लुम्बिनी कप अन्तराष्ट्रिय आमन्त्रण फुटबलको मिति स¥यो, अब प्रतियोगिता बैशाखमा हुने
नेपालगन्ज, १९ फागुन – लुम्बिनी कप अन्तराष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको आयोजना मिति सरेको छ । फागुन १९ देखि २९ गतेसम्म नेपालगन्ज रंगशालामा हुने तय भएको प्रतियोगिता अब आगामी वैशाख ५ देखि १५ गतेसम्म हुने भएको छ । आयोजक अन्तरालले पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको नयाँ मिति सार्वजनिक गरेको हो ।
अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले प्राविधिक कारणले प्रतियोगिताको मिति सार्नु परेको बताउनु भयो । उहाँले भन्नु भयो, ‘प्राविधिक कारणले प्रतियोगिताको आयोजना मिति केही पछी सरेको छ । अब नयाँ मितिमा आयोजना हुने प्रतियोगितालाई हामी भव्य बनाउने प्रयास गर्नेछौं । मैदानको स्तर उन्नती र स्थानीय खेलाडीहरुको लागि प्रशिक्षणको लागि केहि समय मिलेको छ । यसले प्रतियोगितालाई अझ स्तरीय र व्यवस्थापनमा पनि राम्रो गर्न सहयोग गर्नेछ ।’
प्रतियोगितामा नेपालका चर्चित क्लबहरु, विभागीय टिम र भारतीय ...









