Wednesday, January 28सत्यम खबर
Shadow

वडा प्रहरीलाई फस्ट एड किड हस्तान्तरण

नेपालगन्ज, २ माघ – नेपाल भारत जनमैत्री संगठन नेपालगन्जमार्फत वडा प्रहरी कार्यालय नेपालगन्जलाई २ थान फस्ट एड किड आज हस्तान्तरण गरिएको छ ।

हस्तान्तरण कार्यक्रममा नेपाल भारत जनमैत्री संगठनका अध्यक्ष सुमन धिमाल, सचिव शेखर थापा, सह–सचिव नितिनकुमार चक्रवती, सदस्य मदनलाल जैसी, शिवराज वर्मा, वडा नं. ८ का वडा सदस्य अमन गुप्ताको उपस्थितिमा वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक शेखर खड्कालाई हस्तान्तरण गरिएको थियो ।

हस्तान्तरण गरिएको फस्ट एड किडमा बैण्डेज, कार्टन, डिएफओ जेल, सिजर, एन्टीसेप्टीक स्लोसन, टुमैट्रो–४००, स्लास्टीक रैप बैण्डेज, एडहेसिब टेप, पैरा सिटामोल, डाईजिन, हैण्डीप्लाष्ट, सोलुशन पोबिडन ओलाईन, एक्लोफ्रेन जुमी, मेट्रोडिएफ, मोफ्रिकियन ओईन्टमेन्ट, साबुन, ब्रुफलामलगायत औषधिजन्य सामानहरु रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *