अवधी भाषी वरिष्ठ पत्रकार जायसवाललाई पितृशोक
नेपालगन्ज, ३० पाैष - अवधी भाषी वरिष्ठ पत्रकार तथा सतकबढी रक्तदान गरि सामाजिक कार्यमा सक्रिय रहेका पवन जायसवाललाई पितृशोक परेको छ । जायसवालको पूजनीय बुवा श्रीराम जायसवालको ८५ वर्षको उमेरमा मंगलबार साँझ निधन भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १९ सुर्जिगाउँस्थित जायसवालको आफ्नै घरमा उहाँको बुवाको निधन भएको हो । मृतक श्रीरामको बुधबार दिउँसो सनातन परम्परा अनुसार सुर्जिगाउँ नजिकै खेतमा अन्तिम दाह संस्कार गरिएको छ ।
शतक रक्तदातासमेत रहनुभएका र समाजिक कार्यमा सक्रिय पत्रकार पवनका बुवा बढ्दो उमेरसँगै स्वास्थ्य समस्याले ग्रासित हुनुहुन्थ्यो । मृतक श्रीरामका तीन छोरा र दुई छोरी छन भने पवन जेठा हुनुहुन्छ । यसैबीच बाँकेका विभिन्न संगठनले पत्रकार पवनको पूजनीय बुवाको निधनप्रति शोक व्यक्त गरेका छन् ।
नेपाल प्रस युनियन बाँके, अवधी पत्रकार संघलगायतले एक विज्ञप्त जारी गर्दै स्वर्गीय बुव...









