Thursday, January 15सत्यम खबर
Shadow

रोयल ईनफिल्डको हन्टर ३५० आजदेखि नेपालगन्ज बजारमा (फोटोफिचरसहित)

नेपालगन्ज २४ मंसिर – रोयल ईनफिल्डको हन्टर ३५० को नयाँ रंग, फिचर र शैलीसहित नेपालगन्ज बजारमा आजदेखि बिक्री शुरु गरिएको छ ।

नेपालगन्ज उपमहानगरपालिका मेयर प्रशान्त बिष्ट तथा रोयल ईलफिल्ड नेपालगन्ज शाखाका एमडी सार्मथ्य सिंहद्वारा संयुक्त रुपमा उद्घाटन गरिएको नयाँ फिचरसहितको रोयल ईलफिल्ड खरीद गर्न एकजनाले आजै बुकिंग समेत गरेका छन् ।

नयाँ फिचरसहितको रोयल ईनफिल्ड उद्घाटन गर्दै प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिका मेयर बिष्टले रोयल ईनफिल्डले बजारमा आफ्नो प्रभुत्व जमाउन सक्ने तथा यस बाईकको सम्पूर्ण पार्टसहरु समेत शोरुमबाटै उपलब्ध हुने भएकोले बजारमा स्थापित हुन सक्ने शुभकामना व्यक्त गरेका थिए ।

रोयल ईलफिल्ड नेपालगन्ज शाखाका एमडी सार्मथ्य सिंहले आज लंच गरिएको नयाँ फिचरसहितको हन्टर ३५० बारे जानकारी गराउनु भएको थियो ।

एमडी सिंहका अनुसार मिड साईज मोटरसाइकल समूह (२५–७५० सीसी) मा विश्व कै अग्रणी ब्रान्ड रोयल ईनफिल्डले आफ्नो लोकप्रिय स्ट्रिट रोडस्टर मोडेल हन्टर ३५० को नयाँ संस्करण नेपाली बजारमा सार्वजनिक गरेको बताए । विश्वका प्रख्यात सहरका ‘कुल’ जीवनशैलीबाट प्रेरित रंग, सुधारिएको सस्पेन्सन तथा सहज एर्गोनोमिक डिजाइन सहितको यस बिएस–भिआई नयाँ हन्टर ३५० २०२५ एडिसन कम्पनीले सोमबार काठमाडौंमा प्रस्तुत गरेको जनाए ।

उहाँले नयाँ हन्टर ३५० मा रियो सेतो, टोकियो कालो, लण्डन रातो, र ग्राफाईट ग्रे गरी चार ‘स्ट्रीट– इन्स्पायर्ड’ रङ उपलब्ध छन् । कम्पनीका अनुसार यीमध्ये तीन र विश्वका सांस्कृतिक पहिचान सम्बन्धी प्रतीकहरुबाट सिर्जित अवधारणामा आधारित छन् । रियोका सेता तट, लण्डनका राताका ‘ब्रिक लेन’ र टोकियोका रातो कालो शहरी सडकका ग्राफाईट ग्रे ले मोटरसाइकललाई ‘स्टेल्थ’ लुक र दमदार उपस्थिति प्रदान गर्ने दाबी एमडी सिंहले गरेका छन् ।

सिंहका अनुसार यस संस्करणमा स्लीप एससीटी क्लाउथ जडान गरिएको छ, जुन कम्पनीको ३५०– सिसी मोडेलमा पहिलोपटक प्रयोग भएको सुविधा हो । साथै, परिमार्जित पछाडिको सस्पेन्सन बढेर १६० एम एम ग्राउण्ड क्लियरेन्स, सुधारिएको सीट, डिउल च्यानल एबिएस, एलिडि हेडलैम्प तथा एर्गोनोमिक डिजाइनले समय सवारी अनुभव सहज बनाउने र ट्रिप नेभिगेटर अप्सनको रुपमा थप गरिएको जनाए ।

हन्टर ३५० मा प्रयोग गरिएको ३४९ सिसि आई सिरिज इन्जिनले शहरी सडकको दैनिकीमा पुस्ती र सहजता प्रदान गर्ने दाबी गरिएको छ । सन् २०२२ मा पहिलो पटक बजारमा आएको यो मोडेलले हालसम्म विश्वभर ७ लाखभन्दा बढी राइडर जोडिसकेको कम्पनीले जनाएको छ ।

रोयल ईनफिल्डका प्रमुख कमर्सियल अधिकृत यादविन्दर सिंह गुलेरिया भन्छन्, “नेपालमा मोटरसाइकल दैनिकीसँगै जीवनशैली कै हिस्सा बनेको छ । युवा पुस्ताको ऊर्जा र शहरी गतिलाई ध्यानमा राखेर हामीले नयाँ हन्टर ३५० ल्याएको यो नेपालका जीवन्त शहरी सडकका लागि पूर्णतः उपयुक्त मोडेल रहेको बताए ।”

भिडियो हेर्न तलको लिंकमा क्लीक गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *