झ्याप्पै आइन मगरनी लर्को ओढेरमा दर्शक झुमाए बद्री पंगेनीले
नेपालगन्ज, ६ माघ - आठौं प्रादेशिक घरेलु कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी एवं व्यापार महोत्सव आज नेपालगन्जको प्रदर्शनी स्थलमा राष्ट्रिय चर्चित लोकदोहोरी गायक बद्री पंगेनीको सांगीतिक प्रस्तुति दर्शकका लागि मुख्य आकर्षण बनेको छ । महोत्सव चर्चित गायक पंगेनीको झ्याप्पै आइन मगरनी लर्को ओढेर बोलको चर्चित गीत प्रस्तुत गरेपछि नेपालगन्जका दर्शक जुर्मुराएका थिए ।
नेपालगन्जको महोत्सवमा आएका पंगनीले गाएका चर्चित गीत उनको राशी तुला पर्यो मेरो राशी कन्या, जनैको कसम खाएर भन्छु म लगायत बोलको गीतहरु गाउँदा दर्शकहरु चिच्याउदै हो(हल्लाका साथ रमाएका थिए । महोत्सवमा पंगेनीले आफ्ना चर्चित गीतहरू सहित नयाँ तथा पुराना लोकदोहोरी गीति प्रस्तुति गरेर दर्शकलाई भरपुर मनोरञ्जन गराउँनुभएको हो ।
यस्तै गायिका एन्जिला रेग्मीको बजाएर बाजा, रेवन चस्मा लगाउन, छकि छैन मेरो माया, दिलको भित्तैमा, माया बस...









