Thursday, June 12सत्यम खबर
Shadow

नेपाल जडिबुटी व्यवसायी संघकाे अध्यक्षमा पुनः टंकप्रसाद शर्मा चयन

नेपालगन्ज, ११ जेष्ठ – नेपाल जडिबुटी व्यवसायी संघ बाँकेको सम्पन्न २६ औ साधारण सभाले नयाँ नेतृत्वको चयन गरेको छ । प्रकृयागत निर्वाचनमा उपाध्यक्ष पदमा निर्वाचन भएता पनि बाँकीका सम्पूर्ण अध्यक्ष लगायतका कार्यसमिति निर्बिरोध निर्वाचित भएका छन् ।

जडीबुटी संघका निवर्तमान अध्यक्ष टंकप्रसाद शर्मालाई नै दोश्रो पटक पनि सर्वसम्मत संघको नेतृत्वमा चयन भएका छन् भने उपाध्यक्षमा मेराज अंसारी र अख्तर अलि हलवाई बिचको निर्वाचन प्रतिस्पर्धामा मेराज अंसारी निर्वाचित भएका छन ।

महासचिवमा भानुभक्त रिजाल, कोषाध्यक्षमा अफजाल अहमद अंसारी, कार्यसमिति सदस्यमा-मिना बोहरा सिद्दिकी, रेशमबहादुर खड्का, रसिद अहमद अंसारी, मो शादाब हलवाई, संतोष वर्मा, मो. यासिन अंसारी, मो.आजम हलवाई निर्बिरोध निर्वाचित भएका छन ।

सम्पन्न निर्वाचन लगत्तै निर्वाचनमा खटिएका निर्वाचन आयुक्त बिश्वजित तिवारीबाट नेपाल जडीबुटी संघको बिधानत: सपथ-प्रमाणपत्रका साथ आ-आफ्नो पदीय जिम्मेवारी वहन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *