
नेपालगन्ज, १६ जेष्ठ – “पासी जातिको सामाजिक अवस्था सम्बन्धि अन्तरक्रिया तथा रचना वाचन कार्यक्रम” नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–१ वडा कार्यालयमा आज शुक्रवार सम्पन्न भएको छ ।
१८औँ गणतन्त्र दिवसको उपलक्ष्यमा आयोजित नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–१ वडा कार्यालय र भेरी साहित्य समाज केन्द्रिय समितिको संयुक्त आयोजनामा आयोजित नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–१ का वडाध्यक्ष प्रमोद रिजालको अध्यक्षता, कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव तथा वरिष्ठ कथाकार सनत कुमार रेग्मी ब्यानर वाचनका साथै १८ वटा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।
नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–१ का वडाध्यक्ष प्रमोद रिजालले पासी समुदायको हासिलो मुस्कान हेर्न चाहन्छु, पासी समुदायको अवस्था के कस्तो रहेको छ म हर समय सहयोग गरी रहेको छु र सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्दछु ।
लेकप्रसाद प्याकुरेलद्वारा सञ्चालित कार्यक्रममा बाल कृष्ण शर्मा र डा. राज कुमार थारुले वडा नं.–१ मा रहेका पासीहरुको अध्ययनमा केन्द्रित भएकोले करीब २० घरधुरी भएका पासीहरुको अवस्था बारेमा तयार पारिका कार्य(पत्र बाल कृष्ण शर्माले पासी जाति बारे संक्षिप्त परिचय, खानपान, नियमित परिकार, मौसमी तरकारी, पासी समुदायका लोक परिकारका प्रमुख बिशेषताहरु, बसोबास, लोक संस्कार, बिवाह, बिवाहका बिधिबिधान, बिवाहगी, साजसज्जा गहना, होमविधि, मृत्युसंस्कार, चाडपर्व, चोखोनितो, अभिवादन, शिक्षा, लगायतका बिषयमा प्रस्तुत गर्नु भएको थियो । सो प्रस्तुत गरिएको कार्यपत्रमा माथि खजुरा प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.इन्द्रबहादुर भण्डारी, ईश्वरीप्रसाद रिजालले सुझाव दिएका थिए ।
प्रस्तुत गरिएको बिषयमा खासगरी पासी समुदायको शैक्षिक अवस्था हेर्दा निकै कमजोर स्थित रहेको छ । महिला र पुरुषबीच पनि विबिध कारणले विभिेद भएको देखिन्छ । वडा नं.–१ का पासी समुदायका करीब १० जना छात्रबृत्तिबाट कलेजमा अध्ययन गर्न पाएका छन् । स्थानीय जुनू पासी छात्रबृत्तिबाट अध्ययन गरी रहेको छिन् उनी खेलाडी पनि हुन । हामी जस्तै आर्थिक स्थित कमजोर भएकोले पढ्न सकी रहेका छैनन् स्थानीय सरकार र सम्बन्धित निकायले सहयोग गरी दिए भने उनीहरु पनि उच्च शिक्षा हासिल गर्ने छन् ।
कार्यक्रममा भेरी साहित्य समाज केन्द्रिय समितिका अध्यक्ष इन्द्रबहादुर बस्नेत स्वागत मन्तव्य ब्यक्त गर्नु भएको थियो । उक्त कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका पूर्व उपप्रमुख उमा थपामगर, मानवअधिकार एलाइन्सका केन्द्रिय सदस्य एवं लुम्बिनी प्रदेश इन्चार्ज प्रभात सिंह ठाकुरी, भेरी साहित्य समाज केन्द्रिय समितिका निर्वतमान अध्यक्ष हरिप्रसाद तिमिल्सिना, पासी समुदायका श्याममूरत पासी, माया पासी लगायतले आ–आप्mना बिचार राखेका थिए । सो कार्यक्रममा पुष्पमणि प्रधान, भरतबहादुर रानाभाट, चन्द्रवति अधिकारी, भारत दिल्ली निवासी सारा आकाश फाउन्डेसनकी अध्यक्ष वीणा वादिनी चौबे, हिरालाल शशस्वत लगायतले रचनावाचन गरेका थिए । कार्यक्रममा वडा नं.–१ का वडा सदस्य इन्द्रबहादुर राना, जगमोहन काँदू, कर्मचारी, पदाधिकारी, भेरी साहित्य समाज केन्द्रिय समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।