Sunday, April 26सत्यम खबर
Shadow

समाचार

बंगलादेशमा हिन्दू युवाको हत्याविरुद्ध जनकपुरधाम र वीरगन्जमा प्रदर्शन

बंगलादेशमा हिन्दू युवाको हत्याविरुद्ध जनकपुरधाम र वीरगन्जमा प्रदर्शन

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, १३ पौष – बंगलादेशमा हिन्दू युवाको भएको निर्मम हत्याको विरुद्धमा मधेश प्रदेशको जनकपुरधाम र वीरगन्जमा प्रदर्शन भएको छ । \ महिला अभियानी जनकपुरधामको ब्यानर र नेतृ विभा ठाकुरको नेतृत्वमा शुक्रबार जनकपुरधाममा हिन्दू दिपु चन्द्र दासको हत्या विरुद्धमा प्रदर्शन गरिएको हो । बंगलादेश सरकार मुर्दावाद, हिन्दू हत्या बन्द गर, दिपु चन्द्र दासको हत्यारालाई फाँसी दे, जमाते इस्लाम मुर्दावाद र रोहिंग्या मुसलमान घुसपैठ बन्द ब्यानरसहित महिला अभियानीहरुले प्रदर्शन गरेका थिए । यसैगरी, जमिअत उलेमा ए नेपाल बारा र पर्सा जिल्ला समितिले पनि हत्याविरुद्ध वीरगन्जमा शनिबार प्रदर्शन गरेको छ । जमिअत उलेमा ए नेपालका उपाध्यक्ष मौलाना अलि असगर मदानीको नेतृत्वमा निकालिएको र्यालीमा मुस्लिम समुदायका अगुवाहरुले प्रदर्शन गरेका छन् । दिपु चन्द्र दासको हत्यारालाई फाँसी दे, बंगलादेश सरकार मुर्दावाद...
अर्ना वियरमा लापरवाहीको चांग, वियरको बोतलमा लेदो, ग्राहकको स्वास्थ्यसँग खेल्दै कम्पनी, भन्छ लेदो हुनु सामन्य !

अर्ना वियरमा लापरवाहीको चांग, वियरको बोतलमा लेदो, ग्राहकको स्वास्थ्यसँग खेल्दै कम्पनी, भन्छ लेदो हुनु सामन्य !

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १२ पाैष - अर्ना वियरको बोतलमा लेदो भेटिएको छ । बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्वर ५ बढैयातालमा रहेको थारु भान्सा घरमा ग्राहकलाई दिएको बोतलमा लेदो भेटिएको बताईएकाे छ । यति ब्रेवरी प्राईभेट लिमिटेडले उत्पादन गरेको अर्ना वियरमा बारम्बार लेदो भेटिएको छ । कम्पनीलाई ग्राहकहरुले बारम्बार लेदाे भेटिए गुनासो गर्दा समेत कम्पनीले अवहेलना गर्दै आएको थारु भान्सा घरकी सञ्चालिका रोमा कुमारी सुनारले बताईन । उनले भनिन्, मेरो कटेजमा मात्र एकै दिन ३ बोतलमा गाढा लेदो भेटिएको छ । लेदोको बारेमा किनेको डिलरमा सम्पर्क गर्दा उनले बोतल फिर्ता गर्न भने तर त्यही बोतलको कारणले मेरो कटेजमा अहिले ग्राहक आउनै बन्द भएका छन् । मासिक १५ लाखको कारोवार हुने कटेज सुनशान भएको छ । यसको भरपाई अर्ना वियर उत्पादन गर्ने कम्पनीले नवेहोेरे सम्बन्धित निकायमा उजुरी दिने बताईन । कटेजमा सबै भन्दा बढी बिक्री हुने अर्...
रौतहटको गरुडा–२ मा किसानमैत्री पूर्वाधार विकास, कृषि उत्पादनमा आशा

रौतहटको गरुडा–२ मा किसानमैत्री पूर्वाधार विकास, कृषि उत्पादनमा आशा

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
प्रमोद सहनी रौतहट, १० पाैष - रौतहट जिल्लाको गरुडा नगरपालिका वडा नं. २ गेडही गुठी क्षेत्रमा कृषकहरूको दीर्घकालीन समस्यालाई सम्बोधन गर्दै करिब १८ फिट चौडाइको ग्रामीण सडक विस्तार गरिएको छ । गम्भीर साहको खेतदेखि पूर्व भन्टु रायको खेतसम्म तथा महेन्द्र रायको खेतदेखि राजेन्द्र रायको खेत हुँदै माईधिया विशुनपुरबा जाने पोखरासम्म पुग्ने यो सडक विस्तारपछि स्थानीय कृषकहरूको दैनिक कृषि गतिविधिमा उल्लेखनीय सहजता आएको छ । वर्षौंदेखि साँघुरो र अव्यवस्थित बाटोका कारण कृषि यान्त्रिक साधन, मल–बीउ तथा उत्पादन ओसारपसारमा समस्या भोग्दै आएका कृषकहरूका लागि यो सडक विस्तार महत्वपूर्ण उपलब्धि मानिएको छ। बाटो अभावकै कारण कतिपय कृषक समयमै खेतमा पुग्न नसक्ने, उत्पादन लागत बढ्ने र खेतीप्रति निराशा बढ्दै गएको अवस्था थियो ।   यस समस्यालाई प्राथमिकतामा राख्दै गरुडा नगरपालिका वडा नं. २ का वडा अध्यक्ष क...
बंगलादेशमा हिन्दू युवाको निर्मम हत्या विरुद्ध काठमाडौँमा बंगलादेशी दूतावास घेराउ

बंगलादेशमा हिन्दू युवाको निर्मम हत्या विरुद्ध काठमाडौँमा बंगलादेशी दूतावास घेराउ

अपराध, आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाडौँ, ७ पाैष - बंगलादेशमा जिहादी समूहद्वारा हिन्दू युवा दीपु चन्द्र दास को निर्मम हत्या गरिएको घटनाको विरोधमा राष्ट्रिय एकता अभियानले काठमाडौँस्थित बंगलादेशी राजदूतावास घेराउ गर्दै विरोध प्रदर्शन गरेको छ। प्रदर्शनकारीहरूले “अल्पसंख्यकको सुरक्षा ग्यारेन्टी गर”, “मानवअधिकारको सुरक्षा गर”, “हिन्दूको हत्या बन्द गर” जस्ता नारा लगाउँदै बंगलादेश सरकारको कडा आलोचना गरे। साथै “मोहम्मद युनुस सरकार मुर्दावाद”, “बंगलादेश मुर्दावाद”, “बंगलादेश दूतावास खारेज गर” जस्ता नारासमेत घन्काएका थिए। प्रदर्शनलाई सम्बोधन गर्दै समाजसेवी माधव सिंहले बंगलादेशमा हिन्दू तथा अन्य अल्पसंख्यकमाथि बढ्दो हिंसा गम्भीर मानवअधिकार उल्लङ्घन भएको बताए। उनले भने, “धर्म र पहिचानका आधारमा निर्दोष नागरिकको हत्या हुनु सभ्य समाजका लागि लज्जास्पद कुरा हो। अन्तर्राष्ट्रिय समुदायले अब मौन बस्न मिल्दैन।” त्यसैगरी, राष...
क्षमता भन्दा बढी कैदीबन्दी नेपालगन्ज कारागारमा

क्षमता भन्दा बढी कैदीबन्दी नेपालगन्ज कारागारमा

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ७ पाैष ।- भनिन्छ, एउटा कारागार खुल्नु भने भनेको दश स्कुल बन्द हुुनु हो । अपराध नियन्त्रण गर्ने विभिन्न निकाय छन् तर किन बढ्दै छन् नेपालमा अपराध ! यस्तै गतिविधलाई लिएर बनाईएको छ बाँके कारागारको एक रिपोर्ट । हो कैदीहरु अपराध गरेका हुन्छन् र कानुन बमाेजिम संजाय पाउनु पर्छ । तर पनि तिनकाे मानवअधिकार रहन्छ । कैदीबन्दीहरुलाई नेपाल सरकारको जनावर रुपी व्यवहार आखिर कहिले सम्म ? कैदीहरुको एउटै भनाई छ, हामी अपराध गरेका छौ हामी संजायको भागीदार हौँ, हामी संजाय पाउनु पर्छ । हामीलाई नेपालगन्ज कार्यालयमा कैदीले पाउनु पर्ने सेवा सुविधा त दियो तर हामीले बस्ने ठाउँ खोई ? झन त्यसै माथि विक्रम संवद २००० सालमा स्थापना भएको जिर्ण कारागारको भवन, कति खेरा जिर्ण भवन भत्किन्छ ठेगान छैन ! हामीलाई अन्तैको कारागारमा सर्न मिल्ने नियम छैन र सरकार ? भन्ने प्रश्न समेत गरिरहेका छन् । हो यो अवस्था नेपालगन्ज...
हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो

हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
कपिलवस्तु, ७ पाैष - २०२५ डिसेम्बर २१, लुम्बिनी — २०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध विश्वविद्यालयमा समापन गर्यो। आठ दिनसम्म चलेको यस सांस्कृतिक कार्यक्रमले चीनको एनिमेशन चलचित्रलाई माध्यम बनाएर नेपालका तीन विश्वविद्यालयमा सभ्यताको आदानप्रदानको पुल निर्माण गर्यो। त्रिभुवन विश्वविद्यालयमा उद्घाटन समारोहमा प्रख्यात चलचित्रकर्मी प्रदीप खड्का, कविता नेपाली, प्रदीप शाही, बुद्धि तामाङ, के.पी. पाठक र विजय बराल लगायत उपस्थित थिए। परिक्रमामा चयन गरिएका चलचित्रहरू—《नयाँ देवता सूची: याङ्जान》, 《सेतो सर्प: उत्पत्ति》, 《लो सियाओहाइ युद्ध कथा २》—ले चीनको परम्परागत संस्कृति र आधुनिक प्रविधिको संयोजन देखाए। साथै AIGC वेब सिरिज 《पहाडको आत्मा》ले कृत्रिम बुद्धिमत्ता प्रयोगमार्फत नयाँ सिर्जनात्मक मार्ग अन्वेषण गरेको छ। कार्यक्रमले केवल चलचित्र प्रदर्शनमा सीमित नभई "प्रदर्श...
कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा दोस्रो वर्षका विद्यार्थीलाई क्लिनिकल प्राक्टिस अभिमुखीकरण

कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा दोस्रो वर्षका विद्यार्थीलाई क्लिनिकल प्राक्टिस अभिमुखीकरण

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
कपिलवस्तु, ६ पाैष - कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नं २ स्थित कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा एचए र सिएमएलटी अध्ययनरत दोस्रो वर्षका विद्यार्थीहरूका लागि क्लिनिकल प्राक्टिस अभिमुखीकरण तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका कार्यकारी निर्देशक तथा निजी प्राविधिक शिक्षालय महासंघका केन्द्रीय अध्यक्ष अरुण कुमार पाण्डेयले गर्नुभएको थियो। अध्यक्ष पाण्डेयले प्राविधिक शिक्षाले दक्ष, जिम्मेवार र मानवताप्रति संवेदनशील स्वास्थ्यकर्मी उत्पादन गर्ने उद्देश्य बोकेको उल्लेख गर्दै विद्यार्थीहरूलाई इमान्दारी, अनुशासन र सेवाभावलाई जीवनको मूल मन्त्र बनाउन आग्रह गर्नुभयो। कार्यक्रममा प्रशासकीय अधिकृत तथा प्रशासकीय प्रमुख पुनीत कुमार मिश्रले क्लिनिकल अभ्यास स्वास्थ्य शिक्षा कै मेरुदण्ड भएको बताउँदै व्यवहारिक ज्ञान र पेशागत मर्यादाले नै विद्यार्थीलाई सफल स्वास्...
गाडी भारतीय नम्बरको सवारी भन्सारको पार्किङ्गबाट उठाउँदै ?

गाडी भारतीय नम्बरको सवारी भन्सारको पार्किङ्गबाट उठाउँदै ?

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ३ पौष – नेपालगन्जको आर्थिक अवस्था सुधार नहुनुमा यहाँ कार्यरत रहेको प्रशासनीक निकायलाई नै प्रमुख आधार मान्नु पर्ने हुन्छ की भन्ने प्रश्न आम व्यापारीहरुको रहेको छ । भारतको रुपैडिया बजारमा भिड हुँदा नेपालगन्जका बजारमा सुनसान रहेको पाईन्छ । घरायसी सामानदेखि लिएर आवश्यक पर्ने सम्पूर्ण सामानहरुको खरिददारी भारतीय बजार रुपैडियाबाट नै हुने गरेको विगत कै तथ्यांकहरुले देखाईरहेको अवस्थामा अब भारतीय नम्बरको गाडी नेपालगन्जको सीमामा प्रवेश गरी सवारी समेत उठाउने गरेको जनगुनासो आईरहेका छन् । यसतर्फ पटक पटक समाचार सम्प्रेषण गर्दा समेत सम्बन्धित पक्षले कानमा तेल हाली बस्दा आम व्यापारी कहाँ रुन जाने भन्ने प्रश्न उठेको छ । कतिपय भारतीय व्यापारीहरुले समेत गुनासो गरिरहेका छन् हामीले रुपैडिहा टैक्सी स्टैण्डबाट सवारी उठाउनु पर्ने हुन्छ तर केही व्यवसायी साथीहरु रुपैडिया पारी नेपालगन्ज भन्सार भित्र ...
भन्सार छली ल्याईएका अवैध लत्ताकपडा बरामद

भन्सार छली ल्याईएका अवैध लत्ताकपडा बरामद

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३ पौष – सशस्त्र प्रहरीले भारतबाट भित्रिँदै गरेका अवैध लत्ताकपडा बरामद गरेको छ । सिमा नाकाबाट सशस्त्र प्रहरीले भारतबाट भित्रीदै गरेका भन्सार छलिका सामाग्री बरामद गर्दै आइरहेको छ । बिहानको समयमा हुस्सु र कुहिरो लागेका कारण केही नदेखिने भएकाले अवैध सामाग्री ओसारपसार गर्ने गरेका छन् । भारतबाट अवैधरुपमा ल्याउँदै गरिएका लत्ताकपडा सशस्त्र प्रहरीले बुधबार बरामद गरेको छ । सशस्त्र प्रहरी बल बागेश्वरी ३० नम्बर गण बाँकेको बढैया बिओपीबाट सशस्त्र प्रहरी निरीक्षक लालबहादुर नेगीको कमान्डमा गएको टोलीले लत्ताकपडा बरामद गरेको थियो । सशस्त्र प्रहरी निरीक्षक नेगीलाई बिशेष सूचना आए पश्चात् तस्करले वेवारिसे अवस्था १ बोरा लत्ताकपडा छोडेर फरार भएको वरिष्ठ हवल्दार लोकेश चन्दले जानकारी दिएका छन् । अवैध सामाग्री ओसारपसार नियन्त्रण तथा र भन्सार छली गरेर अबैध रुपमा ल्याइने सानो–सानो सामग्री समेत...
ब्रीटिस स्कुलमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

ब्रीटिस स्कुलमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ३ पौष – बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले ब्रीटिस इङ्लिस बोर्डिङ स्कुल नेपालगन्ज मा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा ट्राफिक प्रहरी कार्यालय नेपालगन्जका हवल्दार कृष्णबहादुर खड्का र सहायक हवल्दार टेकराज अधिकारीले विद्यार्थीहरूलाई ट्राफिक नियम सम्बन्धी महत्वपूर्ण जानकारी प्रदान गरेका थिए । कार्यक्रममा विद्यार्थीहरूलाई ट्राफिक बत्तीको अर्थ, सडक पार गर्ने सही तरिका, सवारी साधन प्रयोग गर्दा अपनाउनु पर्ने सावधानी तथा हेल्मेट किन अनिवार्य रूपमा लगाउनु पर्छ भन्ने विषयमा व्यवहारिक र उदाहरणसहित सचेतना दिइएको थियो । विशेषगरी बालबालिकालाई सानै उमेरदेखि ट्राफिक नियमको ज्ञान भए दुर्घटना न्यूनीकरण गर्न सकिने र अभिभावकलाई पनि विद्यार्थीहरुले जानकारी दिनु पर्ने भने । ट्राफिक प्रहरीले हेल्मेटले टाउकोको सुरक्षा मात्र नभई जीवन रक्षा गर्ने महत...