
नेपालगन्ज, २५ फागुन – महिला अधिकारका क्षेत्रमा काम गर्नेहरु नेपालगन्जमा एकजुट भएर ११५ औ अन्तर्राष्ट्रिय नारी दिवस मनाएका छन् । दिवसका अवसरमा नेपालगन्ज उपमहानगरपालिकाबाट सुरु भएको ¥याली विपिचोक, धम्बोजि चोक, सेतुविक चोक, न्युरोड, त्रिभुवन चोक ह“ुदै पुनः नेपालगन्ज उपमहानगरपालिका पुगी कार्यक्रममा परिणत भएको थियो ।
आयोजक मूल समारोह समिति एवं नगर स्तरीय लैङ्गिक हिंसा निगरानी सञ्जाल नेपालगन्ज उपमहानगरपालिकाका संयोजक केशब कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले महिला अधिकार स्थापित गर्नका लागि सामुहिक एकता र अभियानको खा“चो रहेकोमा जोड दिएका थिए । उनीहरुले महिलाहरुले निर्वाह गरिरहेको दायित्वलाई अर्थपुर्ण रुपमा लिनुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि तथा लुम्बिनी प्रदेशका सांसद मिना श्रेष्ठले अहिले पनि महिला हिंसाका घटना घटिरहेको हुँदा सबै सचेत दिदि वहिनीहरुले प्रभावकारी भुमिका निभाउनु पर्ने बताउनुभयो । महिला अधिकारका लागि आफूले पनि निरन्तर संघर्ष गरिरहेको बताउ“दै उहा“ले महिलाका नाममा निकाशा हुने बजेटमा चासो दिन पनि आग्रह गर्नुभयो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक तुलबहादुर कार्कीले महिला अधिकारका बिषयमा प्रकाश पार्दे ट्राफिक नियमको पनि पालना गर्नुपर्ने धारणा राख्नु भएको थियो । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्जका प्रमुख द्धारिक अधिकारीले महिला आन्दोलनले स्थापित भएको महिला अधिकारलाई अब व्यवहारिक बनाउन जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरीले महिलाहरुको हकहितका लागि सञ्चार क्षेत्रबाट निरन्तर भुमिका निर्वाह भइरहेको र आगामि दिनमा पनि निरन्तर लागि पर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो । कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका न्यायिक समितिका सदस्य रुमिता श्रेष्ठ र नेपालगन्ज उपमहानगरपालिका कार्यपालिका सदस्य संगिता रेग्मी लगायतले बोल्नु भएको थियो । कार्यक्रममा उद्योगी, पत्रकार र सामाजिक अभियान्ता गरी ६ जना महिलाहरुलाई सम्मान समेत गरिएको छ । सम्मानित हुनेहरुमा महिला उद्यमितर्फ आशा शार्की, लक्ष्मी बम र नानीमाया पुरी रहनु भएको छ । यसैगरी क्रियाशिल पत्रकार महिलातर्फ साबित्री गिरी र रुपा गहतराज सम्मानित हुनु भएको छ भने सामाजिक अभियान्तातर्फ शाहिदा बानो सम्मानित हुनु भएको छ । यस पटकको नारी दिवसको नारा “सबै महिला तथा बालिकाको लागि अधिकार, समानता र सशक्तीकरण” भन्ने रहेको छ ।
कार्यक्रममा स्वागत मन्तब्य नेपालगन्ज उपमहानगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख पवित्राकुमारी पुरीले दिनुभएको थियो भने कार्यक्रम सञ्चालन अधिकारकर्मी निर्मला पौडलले गर्नुभएको थियो । कार्यक्रममा २ सय भन्दा धेरैको सहभागिता रहेकोे थियो ।
दिवसको पुर्वसन्ध्यामा नेपालगन्जमा अन्य कार्यक्रमहरु पनि भएका थिए । जस अन्तर्गत दिवसको अवसरमा नगरस्तरीय बाल क्लव सन्जालका पदाधिकारीलाई ३ दिने स्थानीय बालमैत्री कार्यक्रम सम्बन्धी तालिम सञ्चालन गरिएको थियो । ग्रामिण क्षेत्रमा महिला पुरुष समविकास तालिम ३ दिने सञ्चालन र कृपा हस्पिटल र सामुदायिक प्रहरी सेवा व्यवस्थापन केन्द्रको आयोजनामा कृपा हस्पिटलमा विपन्न अवस्थाका महिलाहरुको निशुल्क पाठेघरको क्यान्सर परिक्षण कार्यक्रम गरिएको नेपालगन्ज उपमहानगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख पवित्राकुमारी पुरीले बताउनुभयो ।