नेपालगन्जमा नमुना युवा नगरसभा अभ्यास कार्यक्रम
नेपालगन्ज, ११ चैत – नेपालगन्जमा ३ दिने नमुना युवा नगरसभा अभ्यास कार्यक्रम सोमवारदेखि सुरु भएको छ । नेपालगन्ज उपमहानगरपालिका स्तरिय युवा क्लव संजाल बाँकेको आयोजनामा ३ दिने नमुना युवा नगरसभा अभ्यास कार्यक्रम सुरु भएको हो ।
नेपालगन्ज उपमहानगरपालिका, एसडिएफ बाँके, सगरमाथा ई.बो. स्कूल कारकाँदो, राजा खान, नेपाल ज्वैलर्स लगायतको सहकार्य र सहयोगमा सोमवारदेखि सुरु भएको कार्यक्रम बुधवारसम्म चल्ने आयोजकले जनाएको छ ।
उद्घाटन सत्र कार्यक्रमको पहिलो सत्र सगरमाथा गन्तव्य राष्ट्रिय दैनिक तथा सगरमाथा गन्तव्य डटकमका प्रकाशक प्रधान÷सम्पादक तथा सगरमाथा ई.बो. स्कूलका फाउन्डर कृष्णबहादुर जिसीले युवा नेतृत्वमा हुनुपर्ने गुण, अनुसाशन, लगनशिलता, प्रेरणादायी, मुल्याङकन, आत्मबल लगायतका विषयमा युवाहरुलाई प्रशिक्षण दिनुभएको थियो ।
यस्तै कार्यक्रममा नेपालमा नमुना युवा संसदको अवधारणा र अभ्यासबारे बाल अध...









