Sunday, June 28सत्यम खबर
Shadow

श्रम/रोजगार

राजकुमार रौनियारको संयोजकत्वमा खाद्यान्न बैंकको स्थापना

राजकुमार रौनियारको संयोजकत्वमा खाद्यान्न बैंकको स्थापना

CoVid19, अवधी, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ३० बैशाख – विश्व कोभिड–१९ कोरोना भाईरसको संक्रमणबाट आक्रान्त रहेको बेला नेपाल पनि अछुतो नरहेको कुरा सबैमा जानकारी भएको छ । त्यसमाथि विपदको समयमा मानवताप्रेमी कार्यमा सहयोगी मनकारी मनहरुले खुलेर सहयोग आदान–प्रदान गर्ने गरेका हुन्छन् ।यस्तै सहयोगी मनकारीहरुको रुपमा छुट्टै पहिचान बनाई सकेको नेपाल शिवसेनाले आज खाद्यान्न बैंकको स्थापना गरी मानवताप्रेमी कार्यका अग्रणी स्थान हासिल गरेको छ ।नेपाल शिवसेनाका केन्द्रिय अध्यक्ष राजकुमार रौनियारको संयोजकत्वमा रहेको खाद्यान्न बैंकमार्फत नेपालगन्ज उपमहानगरपालिका भित्र रहेका कम आयु भएको गरिब मजदुर वर्गका लागि खाद्यान्न सहयोग गरिने बताईएको छ । नेपाल शिवसेनाका केन्द्रिय कोषाध्यक्ष मदनराज शर्माका अनुसार यस कोभिड–१९ कोरोना भाईरसको महामारीमा महिनौ हुन लाग्दा मजदुरी गरी बसेकाहरुका लागि कोहीले कुनै पाईला नचाल्दा आफैबाट शुरुवात गरौं भनी आज केन्द...
अवधी भाषी पत्रकारलाई स्वास्थ्य सामाग्री वितरण गरिने

अवधी भाषी पत्रकारलाई स्वास्थ्य सामाग्री वितरण गरिने

CoVid19, अवधी, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ३० बैशाख – कोरोना भाइरस संक्रमण महामारीको दोस्रो लहरले चौतर्फी असर पारेको छ । कोभिड संक्रमणका बेला पत्रकारहरुलाई सुरक्षित तरिकाले रिपोटिङ्गका लागि अवधी पत्रकार संघ नेपालले स्वास्थ्य सामाग्री वितरण गर्ने भएको छ । बाँके जिल्लामा सक्रिय रुपमा कार्यरत अवधी भाषी पत्रकारहरुलाई संक्रमणको जोखिमबाट बच्न स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउन स्वास्थ्य सामाग्री वितरण गर्न लागिएको हो । पत्रकारहरुलाई स्वास्थ्य सामाग्री वितरण गर्न नेपालगन्ज हेल्थ क्याम्पसले आज विहीबार मास्क तथा हेण्ड सेनीटाइजर हस्तान्तरण गरेको छ । क्याम्पसका अध्यक्ष तथा पुर्ब सभासद मैकुलाल बाल्मिकीले संघका केन्द्रीय अध्यक्ष राकेशकुमार मिश्रलाई ५०० थान सर्जिकल मास्क र ४ दर्जन हेण्ड सेनीटाइजर हस्तान्तरण गर्नुभएको छ ।त्यस अवसरमा क्याम्पसका सञ्चालक प्रभाकर मिश्र, नेपालगन्ज वडा नंं २ का अध्यक्ष सुनिलसिंह हमाल, नेपाली काँग्रेश ...
स्थानिय तहको योजनातर्जुमा प्रकृया र नागरिक सहभागिता विषयक भर्चुअल सम्बाद

स्थानिय तहको योजनातर्जुमा प्रकृया र नागरिक सहभागिता विषयक भर्चुअल सम्बाद

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज ३० बैशाख – स्थानीय तहले गर्ने योजना तर्जुमा प्रक्रियालाई अर्थपूर्ण सहभागिता गराई योजना कार्यान्वयन प्रक्रियालाई प्रभावकारी बनाउनुपर्नेमा नागरिकहरुले जोड दिएका छन । स्थानीय तहले योजना छनौट गर्दा लक्षित समुहका सवाल पहिचान गरि त्यसका आधारमा योजना तयार गरि कार्यान्वयन गर्नपर्ने सुझाव दिएका थिए । पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जले आज विहीबार गरेको स्थानिय तहको योजना तर्जुमा प्रकृया र नागरिक सहभागिता विषयक भर्चुअल बैठकका सहभागिहरुले यस्तो बताएका थिए । योजना तर्जुमा प्रक्रियालाई पुर्ण रुपमा कार्यन्वयन गरि तोकिएको समयमै स्थानीय तहहरुले गर्नुपर्ने र समुदायस्तरका दिर्घकालिन तथा प्रभावकारी योजना संचालन गर्ने र पछाडी पारिएका तथा अन्य लक्षित समुदायको सवाललाई विशेष प्राथमिकतामा राख्नु पर्ने सहभागिहरुले सुझाव दिएका थिए ।कार्यक्रममा स्थ...
अनुसन्धानकाे नाममा अाैषधि सेवनबाट बञ्तित गर्ने अधिकार जिल्ला प्रहरीलाई कसले दिएकाे छ ?

अनुसन्धानकाे नाममा अाैषधि सेवनबाट बञ्तित गर्ने अधिकार जिल्ला प्रहरीलाई कसले दिएकाे छ ?

CoVid19, अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज– "जाे चाेर उसैकाे ठुलाे स्वर" भनेकाे यही हाे । सरकारबाट ताेकिएकाे मापदण्ड अनुसार काेराेना संक्रमितहरूलाई प्रयाेग गर्ने रेम्डिसिभिर अाैषधि सरकारकै सिफारिमा सम्बन्धित फर्मेसीहरूले मात्र बिक्री वितरण गर्ने प्रावधान रहेकाे छ । तर काेहलपुर मेडिकल कालेज, नेपालगन्ज मेडिकल कालेज र भेरी अस्पतालबाट कसरी पुग्याे बालाेबजारी गर्नेहरूकाे हातमा रेम्डिसिभिर अाैषधि ? याे अनुसन्धानकाे विषय हाे तर जिल्ला प्रहरी बाँकेले अनुसन्धानकाे नाममा भेरी अस्पताल भित्र बिक्री हुने अाैषधि नै अनुसन्धान हुनेसम्म बिक्री नगर्ने कतिसम्म जायज छ ? अनुसन्धानकाे नाममा कुनै पनि काेराेना संक्रमित बिरामीलाई अाैषधि सेवनबाट बञ्तित गर्ने अधिकार जिल्ला प्रहरीलाई कसले दिएकाे छ ? भन्ने प्रश्न अाम सर्वसाधारणहरूकाे रहेकाे छ । आज बुधबार ५० हजार रुपैयाँमा रेम्डिसिभर इन्जेक्सन बिक्री गरेको आरोपमा वडा प्रहरी कार्यालयबाट खटेक...
अन्जनी माता रसोईलाई गुप्ताद्वारा नगद सहयोग

अन्जनी माता रसोईलाई गुप्ताद्वारा नगद सहयोग

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २९ बैशाख – कोरोना संक्रमित तथा उनका कुरुवाहरुको लागि भेरी अस्पताल प्राङ्गणमा सञ्चालन गरिएको अञ्जनी माता रसोई घरलाई हाल सहयोगी मनहरुले खुलेर सहयोग गर्न शुरु गरेका छन् ।दैनिक रुपमा एक–दुई जनाले खाद्यान्न, नगद, पानी, स्याउ लगायतको सहयोग गर्दै आईरहेको रसोईमा कार्य गर्ने एकजना सहयोगले बताउनुभयो । सोही अनुसार आज बुधबार नेपालगन्जका अगुवा समाजसेवी घनश्याम गुप्ताले कोरोनाको संकटमा मानवता सम्बन्धी सेवा उपलब्ध गराउँदै आईरहेको अञ्जनी माता रसोईलाई नगद २५ हजार सहयोग गर्नु भएको छ ।समाजसेवी गुप्ताका अनुसार थोरै भएपनि यस रकमबाट भेरी अस्पताल प्राङ्गणमा सञ्चालित अञ्जनी माता रसोईका केही सहयोग हुने उद्देश्यले कोही कसैलाई यस निषेधाज्ञाको बेलामा भोकै बस्न नपरोस् भनी सहयोग गरिएको बताउनुभयो । श्री घाटे मेहंदीपुर बालाजी सेवा समिति नेपालगन्जद्वारा मानवीय कार्यको लागि भेरी अस्पताल भित्र सञ्चालनमा...
वडाअध्यक्ष सिंह दाजु–भाई आफै खटिए

वडाअध्यक्ष सिंह दाजु–भाई आफै खटिए

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २९ बैशाख – कोभिड–१९ को मारमा बाँके जिल्ला हाल कराई रहेको पाईन्छ । सोही कोभिड–१९ कोरोना भाईरसको संक्रमण थप वडामा नफैलियोस् भनी वडाअध्यक्ष समिरप्रताप सिंह र सुधिरप्रताप सिंह आफै खटि वडालाई सेनिटाईजर गर्ने गरेका छन् । मंगलबारदेखि नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ लाई कोरोना संक्रमणबाट रोक्न श्रद्धा ईट्टा उद्योगको लगानीमा वडा नं. ६ का वडाअध्यक्ष दाजु–भाइ वडालाई संक्रमण मुक्त गर्न सेनिटाईजर गर्न खटिएका छन् ।विगत वर्षमा नेपाल सरकारद्वारा लकडाउन गरिएको बेलामा समेत विभिन्न सामाजिक दायित्व निर्वाह गर्दै मास्क वितरण, वडालाई सेनिलाईटर गर्ने, वडामा कम आय भएका गरिब मजदुर वर्गलाई खाधान्नलगायत सामाग्री वितरण गरेका थिए । सोही सामाजिक दायित्व निर्वाह गर्दै यसपटक पनि अन्जनी माता रसोई घरलाई नगद २१ हजारको सहयोग गरि वडा नं. ६ का वडाअध्यक्ष सिंहले शुरूवात गर्दै मंगलबारदेखि वडा नं. ६ मा...
झापा जिल्ला उत्कृष्ठ, बिश्वजित गुरुङ, निर्जलन चौधरी, प्रितम राईले जिते स्वर्ण पदक

झापा जिल्ला उत्कृष्ठ, बिश्वजित गुरुङ, निर्जलन चौधरी, प्रितम राईले जिते स्वर्ण पदक

CoVid19, खेल, प्रदेश १, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २८ बैशाख – तङ इल मोदो संघ नेपालको आयोजनमा पहिलो पटक अनलाइन बोन(काता) प्रतियोगिता –२०२१ सम्पनभएको छ । कोरोनाको महामारीको कारणले बिश्वभरी नै भौतिक रूपमा खेलकुद गतिविधि गर्न असम्भव जसै भैरहेको र खेलाडीहरुमा निराशा पैदा भएको अवस्थामा खेलाडीहरुमा नयाँ उर्जा र उत्साह जगाउन प्रतियोगिताको आयोजना गरिएको तङ इल मोदो संघका महासचिव बिष्णु गिरीले बताए ।प्रतियोगिता अप्रिल ७ देखि मे ७, २०२१ सम्म एक महिना लगाएर तीन चरणमा प्रतिस्पर्धा भएको थियोे । पहिलो चरणमा देशभरिबाट छनोट भएर आएका ३५ जना खेलाडीहरु बीच प्रतिस्पर्धा भएको थियोे । जसबाट २० जना खेलाडी सेमिफाइनलमा प्रवेश गरेका थिए र सेमिफाइनलबाट प्रतिस्पर्धा भएर फाईनलमा १२ जना खेलाडी प्रवेश गरेका उपाध्यक्ष प्रकाश श्रेष्ठले बताए । प्रतियोगीतामा फाइनलमा प्रवेश गर्नेहरुबाट ब्ल्याक बेल्ट पुरुष एकल बोन (काता) समुहमा बिस्वजित गुरुङ (ईलाम) ले स्वर्ण,...
सत्यमखबर समाचारकाे प्रभाव: अनुगमनमा तिब्रता, रेम्डिसिभिर कालाेबजारमा गाैतमबुद्द फार्मेसीलाई २ लाख जरिवाना

सत्यमखबर समाचारकाे प्रभाव: अनुगमनमा तिब्रता, रेम्डिसिभिर कालाेबजारमा गाैतमबुद्द फार्मेसीलाई २ लाख जरिवाना

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २७ बैशाख - केही दिनदेखि लगातार सत्यमखबर अनलाईनले रेम्डिसिभिरकाे ईन्जेक्सनमा कालाेबजारी भईरहेकाे समाचार प्रकाशित गर्दै अाईरहेकाे समाचारकाे प्रभावले गर्दा सम्बन्धित अनुगमनकर्ताहरू हर्कतमा देखिएका छन् । रेम्डिसिभिर कालाेबजारी बारे अाज साेमबार संयुक्त बजार अनुगमन टोलीले बिनाबिलको रेम्डिसिभिर औषधी बिक्री गरेको आरोपमा गौतम बुद्ध नेपालगन्ज फार्मेसीलाई २ लाख जरिवाना गरेको छ । बाँकेमा भेरी अस्पताल, काेहलपुर मेडिकल कलेज, नेपालगन्ज मेडिकल कलेज लगायत स्थानमा रेम्डिसिभिरको कालोबजारी भईरहेकाे समाचार सत्यमखबरले प्रकाशनमा ल्याए अनुसार संयुक्त बजार अनुगमन टोलीले नेपालगन्ज मेडिकल कलेज परिसर भित्र रहेको औषधी पसलको अनुगमन गर्दा बिनाबिलको रेम्डिसिभिर २१ भाइल बिक्री गरको पाइएकाले २ लाख जरिवाना गरेको बाणिज्य आपुर्ति तथा उपभोक्त संरक्षण कार्यालय नेपालगन्जका प्रमुख कृष्ण पौडेलले सत्यमखबरलाई बताए ।...
राप्तीसोनारी गाउँपालिकामा एन्टीजेन परीक्षण

राप्तीसोनारी गाउँपालिकामा एन्टीजेन परीक्षण

CoVid19, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २७ बैशाख –राप्ती सोनारी गाउँपालिकाले सोमबारदेखि एन्टीजेन प्रविधिबाट कोरोना परीक्षण सुरु गरेको छ । राप्ती सोनारीको वडा नम्बर १ र ३ बाट शंकास्पद बिरामीको एन्टीजेन परीक्षण गरिएको राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले जानकारी दिए ।सोमबार १७ जनाको एन्टीजेन परीक्षण गरिएकोमा ७ जनालाई पोजेटिभ देखिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेश शर्माले जानकारी दिए । प्रमुख शर्माका अनुसार वडा नम्बर १ मा एक जना र वडा नम्बर ३ मा ६ जनालाई कोरोना संक्रमण देखिएको छ । संक्रमण देखिएका सबै सामान्य अवस्थामा रहेकाले उनीहरुलाई होम आइसोलेसनमा उनले राखिएको बताए ।भेरी अस्पतालले पीसीआरका लागि स्वाब लिन नमानेको र स्वाब लिए पनि रिपोर्ट ढिला आउने भएकाले कोरोना भाइरस गाउँस्तरमा नफैलियोस् भन्ने उद्देश्यले एन्टीजेन परीक्षणको सुरुवात गरिएको प्रमुख शर्माको भनाइ रहेको छ। कोरोना भाइरससँग मिल्दोजुल्दो ज्वर...
महासंघ बाँकेद्धारा डा. योगी परामर्शदाता नियुक्त

महासंघ बाँकेद्धारा डा. योगी परामर्शदाता नियुक्त

CoVid19, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २७ बैशाख – नेपाल पत्रकार महासंघ बाँके शाखाले कोरोना संक्रमणमा परेका पत्रकारहरुको उपचार परामर्शका लागि फिजिसियन÷फोक्सो रोग बिशेषज्ञ डा.सुभाष योगीलाई परामर्शदाता नियुक्त गरेको छ ।सोमवार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी र डा. योगीबीच उक्त विषयमा सम्झौता भयो । सम्झौता अनुसार डा. योगीले पत्रकारहरुलाई निःशुल्क परामर्श दिनुहुने छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना (कोभिड—१९) संक्रमणको दोस्रो लहरले चारैतिर आक्रान्त पारेको छ । कोरोनाबाट नेपाल मै बाँके जिल्ला बढी प्रभावित बनिरहेको छ । यसै परिपेक्षलाई मध्यनजर गर्दै आफ्ना पत्रकारको स्वास्थ्य सुरक्षाको ख्याल राख्नु पत्रकार महासंघ बाँकेले आफ्नो जिम्मेवारी र कर्तव्य ठानेकोे अध्यक्ष भण्डारीले बताउनुभयो ।सोही जिम्मेवारी निर्वाह गर्ने क्रममा पत्रकार महासंघ बाँकेले नेपालगन्ज मेडिकल कलेजका फिजिसियन÷फोक्सो रोग बिशेषज्ञ डा.सुभाष योगीलाई क...