Monday, June 29सत्यम खबर
Shadow

श्रम/रोजगार

निबन्ध प्रतियोगिता सम्पन्न

निबन्ध प्रतियोगिता सम्पन्न

आस्था, कला/साहित्य, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २८ फागुन – विश्व हिन्दू परिषद नेपाल बाँके जिल्लाद्वारा राष्ट्र गुरु योगी नरहरिनाथको ११० औ जन्म जयन्तीको अवसरमा निबन्ध प्रतियोगिता आयोजना गरिएको थियो । नारायण माध्यमिक विद्यालय नेपालगन्जको कक्षा–९ मा अध्ययनरत छात्र–छात्राहरुमा निबन्ध प्रतियोगिता गराइएको थियो । उक्त प्रतियोगितामा प्रथम मौसम थारु, द्वितीय बिष्णु रोकाय र तृतीय खगेन्द्र शाही भएका थिए । प्रथम, द्वितीय र तृतीय र सान्त्वना भएका छात्र–छात्राहरुलाई नगद राशी सहित प्रमाण–पत्र प्रदान गरिएको थियो । कार्यक्रममा मुख्य अतिथि विश्व हिन्दू परिषद नेपाल राष्ट्रिय महिला विभाग प्रमुख कृष्णा देवी पाण्डेय, विशिष्ट अतिथि विश्व हिन्दू परिषद नेपाल कर्णाली प्रदेशका उपाध्यक्ष कृष्ण मुरारी प्रसाद भट्ट, आतिथ्यहरुमा राज कुमार रौनियार, प्रेमकुमार शर्मा, रमेशकुमार श्रीवास्तव, मनोज राजा श्रीवास्तव, अशोक गुप्ता रहेका थिए । विश्...
राजनीतिमा महिला नेतृत्व अझै पनि व्यवहारिक भएनः संविधान सभा पूर्व उपसभामुख सुवेदी साबित्री गिरी

राजनीतिमा महिला नेतृत्व अझै पनि व्यवहारिक भएनः संविधान सभा पूर्व उपसभामुख सुवेदी साबित्री गिरी

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
कोहलपुर, २७ फागुन – संविधान सभाकी पूर्व उपसभामुख पूर्णाकुमारी सुवेदीले संविधानले महिलाको नेतृत्व तोकेरै पठाएको भए पनि व्यहारिक कार्यान्वयनमा जटिलता रहेको बताउनु भएको छ । क्रियाशिल पत्रकार महिला बाँकेले सण्डे कल्ब अन्तर्गत आज नेपालगन्जमा सम्पन्न गरेको कार्यक्रममा मुख्य बक्ताका रुपमा सुवेदीले संविधानले तोकेको अधिकार समेत नपाउनु दुःखद भएको बताउनुभयो ।   विक्रम संवत् २०१५ सालमा जन्मनु भएकी सुवेदी विक्रम संवत २०३४ सालदेखि हालसम्म राजनीतिमा सक्रिय हुनुहुन्छ । नेपाल कम्युनिष्ट पार्टिमा निरन्तर सक्रिय सुवेदीले जनयुद्धको अनुभव आज कार्यक्रममा सुनाउनु भएको छ । युद्धको बेला गोली कानको छेउबाटै जाँदा समेत नडराएर मोर्चा सम्हाल्दाको क्षण सुनाउँदा उहाँ भाबुक बन्नुभयो । पारिवारीक तथा सामाजिक उल्झनहरुलाई छिचोल्दै पार्टीका विभिन्न मुख्य पदहरु उहाँले सम्हाल्दै निरन्तर अगाडि बढिरहनु भएको छ । पत्...
अन्तर्राष्ट्रिय नारी दिवसमा ११ महिला सहित ६० जनाले रक्तदान गरे

अन्तर्राष्ट्रिय नारी दिवसमा ११ महिला सहित ६० जनाले रक्तदान गरे

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २५ फागुन – गोपाल÷नीना फाउण्डेशन, नेपाल र जनमत अद्र्ध साप्ताहिकद्वारा “वृहद् रक्तदान कार्यक्रम’’ को आयोजना गरिएको छ । बाँके जिल्लामा अहिले रगतको अभाव भइरहेको अवस्थालाई मध्यनजर गर्दै “रक्तदान गरौं ः जीवन उपहार दिउँ” भन्ने नाराका साथ जनमत रक्तदान अभियानको ६४ औं श्रृङ्खलामा सम्पन्न उक्त कार्यक्रम ११ जना महिला सहित ६० जनाले रक्तदान गरेको गोपाल÷नीना फाउण्डेशनका सहनिर्देशक डा. तृप्ती पाल रमणले जानकारी दिनु भयो । ११५ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर शनिवार गरिएको सो अवसरमा “रक्तदान जीवन दान”को महान उद्देश्यका साथ जनमत अद्र्ध साप्ताहिकको रजत उत्सवको अवसरमा वि.सं. २०६३ साल वैशाख २९ गतेदेखि निरन्तर रुपमा सञ्चालन गर्दै आएको “त्रैमासिक जनमत रक्तदान कार्यक्रमको ६४ औं श्रृङ्खला” मा रक्तदान अभियानको शुभारम्भदेखि नै निरन्तर रक्तदान गरेर मानवीय कार्यमा अतुलनीय योगदान गरेकोमा उच्च कदर...
विविध कार्यक्रम सहित ११५ औ अन्तर्राष्ट्रिय नारी दिवस नेपालगन्जमा सम्पन्न

विविध कार्यक्रम सहित ११५ औ अन्तर्राष्ट्रिय नारी दिवस नेपालगन्जमा सम्पन्न

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २५ फागुन – महिला अधिकारका क्षेत्रमा काम गर्नेहरु नेपालगन्जमा एकजुट भएर ११५ औ अन्तर्राष्ट्रिय नारी दिवस मनाएका छन् । दिवसका अवसरमा नेपालगन्ज उपमहानगरपालिकाबाट सुरु भएको ¥याली विपिचोक, धम्बोजि चोक, सेतुविक चोक, न्युरोड, त्रिभुवन चोक ह“ुदै पुनः नेपालगन्ज उपमहानगरपालिका पुगी कार्यक्रममा परिणत भएको थियो । आयोजक मूल समारोह समिति एवं नगर स्तरीय लैङ्गिक हिंसा निगरानी सञ्जाल नेपालगन्ज उपमहानगरपालिकाका संयोजक केशब कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले महिला अधिकार स्थापित गर्नका लागि सामुहिक एकता र अभियानको खा“चो रहेकोमा जोड दिएका थिए । उनीहरुले महिलाहरुले निर्वाह गरिरहेको दायित्वलाई अर्थपुर्ण रुपमा लिनुपर्ने धारणा राखेका थिए । कार्यक्रममा प्रमुख अतिथि तथा लुम्बिनी प्रदेशका सांसद मिना श्रेष्ठले अहिले पनि महिला हिंसाका घटना घटिरहेको हुँदा सबै सचेत दिदि वहिनीहरु...
नेरेसो पुरैनी उपशाखाको आयोजनामा ४ महिला सहित २४ द्वारा रक्तदान

नेरेसो पुरैनी उपशाखाको आयोजनामा ४ महिला सहित २४ द्वारा रक्तदान

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २५ फागुन – बाँकेको नेपाल रेडक्रस सोसाइटी पुरैनी उपशाखाको आयोजनामा फाल्गुन २३ गते शुक्रवार ४ महिला सहित २४ जनाले रक्तदान गरेका छन् । नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–१९ र २२ वडा कार्यालयको सहयोगमा आयोजित रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पुरैनी उपशाखाका सभापति शिवकुमार वर्माद्वारा सञ्चालित, नेरेसो पुरैनी उपशाखाका निर्वतमान सभापति फन बहादुर गुरुङ्गको अध्यक्षतामा, गैर सरकारी संस्था नेपाल बाँकेका अध्यक्ष तथा कार्यक्रमका प्रमुख आतिथि नमस्कार शाह पानसमा दीप प्रज्वलितका साथै रगत संकलन गर्ने पाकेट प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मीलाई हस्तान्तरण गर्नुका साथै ब्यानर वाचन गरी रक्तदान कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–२२ स्थित नेपाल रेडक्रस सोसाइटी पुरैनी उपशाखाको प्राङ्गणमा आयोजित रक्तदान कार्यक्रममा युवा घरका ...
परिक्रमामा धार्मिक तथा सांस्कृतिक आदान–प्रदान

