प्लाष्टिक प्रदुषण न्युनीकरण गर्न आफैबाट अभियान शुरुवात गर्नुपर्नेमा जोड
नेपालगन्ज, २३ जेष्ठ – प्लाष्टिकजन्य पदार्थको प्रदुषण न्युनीकरणका लागि आफैबाट अभियान शुरुवात गर्नुपर्नेमा जोड दिइएको छ । प्लाष्टिक फोहोरले वातावरणलाई प्रत्यक्ष रुपमा असर पार्दै गएकाले यसको जोखिमबाट बच्नु पर्ने कुरामा जोड दिइएको छ ।
विश्व वातावरण दिवस २०८२ को अवसरमा नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जद्वारा आयोजित सरोकारवाला विचको अन्तत्र्रिmया कार्यक्रमका सहभागीले नगरबासीले आ–आफ्नो घरबाट प्लाष्टिकजन्य फोहोरको नियन्त्रणमा अभियान संचालन गर्नुपर्ने बताएका थिए ।
कार्यक्रममा वन तथा भुमिगत विज्ञ रमेश गौतम र वातावरण विज्ञ सरोजकुमार तामाङ्गले सो विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो । कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका विपद् व्यवस्थापन तथा वातावरण समिति संयोजक समिरप्रताप सिंहले नेपालगन्ज उपमहानगरले वातावरण संरक्षणमा जोड दिएको प्रदुषणको न्युनीक...









