पत्रकार आचारसंहिता र हकहितको लागि प्रतिबद्ध छु : अध्यक्ष अधिकारी
नेपालगन्ज, ९ जेष्ठ – अनलाईन टिभी पत्रकार संघ नेपालका लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णराज अधिकारीले पत्रकार आचारसंहितालाई पुर्ण रुपमा कार्यान्वयन गर्नु आजको आवश्यकता मात्र नभई नीती नियम संगत पत्रकारिता गर्न सबैलाई आग्रह गर्नुभएको छ ।
अनलाईन टिभी पत्रकार संघ नेपाल लुम्बिनी प्रदेशको आज नेपालगन्जमा सम्पन्न पहिलो बैठकलाई सम्बोधन गर्दे अध्यक्ष अधिकारीले डिजिटल मिडियाको युगमा अनलाईन टेलीभिजन पत्रकारितामा आउनेलाई स्वागत गर्दे पत्रकारिताका सिद्धान्त अनुरुप मार्गदर्शन गर्न, काम गर्ने, अनलाईन पत्रकारिता विकासका लागि भुमिका निर्वाह गर्ने र पत्रकारिता गरिरहेका पत्रकारहरुका लागि सिप प्रदान गर्ने बताउनुभयो ।
उहाँले पत्रकार आचारसंहिता र पत्रकारको हकहितका लागि आफू सधै प्रतिबद्ध रहेको समेत बताउनु भएको छ । उहाँले भन्नुभयो ,“जवाफदेहीता र पारदर्शिताका लागि अनलाईन टेलीभिजनले प्रस्तुत गरिरहेको भाषा र शै...









