Thursday, January 29सत्यम खबर
Shadow

क्रियटिभ चिल्ड्रेन होम मन्टेश्वरीको अभिभावकसंग अन्तरक्रियात्मक कार्यशाला

नेपालगन्ज, २ माघ – क्रियटिभ चिल्ड्रेन होम मन्टेश्वरीले बालबालिकाहरुका अभिभावकहरुसंग अन्तरक्रियात्मक कार्यशालाको आयोजना गरेको छ । नेपालगन्ज–१२ बेलासपुर स्थित क्रियटिभ चिल्ड्रेन होम मन्टेश्वरीले पहिलो पटक अभिभावकहरुसंंग आफ्नो विद्यालय परिसरमा यस किसिमको कार्यशालाको सम्पन्न गरेको हो ।

अभिभावकहरुलाई प्रारम्भिक बालविकासको परिचय, महत्व, अभिभावकको किसिम बारे जानकारी गराउने, अभिभावकहरुबाट आफ्ना बालबालिकाको जीवनमा आएको सकारात्मक परिवर्तनको बारेमा अनुभव आदान प्रदान गर्ने, विद्यालयको व्यवस्थापकिय तथा शैक्षिक गतिविधिबारे, समीक्षा गर्ने, विद्यालयको आगामी शैक्षिक सत्रमा गरिने कार्यक्रमहरु बारे जानकारी गराउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यशालामा अभिभावकहरुले रुचिका साथ सक्रिय सहभागी भएका थिए ।

कार्यशालामा विद्यालयका सस्थापक रेणु शेरचनबाट प्रारम्भिक बालविकासको परिचय, मन्टेश्वरी शिक्षा प्रणालीको अवधारणा, महत्व र फाइदाका बारेमा विद्युतीय शैक्षिक सामाग्रीको प्रयोग गरेर स्पष्ट पारिएको थियो । संस्थापक शेरचनले अभिभावकहरुले प्रारम्भिक बालविकास आमाको गर्भदेखि ८ वर्षसम्म हुन्छ भन्ने कुरा जानकारी गराउँदै यसको लागि अभिभावकको भूमिका महत्वपूर्ण हुन्छ भन्ने विषय प्रष्ट पार्नु भएको थियो ।

क्रियटिभ चिल्ड्रेन होमका प्रिन्सिपल तथा संस्थापक खिमा थापाबाट अभिभावकहरुलाई स्वागत गर्दै कार्यक्रमको बारेमा आफ्नो प्रस्तुती गर्नु भयो । संस्थापक खिमा थापाका अनुसार अभिभावकहरुलाई सहभागितामूलक विधिबाट कक्षा शिक्षकहरुबाट चार समूहमा विभाजन गरेर प्रत्येक समूहलाई खेल्दै सिक्ने क्रियाकलाप जस्तै भाषा, पूर्व गणित, सामाजिक तथा सिर्जनात्मक क्रियाकलापहरु पालैपालो गर्न लगाइएको थियो भने यस किसिमको क्रियाकलापबाट बालबालिकाको सर्वाङ्गीण विकास गराउन सकिन्छ भन्ने विषयलाई महसुस गर्न लगाइयो ।

यसका साथै संस्थापक खिमा थापाबाट अभिभावकको किसिमका बारेमा जानकारी गराउँदै हामी कस्तो अभिभावक बन्ने भन्ने विषयमा छलफल गरिएको थियो । यसबाट अभिभावकहरुले आफ्नो बालबालिकाको लागि आफु कस्तो अभिभावक भन्ने बारे पनि बुझ्न लगाइयो ।

अभिभावकहरुलाई कक्षागत रुपमा विभाजन गरी प्रश्न लेखिएको कागज वितरण गरी सामूहिक छलफल गरी लेख्न लगाएर समूह नाइकेबाट प्रस्तुत गर्न लगाइयो भने कार्यशाला बैठकमा गरिएका क्रियाकलापहरुमा कियटिभ चिल्ड्रेन होमका अभिभावकहरुले रुचिपूर्वक सक्रिय रुपमा सहभागी भएका थिए । कार्यशालामा अभिभावक र शिक्षिकाहरु समेत करीब ५० जनाको सहभागिता रहेको थियो ।

उक्त अन्तरक्रियात्मक कार्यशाला पछि अभिभावकबाट आएको सकारात्मक पक्षहरुमा केही अभिभावकहरुले आफ्ना बावु नानीले घरमा खाना खान नमान्ने गरेकोमा अहिले सहज भएको, बोल्न नसक्ने बावुनानीहरु बोल्न सक्ने भएको लगायतका सकारात्मक परिवर्तनका बारेमा आफ्नो अनुभव सुनाउनु भयो भने अटिज्मको समस्या भएका केही बावु नानीहरु पनि क्रियटिभ चिल्ड्रेन होम मन्टेश्वरीमा ल्याएपछि सुधार आएको बताउनु भएको थियो ।

