
नेपालगन्ज, २९ मंसिर – गोपाल–नीना फाउण्डेसन, नेपाल र जनमत अद्र्धसाप्ताहिकद्वारा नेपालगन्जमा आयोजना गरिएको रक्तदान कार्यक्रममा चिकित्सक, स्वास्थ्यकर्मी, पत्रकार, औषधि व्यवसायी, नेपालगन्ज साइकल क्लबका प्रशिक्षार्थीहरु तथा नियमित रक्तदाताहरुले रक्तदान गरेका छन् । “रक्तदान जीवनदान” भन्ने नाराका साथ जनमतको ६७ औं श्रृङ्खलामा शनिवार सम्पन्न उक्त कार्यक्रममा ४ जना महिला सहित ५७ जनाले रक्तदान गरेका हुन् ।

“रक्तदान जीवनदान”को महान उद्देश्यका साथ जनमत अद्र्ध साप्ताहिकको रजत उत्सवको अवसरमा वि.सं. २०६३ साल वैशाख २९ गतेदेखि निरन्तर रुपमा सञ्चालन गर्दै आएको “त्रैमासिक जनमत रक्तदान कार्यक्रमको ६७ औं श्रृङ्खला”मा रक्तदान गर्नेहरुमा स्वयम्सेवी नियमित रक्तदाताहरुमा नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेकि अध्यक्ष दिला शाह, कोषाध्यक्ष मनमोहन वर्मा, नेपाल स्वयंसेवी रक्तदाता राप्ती सोनारी गाउँपालिका उपसमितिका सल्लाहकारतथा वार्ड नं.६ का वडाध्यक्ष तथा नेपाल स्वयंसेवी रक्तदाता समाज राप्ती सोनारीका सल्लाहकार लवराज खरेल, निरज मान श्रेष्ठ, लक्ष्मण प्रसाद वैश्य, उर्दू साहित्यकार असफाक संघर्ष जसगढ, पवनकुमार प्रसाद वैश्य, गौतमप्रसाद पौडेल हुनुहुन्छ ।

उक्त कार्यक्रमका लागि डिजिटल हेल्थ पार्टनर हेल्थ याद आयो (मोवाइल हेल्थ एप), अन्नपूर्ण ग्याष्ट्रो केयर अस्पताल, नेपाल स्वयम्सेवी रक्तदाता समाज, बाँके, कला कृति सेभेल क्याफे, लगायतले समन्वय र सहकार्य गर्दै आएको छ ।

यसैगरि रक्तदान गर्नेहरुमा स्वास्थ्यकर्मी टिकाराम खनाल, गगन सिंह थापा, नेरेसोकी वरिष्ठ प्रशासकीय अधिकृत निरञ्जना मल्ल, कार्यक्रम अधिकृत प्रहलाद विश्वकर्मा, रक्त प्राविधिकहरु होमराज गिरी, महेश राना क्षेत्री, सञ्जय बढहीले रक्तदान गर्नुभएको थियो ।
त्यसैगरि गोपाल–नीना फाउण्डेसन, नेपालका सिर्च अफिसर अनिल खनाल, कमलेश कुमार कर्ण, नेपाल औषधी बिक्रेता संघ बाँकेका अध्यक्ष डि.आर. पाण्डे, नियमित रक्तदाता रक्तदाता महेश श्रेष्ठ, मनिष श्रेष्ठ, स्वास्थ्यकर्मी टिकाराम खनाल, निखिल जायसवाल, रक्तदाता समाज बाँकेका सदस्य तथा प्राविधिक होमराज गिरी, लोकनाथ शर्मा, महेश राना क्षेत्री, सञ्जय बढहीले रक्तदान गर्नु भएको थियो ।

त्यस्तै पंकज आले, रामबहादुर चौधरी, रामप्रसाद चौधरी, सरोजकुमार चौधरी, दिनेश थापा, महेन्द्र चौधरी, राममिलन कोरी, दिनेश अछामी, मनोज दहित, राजकुमार चौधरी, नबिवन न्यौपाने, प्रदीप ज्ञवाली, युवराज कुनवाल, सन्तोष भुषाल, दिपककुमार जायसवाल, नितेश जायसवाल, दिनेशकुमार तमोली, भरतबहादुर कार्की, विष्णु चौधरी, बाबुराम विश्वकर्मा, विनोदकुमार तमोली, राजित बुढाथोकी, दिक्षा थापा, डा. सबिन अधिकारी, डा. लोकेन्द्र कुँवर, अर्जुन केसी, याम खत्री, रामप्रसाद अधिकारी, खगेन्द्र ठकुरी, रुस्तम अलीद र्जी, प्रतिक रेग्मी, सुवोधकुमार जोशी, मुना केसी, अनिल कुनाल, जानकी गा.पा. वार्ड नं.६ का पूूर्व वडाध्यक्ष रमेशकुमार वर्मा, आराम्भ वैश्य, सुरज विष्ट, शालिकराम कुर्मी, धमेन्द्र कुमार वर्मा, दिनेशकुमार वर्मा, अर्जुन केसी, रामराज अधिकारी, खगेन्द्र शाही, एकता युवा क्लब नेपालगन्ज–२२का अध्यक्ष राजेशकुमार यादव रक्तदान गरेका थिए ।

सो अवसरमा रक्तदाताहरुलाई फाउण्डेसनका संस्थापक अध्यक्ष वरिष्ठ पेटरोग विशेषज्ञ डा. गौरव श्रेष्ठ, फाउण्डेसनकी सहनिर्देशक डा. तृप्तीपाल रमण, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेकी अध्यक्ष दिलाशाह, जनमत अर्धसाप्ताहिकका सम्पादक पूर्णलाल चुके, फाउण्डेसनको नाम लेखिएको कप हस्तान्तरण गर्नु भएको थियो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका होमराज गिरी, सुनिता कुमाई, सन्दिप आचार्य, महेश राना क्षेत्री, महेश दहित, प्रशान्त थारु, सञ्जय बढही र वीरेन्द्र योगीले प्राविधिक सहयोग गर्नुभएको थियो ।
कार्यक्रमलाई सफल पार्न गोपाल–नीना फाउण्डेशनका स्वयंसेवकहरु दक्षिणा क्षेत्री, रोशनी रानामगर, पवित्रा थापामगर तथा नरेन्द्र विक्रम शाह, नेपाल स्वयंसेवी रक्तदाता राप्ती सोनारी गाउँपालिका उपसमितिका उपाध्यक्ष अमृता के.सी. लगायतले सक्रिय सहयोग गर्नु भएको थियो ।

जेहेन्दार छात्रालाई छात्रवृत्ति हस्तान्तरण :
कार्यक्रमका वीच फाउण्डेसनका संरक्षकद्वय डा. गोपाल श्रेष्ठ, डा. नीनिा श्रेष्ठ, संस्थापक अध्यक्ष वरिष्ठ पेटरोग विशेषज्ञ डा. गौरव श्रेष्ठ र फाउण्डेसनकी सहनिर्देशक डा. तृप्तीपाल रमण,एविसी स्कुलका कक्षा ६ की जेहेन्दार छात्रा काव्या श्रेष्ठलाई रु.३५ हजारको छात्रवृत्ति हस्तान्तरण गर्नु भएको थियो ।