परिक्रमामा धार्मिक तथा सांस्कृतिक आदान–प्रदान

आस्था, धार्मिक, प्रदेश २, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
धनुषाधाम, २५ फागुन – नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपालको संयुक्त आयोजनामा मिथिला मध्यमा परिक्रमा अन्तर्गत श्रद्धालु भक्तजन, साधु–सन्त तथा सम्पूर्ण यात्रुहरूको स्वास्थ्य र सुविधालाई ध्यानमा राख्दै हेल्पडेस्क सञ्चालन गरिएको छ। कार्यक्रम संयोजक दिपक यादवका अनुसार धनुषा जिल्लाको ऐतिहासिक तथा पौराणिक महत्व बोकेको धनुषाधाम, जहाँ भगवान रामचन्द्रद्वारा सीता स्वयंवरका बेला तोडिएको शिवजीको धनुषको एक टुक्रा अहिले पनि जिवन्त रहेको मान्यता छ, त्यही स्थानमा परिक्रमाको नवौं दिन साधु–सन्तहरूको बास हुने भएकाले हेल्पडेस्क सञ्चालन गरिएको हो। मिथिला मध्यमा परिक्रमा ठेरा कचुरी (धनुषा) बाट सुरु भई भारतको कल्याणेश्वर गिरिजास्थान हुँदै महोत्तरी जिल्लाका पाँच स्थानमा बास बस्दै पुनः धनुषा प्रवेश गरेको छ। आइतबार सतोषर, सोमबार औरही तथा हौसाहामा बास बसेपछि पुनः कल्याणेश्वर महादेवको दर्शन गर्...
सन्दर्भः अन्तर्राष्ट्रिय नारी दिवस २०२५

सन्दर्भः अन्तर्राष्ट्रिय नारी दिवस २०२५

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
विमला. ज्ञवाली मितिः २०८१ फागुन २५ गते, आईतबार २०८१ सालमा “कार्यहरुलाई गति दिउँ -Accelerate Action for gender equality_” भन्ने नाराका साथ अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै छ । महिलाहरुको शिक्षा, रोजगारी र नेतृत्व क्षमता विकास र अवसरका लागी स्थानिय सरकारले समतामूलक रणनीति बनाइनु पर्ने, सकारत्मक बिभेदको अवधारणा अवलम्बन गर्नु पर्ने जस्ता कुरालाई यो नाराले सम्बोधन गर्न खोजेको देखिन्छ । लैङ्गिक समानताका कार्यहरुलाई गतिदिन, नेपालको ग्रामिण क्षेत्रमा महिला प्रधानाध्यापकको महत्व अत्यन्त महत्वपूर्ण छ । महिला प्रधानाध्यापकले विद्यालयको कुशलतापूर्वक संचालनमा मात्रै नभई शिक्षा र समुदायको विकासमा पनि महत्वपूर्ण भूमिका निभाउँछन । सामाजिक परिवर्तन र समानताः महिला प्रधानाध्यापकको उपस्थितिले गाउँका महिलाहरुलाई प्रोत्साहन दिन्छ । छोरीहरुलाई सपना दिन्छ । छोराहरुलाई सभ्य समाज दिन्छ । उनीहरुलाई नेत...
बाँके प्याब्सनको पहलमा गणित शिक्षकलाई एक दिने तालिम सम्पन्न

