Wednesday, March 12सत्यम खबर
Shadow

क्रियटिभ चिल्ड्रेन होम मन्टेश्वरीद्वारा अभिभावक र बालबालिका वीच विभिन्न खेल

नेपालगन्ज, २० फागुन – क्रियटिभ चिल्ड्रेन होम मन्टेश्वरीले “सिकाईको लागि स्वास्थ शरीर, स्वस्थ शरीरको लागि खेल” भन्ने मूल नाराका साथ अभिभावक र बालबालिकाहरु वीच खेलकुदको आयोजना गरेको छ । नेपालगन्ज–१२ बेलासपुर स्थित क्रियटिभ चिल्ड्रेन होम मन्टेश्वरीले उक्त खेलको पहिलो संस्करण सम्पन्न गरेको हो ।

सो पूर्व प्राथमिक विद्यालयले आफ्ना बालबालिकाहरुको सर्वाङ्गिण विकासका लागि विभिन्न रोचक र रचनात्मक कार्यक्रम गर्दै आए तापनि अभिभावक र बालबालिकालाई संगै सहभागी गराएर एउटै खेलमा खेलाएको बाँके जिल्ला मै पहिलो पटक भएको विद्यालयका प्रिन्सिपल खिमा थापाले बताउनु भयो ।

वर्तमान अवस्थामा अभिभावकहरुको व्यस्त समय, विभिन्न विद्युतीय मनोरञ्जन, सामाजिक सञ्जाल लगायतका उपकरणहरुको प्रयोगमा अभ्यस्थ हुने भएकोले बालबालिकाको शारीरिक विकास, वौद्धिक विकास, सामाजिक विकास र भावनात्मक विकास र संवेगात्मक विकासहरूलाई प्रत्येक्ष रुपमा पारेको नकारात्मक असरलाई न्यूनीकरण गर्न यस किसिमका खेलले सतप्रतिशत टेवा पुर्याउने जिकीर प्रिन्सिपल थापाले गर्नु भयो ।

मन्टेश्वरी एशोसिएसन बाँकेका सचिव समेत रहनु भएका क्रियटिभ चिल्ड्रेन होम मन्टेश्वरीका संस्थापक प्रिन्सीपल खिमा थापाले पहिलेको जमानामा आमा बावु संगै बारीमा खेल्दै सिक्दै गर्ने गरेको अवस्था अहिले सम्भव नभएकोले समयको माग अनुसार यस्तो खालको खेलको आयोजना गरिएको बताउनु भयोे ।
अभिभावक र विद्यार्थीहरू समेत करीब दुई सय जनाले भाग लिएको उक्त प्रतियोगात्मक खेलमा दौड, ड्रेसिङ दौड, बेलुन फुलाउने, बेलुन फुटाउने, क्रियटिभिटी क्राफ्ट जस्ता खेलहरु समावेश गरिएको थियो । खेल खेल्नु अघि अभिभावकहरुले अप्ठ्यारो महसुस गरेको भएतापनि खेलमा सहभागी भए पश्चात् फुर्तिलो महसुस र उत्साहित भएको, रमाइलो भएको र आफ्नो बालापनको स्मरण भएको प्रतिक्रिया दिएका थिए ।

उक्त प्रतियोगितात्मक खेलमा अभिभावक र बालबालिका सहित दौडमा सम्मान के.सी. प्रथम, किसन चौधरी द्वितीय र सभित के.सी. तृतीय भएका थिए भने डूेसिङ दौडमा एनोल बुढा प्रथम, समृद्धि थापा द्वितीय र आभा पौडेल तृतीय भएका थिए ।

त्यसैगरी बेलुन कलेक्ट खेलमा आयान्स पौडेल प्रथम, दीक्षा बुढाथोकी द्वितीय र श्रीयन्सी घिमिरे तृतीय भए, बेलुन बलास्ट खेलमा आनभी के.सी. प्रथम, अभिसा पौडेल, समृद्धि के.सी. द्वितीय र आश्रिया पाण्डे तृतीय भएका थिए भने क्रियटिभिटि दौडमा रोशनी मल्ल प्रथम, थान्भी पाण्डे द्वितीय र दिप्सा जोशी तृतीय भएको आयोजकले जनाएको छ ।

अभिभावक म्युजिकल चियर प्रतियोगितामा शिवराज स्वर्णकार प्रथम, पहल के.सी. द्वितीय र धनमाया बि.क. तृतीय भएका थिए भने बालबालिहरुको म्युजिकल चियरमा प्रनिश धामी प्रथम, समृद्धि चन्द द्वितीय र अर्पन बि.क. तृतीय भएका थिए ।

उल्लेखनीय छ, क्रियटिभ चिल्डेून होम मन्टेश्वरीले यसअघि पनि शैक्षिक सामाग्री तथा प्रयोग विधि प्रदर्शनी, बालबालिकाहरुको सर्वाङ्गिण विकासका लागि शैक्षिक सिकाई, क्रियाकलाप र मन्टेश्वरी विधि प्रस्तुत गरी अभिभावकहरुलाई जानकारी गराउने लगायतका रचनात्मक कार्यक्रमहरु तथा पठन पाठनका विभिन्न अतिरिक्त क्रियाकलाप र खेलकुद लगायतका गतिविधिहरु सञ्चालन गर्दै आएको छ ।

मन्टेश्वरी स्कुल, अभिभावक र बालवालिका वीचको सम्बन्ध सकारात्मक र प्रभावकारी बनाउने, प्रारम्भिक बाल विकास पाठ्यक्रममा आधारित विषयवस्तु अन्तर्गतको सिकाई, सामाग्री व्यवस्थापन र सिकाई विधि प्रस्तुत गरी पुस्तक बिना पनि सिक्न सकिने अभ्यास पनि सम्भव छ भन्ने कुरा संस्थापक प्रिन्सीपल खिमा थापाले बताउनु भयो ।

सिकाईको अर्को पाटो स्थानीय कच्चा पदार्थ र खेर गएका काम नलाग्ने सामाग्री प्रयोग गरेर हस्त निर्मित सुन्दर तथा आकर्षक शैक्षिक सामाग्री तयार गर्न सकिन्छ भन्ने उदाहरण प्रदर्शनी मार्फत् अभिभावक र बालवालिकाहरुलाई पनि सचेत गराउने पनि प्रदर्शनीको पनि बेलाबेलामा आयोजना गर्दै आएको क्रियटिभ चिल्डे«न होम मन्टेश्वरीका संस्थापक प्रिन्सीपल खिमा थापाले बताउनु भयो ।

२०७२ सालमा स्थापित क्रियटिभ चिल्डे«न होम मन्टेश्वरीले यस किसिमको अतिरिक्त क्रियाकलापहरु गर्दै आएको र शैक्षिक सामाग्रीहरु स्कुलको नियमित पठन पाठनमा यही विधि अनुसार दिगो सिकाईको लागि सिकाई गराउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *