
नेपालगन्ज, २० फागुन – बाँके जिल्ला निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) को पहलमा रिडमोर पब्लिकेशन, काठमाडौंको आयोजनामा एक दिने गणित शिक्षक तालिम सम्पन्न भएको छ । उक्त तालिममा ८० भन्दा बढी गणित शिक्षकहरूको सहभागिता रहेको थियो ।
तालिमका मुख्य प्रशिक्षक डि.आर. सिमखडाले नवीनतम शिक्षण प्रविधि, गणित शिक्षणका प्रभावकारी तरिका, तथा पाठ्यक्रम अनुरूप अध्यापनका विधिहरू विषयमा प्रशिक्षण प्रदान गर्नुभयो ।
तालिमको उद्घाटन प्याब्सन बाँके जिल्ला अध्यक्ष विकास बज्राचार्यले गर्नुभएको थियो । कार्यक्रममा प्याब्सन नगर अध्यक्ष मानबहादुर थापा, प्याब्सन नगर उपाध्यक्ष हेमन्तराज काफले, प्याब्सन जिल्ला सहसचिव गणेश आचार्य लगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन प्याब्सन जिल्ला सचिव लक्ष्मणबहादुर सिंहले गर्नुभएको थियो ।
स्वागत मन्तव्य राख्दै प्याब्सन नगर अध्यक्ष मानबहादुर थापाले गणित शिक्षाको गुणस्तर सुधार गर्न तालिमको आवश्यकता अपरिहार्य रहेको बताउनुभयो । प्राय विद्यालयहरुको गणित विषयको नतिजा कमजोर रहेको बताउ“दै, शिक्षकमैत्री तालिमहरू नियमित रूपमा सञ्चालन गरिने बताउनुभयो ।
तालिम समापन गर्दै प्याब्सन बाँके जिल्ला अध्यक्ष विकास बज्राचार्यले शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि यस्ता तालिमहरू निरन्तर सञ्चालन गरिने प्रतिबद्धता जनाउनुभयो ।