Wednesday, January 28सत्यम खबर
Shadow

धार्मिक पर्यटक स्थल सन्तानेश्वरमा बृहत सरसफाई

नेपालगन्ज, ४ माघ – बाँके जिल्लाको विकट मानिएको पालिका नरैनापुर गाउँपालिकामा रहेको धार्मिक पर्यटकीय स्थल भगवान शिवको मन्दिर सन्तानेश्वरमा युवाहरुले बृहत सरसफाई कार्यक्रम शनिबारका दिन सम्पन्न गरेका छन् ।

उक्त सन्तानेश्वर मन्दिर प्रा·ण सम्म पुग्ने श्रद्धालुहरुले बाटोमा गरेका फोहोरहरुको बृहत सरसफाई अभियान कै रुपमा युवाहरुले हातेमालो गर्दै शनिबार सरसफाई अभियान चलाई करीब २५ बोरा फोहोर संकलन गरेका छन् ।

बाँके जिल्लामा रहेको ऐतिहासिक तथा पर्यटकीय स्थल सन्तानेश्वर महादेव मन्दिर भ्रमणको क्रममा त्यहाँ जथाभावी छरिएको फोहोर प्लास्टिक्सको खोस्टा र प्लास्टिक बोत्तलहरुको सरसफाई तथा उचित ब्यवस्थापनको लागि हाम्रो नेपालगन्जका युवा, सचेत नागरिकहरुको संयुक्त अभियानमार्फत सरसफाई गरिएको थियो ।,

बृहत सरसफाई कार्यक्रममा शिरिष बुढाथोकी, पारश बिक्रम अर्याल, सन्देशराज मल्ल, राहुल बुढाछेत्री, नवराज बर्मा, कवि भारती, सिद्धार्थ थापा मगर, सुमित भारती, मुस्कान शाह, राजन शाह, कमल, मंशी गोडिया, मन्नत जी तथा इको नेपाल फाउन्डेसन संस्थाको सहयोग रहनुका साथै मन्दिर परिसरमा थोरै भएपनि सरसफाई गरिएको जनाईएको छ ।

आयोजक संस्थाले फोहर व्यवस्थापनमा साथ सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्नुका साथै अगामी दिनहरुमा युवाहरुको समूह तथा ईको नेपाल फाउण्डेशन संस्थाबाट फेरी पनि यस्तोखाले सरसफाई कार्यक्रमको आयोजना गरिने सहभागी करण शाहले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *