
रुपैडिहा, ५ माघ – नेपालगन्जको सिमानासंग जोडिएको रुपैडिहा बजारमा व्यापारीहरुको संगठन उत्तर प्रदेश उद्योग व्यापार प्रतिनिधि बोर्डको बहुप्रतिक्षित चुनाव २५ वर्षपछि शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।
कडा प्रतिस्पर्धा वीच सम्पन्न चुनावको आइतवार राती घोषित परिणाम अनुसार अध्यक्ष पदमा शैलेश जायसवाल (कार) ले ४६५ मत प्राप्त गर्दै विजयी भए भने उनको निकटतम प्रतिद्वन्द्वी योगेन्द्र शर्मा (लक) ले ३३२ मत प्राप्त गरे ।,त्यस्तै महासचिव पदमा सन्तोष अग्रवाल (काइट) ले ४९९ मत प्राप्त गरी विजयी भए। शाहिद हाशमी (मोटरसाइकल) ले २८९ मत प्राप्त गरे । कोषाध्यक्ष पदमा सोनु कौशल (वाच) ले ४६४ मत प्राप्त गरी विजयी भए भने गुलाम वारिस (हवाइजहाज) ले ३३० मत प्राप्त गरेर पराजित भए ।

कोषाध्यक्ष सहित ११ सदस्य पदका लागि छब्बीस जना उम्मेदवारहरू मैदानमा थिए । निर्वाचित सदस्यहरुमा ऋषभ कौशल (कैंची) ५६९, शिवम गुप्ता (तीर) ५६७, आदर्श जैसवाल (बोतल) ५२९, बसन्त चक्रवर्ती (केरा) ४७६, राजु अग्रवाल (सिलाई) ४५०, श्याम पानसरी (२४, अंगूर) ४ कोम्बल ४० विजय जैसवाल (फूलको भाँडो) ३९६, मोहम्मद । युसुफ (चश्मा) ३८२, मनिष अग्रवाल (इन्जिन) ३७५, महेन्द्र जैसवाल (तौल) ३७४। निम्न उम्मेदवारले पर्याप्त मत प्राप्त गर्न सकेनन् निखिल शर्मा (क्यामेरा) ३७२, मो. जाकिर (जग) ३५९, अंकुर अग्रवाल (कप र थाल) ३५७, प्रतीक मित्तल (ट्याप) ३४१, मोहम्मद नसीम (रूख) ३१५, रवि कुमार (पुस्तक) ३१५, मोइनुद्दीन पुयान (कुर्सी) ३१२, इमरान (साँचो) २६३, मोहम्मद अराफत (टूयाक्टर) २६१, सुशील तुलसीयन (आम) २२२, कन्हैया लाल गुप्ता (छाता) २३४ मतगणना सम्पन्न भएको निर्वाचन अधिकारीहरूले बताएका छन् ।

वरिष्ठ पत्रकार शेर सिंह कशौधनका अनुसार चुनावको लागि चुनाव प्रवन्ध समितिमा रहेका ट्रेड युनियनका पूर्व महासचिव मोहम्मद शकील अहमद सिद्दीकी, संजय बंसल, मणिराम शर्मा, शेर सिंह कासोधन, अजय मित्तल, अधिवक्ता विवेक शुक्ला, आचार्य दयाशंकर शुक्ला, सन्तोष शुक्ला, दिवाकर पाठक, इर्शाद हुसेन, मेहबूब अहमद, जफर इमाम रिजवी र राजा इमाम रिजवी लगायत निर्वाचनको निष्पक्ष सञ्चालनमा स्थानीय व्यवसायी र नागरिकहरूले योगदान पु¥याएका थिए । सबैले निर्वाचनको सहज सञ्चालनमा योगदान पु¥याए । नयाँ कार्यपालिका गठनसँगै व्यावसायिक संस्थाको गतिविधिले नयाँ गति लिने अपेक्षा गरिएको छ ।

