
नेपालगन्ज, ८ जेष्ठ – नेपालगन्जकी मोनिका कठायत फिलिपिन्सको राजधानी मनिलामा सम्पन्न भएको “Little & Teen GLAM PAGEANT 2025” को बिजेता भएकी छन् ।
आज नेपालगन्ज एयरपोर्टमा उनलाई स्वागत गर्न मास नै पुगेको देखिन्थ्यो । नेपालगन्ज एयरपोर्टमा आफ्नो सानो भनाई राख्दै मोनिका कठायतले– विभिन्न देशका ३३ जना प्रतिस्पर्धीहरुलाई पछाडी पार्दै प्रतियोगिता विजयी भएकोमा खुशी रहेको बताईन । उनले– ‘आफूले आफ्नो देशको नामका साथै बाँके जिल्लाको नाम समेत रोशन गरेको खुशी व्यक्त गरिन ।’
यसैगरी उनकी आमा जो छोरी मोनिकासँगै फिलिपिन्स पुगेकी थिईन । उनले छोरीले गरेको परिश्रमको उच्च सम्मान गर्दै आफू धेरै खुशी रहेको भनाई राखिन ।
करीब १ साता अगाडी मात्र नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त बिष्टले फुलमाला, खातासहित मोनिकालाई अग्रीम बधाई साथ प्रतिस्पर्धाको लागि फिलिपिन्स तर्फ बिदाई गरेका थिए । तर आज देशको नामसहित बाँके कै नाम उच्च गर्दा उनै उपमहानगर प्रमुख बिष्ट भने एयरपोर्ट तर्फ कतै देखिएका थिएन् ।
मोनिका कठायतलाई स्वागत गर्न पुगेका सामाजिक व्यक्तित्व प्रदीप शाहले खुशी व्यक्त गर्दै मोनिकाले अरु नानुहरुको लागि प्रेरणा बनिसकेको भनाई राख्दै आउने दिनमा उज्वल भविष्यको कामना गरेका छन् ।
मोनिका कठायतले फिलिपिन्सको राजधानी मोनिलामा मे २४ देखि २९ सम्म सम्पन्न भएको प्रतियोगिताको लागि नेपालबाट छनौट भएकी थिईन । नेपालबाट उनीसंगै अन्य तीन जना पनि छनौटमा परेका थिए । तर, नेपालगन्जबाट भने उनी एक्ली प्रतिस्पर्धी रहेकी थिईन् । मोनिका आदर्श माध्यमिक विद्यालय सुर्खेतरोडमा कक्षा ७ मा अध्ययनरत छिन् ।