
विमला. ज्ञवाली
मितिः २०८१ फागुन २५ गते, आईतबार
२०८१ सालमा “कार्यहरुलाई गति दिउँ -Accelerate Action for gender equality_” भन्ने नाराका साथ अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै छ । महिलाहरुको शिक्षा, रोजगारी र नेतृत्व क्षमता विकास र अवसरका लागी स्थानिय सरकारले समतामूलक रणनीति बनाइनु पर्ने, सकारत्मक बिभेदको अवधारणा अवलम्बन गर्नु पर्ने जस्ता कुरालाई यो नाराले सम्बोधन गर्न खोजेको देखिन्छ ।
लैङ्गिक समानताका कार्यहरुलाई गतिदिन, नेपालको ग्रामिण क्षेत्रमा महिला प्रधानाध्यापकको महत्व अत्यन्त महत्वपूर्ण छ । महिला प्रधानाध्यापकले विद्यालयको कुशलतापूर्वक संचालनमा मात्रै नभई शिक्षा र समुदायको विकासमा पनि महत्वपूर्ण भूमिका निभाउँछन ।
सामाजिक परिवर्तन र समानताः महिला प्रधानाध्यापकको उपस्थितिले गाउँका महिलाहरुलाई प्रोत्साहन दिन्छ । छोरीहरुलाई सपना दिन्छ । छोराहरुलाई सभ्य समाज दिन्छ । उनीहरुलाई नेतृत्वको भूमिकामा अवसर देखाउँछन् । यसले समानता र सामाजिक परिवर्तनको प्रवदर््धन गर्न सहयोग पुराउँछ ।
शिक्षा र प्रेरणाः महिला प्रधानाध्यापकले विद्यालयका छात्रा र महिलालाई विशेष प्रेरणा दिन सक्छन् । उनीहरुको नेतृत्व र कडा परिश्रमले विद्यार्थीहरुलाई शिक्षा प्राप्त गर्नको महत्व बुझाउँछ ।
समुदायमा विश्वासको निर्माणः महिला प्रधानाध्यापकले समुदायमा विश्वास र समर्थनको वातावरण सिर्जना गर्न सक्छन् । यसले समुदायका अभिभावक र शिक्षकहरुलाई एकजुट बनाउँछ र विद्यालयको विकासमा महत्वपूर्ण भूमिका खेल्छ ।
संचार र सहकार्यः महिला प्रधानाध्यापकहरुले नरम र सरल भाषाका साथै सहकार्यको माध्यमबाट विद्यालय ब्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, विद्यालयका शिक्षक, कर्मचारी, अभिभावक र विधार्थीहरुसँग राम्रो संचार र सम्मानका साथ सहकार्य गरी विद्यालयको समग्र वातावरणलाई सुधार्न मद्दत गर्न सक्छन् ।
नयाँ दृष्टिकोण र विचारः महिला प्रधानाध्यापकले विद्यालयमा नयाँ दृष्टिकोण र विचार ल्याउन सक्छन् । महिला शिक्षकको नेतृत्वले नयाँ सोंच र विचारको सम्भावनालाई प्रोत्साहित गर्न सक्छ ।
नारी सशक्तिकरणः महिला प्रधानाध्यापकको नेतृत्वले नारी सशक्तिकरणको सन्देश ग्रामिण क्षेत्रमा पुर्याउँछ र महिलाहरुको शैक्षिक क्षेत्रमा थप अवसरको निर्माण गर्छ ।नारी आत्मनिर्भर हुनका लागि शिक्षा अत्यावश्यक छ भन्ने कुरालाई जोड दिदै नेतृत्व र निति निर्माणको तहसम्म महिलाको पहुँच सुनिश्चित गराउन मद्दत गर्छ ।
वित्तीय व्यवस्थापनको प्रभावकारिताः विद्यालयमा महिला नेतृत्वले नेपालका ग्रामीण क्षेत्रका विद्यालयका सीमित बजेटको अधिकतम प्रयोग गर्न व्ययको दक्ष व्यवस्थापन, दैनिक खर्चको नियमित निगरानी, आवश्यकता मूल्याङ्कन र प्राथमिकता निर्धारण, स्रोत जुटाउनमा सृजनात्मकता, संवेदनशीलता र पारदर्शिता, समुदायसँगको सहकार्य र समन्वयको मध्यामबाट सकारात्मक योगदान पुर्याउँन सक्छन् ।
हामीले आज उठाउने हरेक प्रगतिशिल यी आवाजहरु भोली हाम्रा छारीहरुको लागी गोरेटा हुन् ।
अन्तर्राष्ट्रिय नारी दिवसको हार्दिक शुभकामना । नमस्कार ।