बैजनाथमा एमालेको सम्पर्क कार्यालय स्थापना
खजुरा, १८ माघ – बैजनाथ गाउँपालिकाको सम्झना बजारमा एमाले क्षेत्र नं. ३ को सम्पर्क कार्यालय स्थापना भएको छ । सम्पर्क कार्यालयको एमाले बाँकेका उपाध्यक्ष समेत रहेका निर्वाचन परिचालन इन्चार्ज रत्न खत्री र क्षेत्र नं. ३ का एमाले उम्मेदवार सुमन मल्लले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
उद्घाटन शत्रलाई सम्बोधन गर्दै खत्रीले अहिलेको निर्वाचन महत्वपूर्ण भएकोले कसैको बहकाउमा नलाग्न अपिल गरे । उनले एमालेको बहुमत नआए देश जर्जर अवस्थामा फस्ने बताउँदै सिंहदरवार, सर्वोच्च अदालत लगायत देशका महत्वपूर्ण संरचना जलाउनेहरुले देशलाई बर्बाद पार्ने बताए । ‘यो निर्वाचन देश बनाउने र जलाउने वीचको युद्ध हो । देश जलाएर आगो ताप्नेहरुको हातमा देश गए हामी सवै बर्बाद हुने छौँ,’ उनले भने ।
उनले बाँके क्षेत्र नं. ३ का मतदाताले पर्यटक उम्मेदवारलाई चिन्न र सोही अनुसार अगाडीबढ्न आग्रह गरे । ‘यसअघिको निर्वाचनमा बाहिरको...