अभिभावक समीर श्रेष्ठले आफ्नो छोरालाई यसअघि दुई वटा मन्टेश्वरीमा राख्दा कुनै परिवर्तन नपाएको र यहाँ भर्ना गरेपछि छोराले आफ्नो काम आफै गर्न सिकेको, बोल्न सिकेको, अरूलाई आदर गर्न सिकेको अनुभव सुनाउनु भयो ।

अभिभावक दिप्ति शर्माले पनि आफ्नो छोरा क्रियटिभमा राखेर एकदमै क्रियटिभ भएको, नानी १० वर्षको भए पनि उनलाई आफ्नो काम गर्नलाई भनिराख्नु पर्छ भने बावु ५ वर्षको भए तापनि बाबुले आफ्नो सबै काम आफै गर्ने र पढाई लेखाइ र अतिरिक्त क्रियाकलापमा समेत उत्तिकै अव्बल रहेको बताउनु भयो । उहाँले विद्यालय प्रतिको धारणा यति पोजेटिभ छ कि विरामी हुँदा पनि घर बस्न नमान्ने र विद्यालयमा शतप्रतिसत हाँजिर भएको पनि कार्यशालामा जानकारी गराउनु भयो ।

त्यसैगरी अभिभावक अर्का प्रतीक रेग्मीले पनि आफ्नो नानीले करीब ६÷७ महिनादेखि राम्ररी खाना नखाएको, तर क्रियटिभमा ल्याएपछि ५ महिना भित्रै खाना खान, मिलेर बस्न, सामानहरू बाँडेर खेल्न सिकेको लगायतका सकारात्मक परिवर्तन आएको अनुभव सुनाउनु भएको थियो ।

समूहगत प्रस्तुतीमा अभिभावकहरुले सूचना सम्प्रेषण, सिकाइ सामाग्री पर्याप्तता, शिक्षकहरुको सकृयता, सर्जनशील व्यवहार, सरसफाइ, स्वस्थकर खाना आदि कुराहरु राम्रो भएको प्रस्तुत गर्नुभएको थियो । त्यसपछि अभिभावकहरुलाई सहभागितामूलक विधिबाट कक्षा शिक्षकहरुबाट चार समूहमा विभाजन गरेर प्रत्येक समूहलाई खेल्दै सिक्ने क्रियाकलाप जस्तै भाषा, पूर्व गणित, सामाजिक तथा सिर्जनात्मक क्रियाकलापहरु पालैपालो गर्न लगाइएको थियो ।

उल्लेखनीय छ, २०७२ सालमा स्थापित क्रियटिभ चिल्ड्रेन होम मन्टेश्वरीले यसअघि “सिकाईको लागि स्वास्थ शरीर, स्वस्थ शरीरको लागि खेल” भन्ने मूल नाराका साथ अभिभावक र बालबालिकाहरु वीच खेलकुद, आफ्ना बालबालिकाहरुको सर्वाङ्गिण विकासका लागि विभिन्न रोचक र रचनात्मक कार्यक्रम गर्दै आए तापनि अभिभावक र बालबालिकालाई संगै सहभागी गराएर एउटै खेलमा खेलाएको, शैक्षिक सामाग्री तथा प्रयोग विधि प्रदर्शनी, बालबालिकाहरुको सर्वाङ्गिण विकासका लागि शैक्षिक सिकाई, क्रियाकलाप र मन्टेश्वरी विधि प्रस्तुत गरी अभिभावकहरुलाई जानकारी गराउने लगायतका रचनात्मक कार्यक्रमहरु तथा पठन पाठनका साथै विभिन्न अतिरिक्त क्रियाकलाप र खेलकुद लगायतका थुप्रै गतिविधिहरु सञ्चालन गर्दै शैक्षिक सामाग्रीहरु स्कुलको नियमित पठन पाठन मन्टेश्वरीको विधि अनुसार दिगो सिकाईको लागि सिकाई गराउँदै आएको विद्यालयका प्रिन्सिपल थापाले बताउनु भयो ।
मन्टेश्वरी एशोसिएसन बाँकेका सचिव समेत रहनु भएका क्रियटिभ चिल्ड्रेन होम मन्टेश्वरीका संस्थापक प्रिन्सीपल थापाले मन्टेश्वरी स्कुल, अभिभावक र बालवालिका वीचको सम्बन्ध सकारात्मक र प्रभावकारी बनाउने, प्रारम्भिक बाल विकास पाठ्यक्रममा आधारित विषयवस्तु अन्तर्गतको सिकाई, सामाग्री व्यवस्थापन र सिकाई विधि प्रस्तुत गरी पुस्तक बिना पनि सिक्न सकिने अभ्यास पनि सम्भव छ भन्ने कुरा बताउनु भयो ।

सिकाईको अर्को पाटो स्थानीय कच्चा पदार्थ र खेर गएका काम नलाग्ने सामाग्री प्रयोग गरेर हस्त निर्मित सुन्दर तथा आकर्षक शैक्षिक सामाग्री तयार गर्न सकिन्छ भन्ने उदाहरण प्रदर्शनी मार्फत् अभिभावक र बालवालिकाहरुलाई पनि सचेत गराउने पनि प्रदर्शनीको पनि बेलाबेलामा आयोजना गर्दै आएको थापाले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *