएको जानकारी अनुसार गुलरियाको विभिन्न ७ वटा स्थानहरुमा मंसिर १५ गतेदेखि आज मंगलबार २३ गतेसम्म ३ सय १७ जना पुरुष, ४ सय ६७ जना महिला गरी जम्मा ७ सय ८४ जना कान बिरामीहरुको निःशुल्क कान जाँच गरिएको थियो । जस मध्ये कान पाक्ने बिरामीहरुमा १ सय ५६ जना, कानको अप्रेशन ५७ जना, कानमा लगाउने श्रवण यन्त्र ३१ जनालाई तथा काने गुजी बिरामीहरुहरुमा ६७ जना रहेको जनाईएको छ ।

ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाले दिएको जानकारी अनुसार गुलरिया नगरपालिकाको समन्वयमा आयोजना गरिएको ७ वटा क्याम्पहरुमा आधारभूत स्वास्थ्य केन्द्र, तुलसीपुर, आधारभूत स्वास्थ्य केन्द्र, बालापुर, आधारभूत स्वास्थ्य केन्द्र चौगुर्जी, आधारभूत स्वास्थ्य केन्द्र, आशापुर, मथुराहरद्वार स्वास्थ्य चौकी तथा आज मंगलबार महमदपुर स्वास्थ्य चौकीमा निःशुल्क कान शिविरको आयोजना गरी समापन गरिएको कान जाँच वरिष्ठ सहायक चिकित्सक आउटरिच भिषण थारुले जानकारी दिए ।

उक्त ७ वटा निःशुल्क कान जाँच शिविरमा कान जाँच वरिष्ठ सहायक चिकित्सक तथा आउट रिच भिषणकुमार थारु, वरिष्ठ कान सहायक सिता चौधरी, वरिष्ठ कान सहायक दामोदर चौधरी र वरिष्ठ कान सहायक तिर्थमान चौधरीले सहकार्य गरेका थिए ।

उक्त निःशुल्क शिविरको शुभारम्भ खैरापुर स्वास्थ्य चौकीबाट गरिएको थियो भने समापन महम्मदपुर स्वास्थ्य चौकीमा गरिएको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *