Monday, March 17सत्यम खबर
Shadow

द ह्युमन लव च्यारिटी/फण्डद्वारा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

दिपेन्द्र चौधरी सहनी

पर्सा धोबनी, ३ फागुन – द ह्युमन लव च्यारिटी /फण्डको आयोजनामा सामुदायिक माध्यमिक विद्यालयहरू बीच माध्यमिक तह स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

 

कार्यक्रम संस्थाका सदस्य म.रेयाज हुसैनको सभाध्यक्षतामा तथा धोबिनी गाउँपालिका अध्यक्ष मदन चौहान एवं वडा नं.-५ का वडा अध्यक्ष मनौवर अहमदको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

प्रतियोगितामा धोबिनी गाउँपालिकाका तीन वटा विद्यालयका समुहहरूले भाग लिएका थिए । जस मध्ये कडा प्रतिस्पर्धाका बीच धोबिनी-५ स्थित श्री अजिज मियाँ मा.वि प्रथम स्थान हासिल गरेको थियो।

 

त्यसैगरी धोबिनी-१ भिखमपुरको श्री नेपाल राष्ट्रिय मा.वि दोस्रो स्थान हासिल गरेको थियो भने धोबिनी-४ लंगडीको श्री काली प्रसाद लाखे मा.वि तेस्रो स्थानमा रहेको थियो।

विजेता टोलीहरूलाई मेडल पुरस्कारका साथै प्रमाणपत्र प्रदान गरिएको थियो ।

सो क्रममा प्रमुख अतिथि मदन चौहानले आफ्नो सम्बोधनमा यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूको समग्र विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै द ह्युमन लव च्यारिटी/फण्डको प्रयासलाई प्रशंसा गरे। उनले वडा तथा गाउँपालिकाबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।

धोबिनी गाउँपालिका-५ का वडा अध्यक्ष मनौवर अहमदले प्रतियोगिताको उद्देश्य बारे प्रकाश पारेका थिए ।

 

कार्यक्रममा ईलाका प्रहरी कार्यालय लंगडीका प्रहरी निरीक्षक जय किशोर साह, श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय भिखमपुरका शिक्षक रमेश पंडित,श्री काली प्रसाद लाखे मा.वि का शिक्षक अभिनन्दन गुता,श्री अजिज मियाँ मा.विका सहायक प्रधानाध्यापक हिरालाल साह कानु,मुफ्ती जहुर अहमद, मुफ्ती सफिक अंसारी, मिन्टु साह, सीईई २०८१ विशेष तयारी गराउने ताहिर अँसारी, तैयब अँसारी, निरज पटेल, संस्थाका सदस्य विकास कुमार, अजय पटेल, मुस्ताक अंसारी, परबेज अंसारी तथा गढीमाई मिडिया न्युज प्रा.लिका सँचारकर्मीको उपस्तिथि रहेको थियो।

कार्यक्रमको संचालन संस्थाका सदस्य खालिद अँसारीले गरेका थिए। यो प्रतियोगिता विद्यार्थीहरूको ज्ञान, तार्किक क्षमता र प्रतिस्पर्धात्मक भावना अभिवृद्धि गर्न महत्वपूर्ण रहेको  संस्थाका अध्यक्ष एजाज अंसारीले जनाए । द ह्युमन लभ च्यारिटी/फण्डको सहयोगमा धोबिनी गाउँपालिकामा रहेका कक्षा १० को सीईई २०८१ को तयारी गरिरहेका विपन्न वर्गका बालबालिकाहरुका लागि नि:शुल्क तयारी कक्षा संचाल भएको छ।

 

उक्त कक्षामा गणित, अंग्रेजी र विज्ञानको पढाइ हुनेछ । कक्षा संचालन श्री अजिज मियाँ मा.विको भवनमा हुनेछ । यस अघि यस संस्थाकै सहयोगमा बिरगंजमा पनि नि:शुल्क कक्षा संचाल हुँदै आएको यस संस्था अध्यक्ष अंसारीले बताए । यस्तै आगामी दिनमा पनि यस्तै कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता संस्थाले  व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *