
नेपालगन्ज, ६ माघ – आठौं प्रादेशिक घरेलु कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी एवं व्यापार महोत्सव आज नेपालगन्जको प्रदर्शनी स्थलमा राष्ट्रिय चर्चित लोकदोहोरी गायक बद्री पंगेनीको सांगीतिक प्रस्तुति दर्शकका लागि मुख्य आकर्षण बनेको छ । महोत्सव चर्चित गायक पंगेनीको झ्याप्पै आइन मगरनी लर्को ओढेर बोलको चर्चित गीत प्रस्तुत गरेपछि नेपालगन्जका दर्शक जुर्मुराएका थिए ।

नेपालगन्जको महोत्सवमा आएका पंगनीले गाएका चर्चित गीत उनको राशी तुला पर्यो मेरो राशी कन्या, जनैको कसम खाएर भन्छु म लगायत बोलको गीतहरु गाउँदा दर्शकहरु चिच्याउदै हो(हल्लाका साथ रमाएका थिए । महोत्सवमा पंगेनीले आफ्ना चर्चित गीतहरू सहित नयाँ तथा पुराना लोकदोहोरी गीति प्रस्तुति गरेर दर्शकलाई भरपुर मनोरञ्जन गराउँनुभएको हो ।

यस्तै गायिका एन्जिला रेग्मीको बजाएर बाजा, रेवन चस्मा लगाउन, छकि छैन मेरो माया, दिलको भित्तैमा, माया बस्यो हात्तैमा, दुइ दुइ चार हुन्छ मन मिले घरवार हुन्छ, कालाकाला आखाँमा चस्मा लगाउन बोलको गीत प्रस्तुत गर्दा दर्शक झुमी झुमी नाचेर साथ दिएका थिए । एकपछि एक चर्चित गीत प्रस्तुत गरेका गायिका रेग्मीले आधा दर्जन बढि चर्चित चर्चित गित प्र्रस्तुत गर्नु भएको थियो ।

यस्तै गायक शिव जीएमले छुच्चि माया, रक्सी मासु, चुम्मा देउ छैली लगाउतका आधा दर्जन चर्चित गीत प्रस्तुत गर्नुभएको थियो । गायक जिएमको थारु प्रस्तुतिमा नेपालगन्जका दर्शक झुमी झुमी नाचेका थिए ।

महोत्सवमा डान्सर विन्दु विष्ट नृत्य प्रस्तुत गर्नु भएको थियो भने महोत्सवमा दैनिक लोकदोहरी, स्थानिय कलाकारहरुको प्रस्तुती रहने गरेको छ ।
पुष ३० गतेदेखि संचालन भएको आठौ प्रादेशिक घरेलु कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी एंव व्यापार महोत्सव २०८२ सूरु भएको हो । नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमी समितिको जिल्ला शाखा, बाँकेको आयोजना र नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमी समिति नेपालगञ्ज उपमहानगरपालिका समितिको सह आयोजनामा सुरु भएको हो ।

महोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहेको आयोजक मुल समितिका संयोजक समर बहादुर खत्रीले जानकारी दिनुभयो । महोत्सवमा चर्चित नायक तथा मोडल पल शाह, गायक तथा मोडल दुर्गेश थापा लगायत दुई दर्जन बढि राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहनुका साथै स्थानिय कलाकारहरुको समेत प्रस्तुती रहने संयोजक समर बहादुर खत्रीले जानकारी गराउनुभयो । महोत्सवमा लण्डन बृज, फिस टनेल लगायत विभिन्न प्रकारका व्यपारिक स्टल, थारु गाउँको अवलोकन गर्न पाइने संयोजक खत्रीले जानकारी गराउनुभयो ।

महोत्सवमा विद्यालय स्तरिय एकल नृत्य प्रतियोगिता संचालन भैरहेको छ जसमा १४ जनाको प्रतिस्प्रधा भैरहेको छ । यस्तै भोली बिहीवार नेपालगन्ज महोत्सवमा चर्चित गायिका प्रिति आले, गायक श्री कृष्ण बम मल्ल, मोडेल आरुशी अस्लामी मगर, डान्सर विन्दु विष्टको बेजोड प्रस्तुती रहने सास्कृतिक संयोजक मिना डाँगीले जानकारी गराउनु भएको छ ।