बाँके प्याब्सनको पहलमा गणित शिक्षकलाई एक दिने तालिम सम्पन्न

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, २० फागुन – बाँके जिल्ला निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) को पहलमा रिडमोर पब्लिकेशन, काठमाडौंको आयोजनामा एक दिने गणित शिक्षक तालिम सम्पन्न भएको छ । उक्त तालिममा ८० भन्दा बढी गणित शिक्षकहरूको सहभागिता रहेको थियो । तालिमका मुख्य प्रशिक्षक डि.आर. सिमखडाले नवीनतम शिक्षण प्रविधि, गणित शिक्षणका प्रभावकारी तरिका, तथा पाठ्यक्रम अनुरूप अध्यापनका विधिहरू विषयमा प्रशिक्षण प्रदान गर्नुभयो । तालिमको उद्घाटन प्याब्सन बाँके जिल्ला अध्यक्ष विकास बज्राचार्यले गर्नुभएको थियो । कार्यक्रममा प्याब्सन नगर अध्यक्ष मानबहादुर थापा, प्याब्सन नगर उपाध्यक्ष हेमन्तराज काफले, प्याब्सन जिल्ला सहसचिव गणेश आचार्य लगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन प्याब्सन जिल्ला सचिव लक्ष्मणबहादुर सिंहले गर्नुभएको थियो । स्वागत मन्तव्य राख्दै प्याब्सन नगर अध्यक्ष मानबहादुर थापाले गणि...
क्रियटिभ चिल्ड्रेन होम मन्टेश्वरीद्वारा अभिभावक र बालबालिका वीच विभिन्न खेल

क्रियटिभ चिल्ड्रेन होम मन्टेश्वरीद्वारा अभिभावक र बालबालिका वीच विभिन्न खेल

आस्था, कला/साहित्य, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २० फागुन – क्रियटिभ चिल्ड्रेन होम मन्टेश्वरीले “सिकाईको लागि स्वास्थ शरीर, स्वस्थ शरीरको लागि खेल” भन्ने मूल नाराका साथ अभिभावक र बालबालिकाहरु वीच खेलकुदको आयोजना गरेको छ । नेपालगन्ज–१२ बेलासपुर स्थित क्रियटिभ चिल्ड्रेन होम मन्टेश्वरीले उक्त खेलको पहिलो संस्करण सम्पन्न गरेको हो । सो पूर्व प्राथमिक विद्यालयले आफ्ना बालबालिकाहरुको सर्वाङ्गिण विकासका लागि विभिन्न रोचक र रचनात्मक कार्यक्रम गर्दै आए तापनि अभिभावक र बालबालिकालाई संगै सहभागी गराएर एउटै खेलमा खेलाएको बाँके जिल्ला मै पहिलो पटक भएको विद्यालयका प्रिन्सिपल खिमा थापाले बताउनु भयो । वर्तमान अवस्थामा अभिभावकहरुको व्यस्त समय, विभिन्न विद्युतीय मनोरञ्जन, सामाजिक सञ्जाल लगायतका उपकरणहरुको प्रयोगमा अभ्यस्थ हुने भएकोले बालबालिकाको शारीरिक विकास, वौद्धिक विकास, सामाजिक विकास र भावनात्मक विकास र संवेगात्मक विकासहरूलाई प्रत्...
वडा नं. १८ मा ५० लाख लागतमा कालाेपत्रे सडक निर्माण कार्य शुरू

वडा नं. १८ मा ५० लाख लागतमा कालाेपत्रे सडक निर्माण कार्य शुरू

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १९ फागुन - नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ का वडा अध्यक्ष दिपककुमार बर्माले विकास निर्माण कार्यलाई विगत वर्ष झै यस वर्ष पनि तिब्रता दिंदै एकपछि अर्काे शिलान्यास गरेका छन् । आज साेमबार नेपालगन्ज वडा नं. १८ बर्दिया बाईपास बिशालचौकदेखि बनियागाँव सडक खण्ड अन्तर्गत रु. ५० लाखको लागतमा २०० मीटर लम्बाई ६:५० मी सब बेस चौडाई तथा ५:५० मीटर चौडाइ भएको अस्फाल्ट कालोपत्रे सडकको निर्माण शुरु गरेका छन् । आजबाट निर्माण कार्य शुरू गरिएकाे उक्त सडकको शिलान्यास टोल बिकास समितिका अध्यक्ष तथा जेष्ठ नागरिक टीकाराम कँडेलबाट गराईएकाे जानकारी गराउँदै वडा अध्यक्ष बर्माले- उक्त निर्माण कार्य पौष मसान्तसम्म सम्पन्न हुने गरी ठेकेदार कम्पनीसँग सम्झाैता गरिएकाे बताउनु भयाे । अध्यक्ष बर्माकाे वार्डमा एक हप्ता भित्र कालोपत्रे सडकको यो दोश्रो शिलान्यास हो । यस अगावै ७० लाखकाे लागतमा निर्...