एक दिवसीय योग शिविर तथा कल्पवृक्ष रोपण कार्यक्रम भव्य रूपमा सम्पन्न
नेपालगन्ज, १७ जेष्ठ — पतञ्जलि योग समिति बाँके नगर समितिको आयोजनामा तथा वडा नम्बर १९ स्थित श्री बाबा विश्वनाथ मन्दिर प्राङ्गणमा एक दिवसीय योग विज्ञान शिविर एवं वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । सो योग सिबिर कर्यक्रमको सञ्चालन वसन्त लामिछानेले गरेका थिए ।
कार्यक्रमको विशेष आकर्षणको रूपमा, हरित अभियानका अभियन्ता तथा हरित अध्यता हेमन्तराज काफ्लेले मन्दिर परिसरमा कल्पवृक्ष (बाओबाब) को बिरुवा रोपेर पर्यावरण संरक्षणको सन्देश दिएका थिए ।
यो कल्प वृक्षको बीउ जर्मनीमा रहेको साधना अधिकारी रानाले हेमन्तलाई दिएको र बिरुवा बनाई बलबहादुर केसि जिले उपहार दिएको उहाँले गमलामा हुर्काउनु भएको थियो र आज लगभग एक वर्ष पछि मन्दिरमा लगाईयो ।
शिविरमा सहभागी श्रद्धालु, समाजसेवी तथा स्थानीय जनप्रतिनिधिहरूलाई सम्मान गर्दै धार्मिक होमन पुष्कर आचार्य गुरुले सम्पन्न गर्नु भएको थियो । हेमन्त काफ्लेले ...









