Sunday, June 28सत्यम खबर
Shadow

श्रम/रोजगार

५० प्रतिशत अनुदानमा धानको विउ

५० प्रतिशत अनुदानमा धानको विउ

प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ७ जेष्ठ – नेपालगन्ज उपमहानगरपालिकाले नगर क्षेत्र भित्रका किसानहरुलाई सहुलियत दरमा उन्नतजातको धानको विउ वितरण सुरु गरेको छ ।उपमहानगरपालिकाले ५० प्रतिशत अनुदानमा धानको विउ वितरण कार्य सुरु गरेको छ । बिहिवारदेखि किसानलाई धानको विउ वितरण सुरु गरिएको हो । नगर प्रमुख डा. धवलशम्शेर राणाले विहिबार सुभारम्भ गर्नुभएको कार्यक्रम केही दिनसम्म चल्ने छ । १५.७५ मेट्रिक टन धानको विउ वितरण गर्न लागिएको छ । ५० प्रतिशत अनुदान प्राप्त गर्ने भएपछि धानको विउ लिन किसानहरुको लाम लागेको छ । किसानको आवश्यकता अनुसार कम्तिमा ३५ किलोको एक बोरी धानको विउ उपलब्ध गराउने गरिएको छ ।राधा–४, रामधान, बहुगुणे–२ र सावा मन्सुरी सव वन गरि चार किसिमका धानका विउ वितरण भईरहेको उपमहानगरपालिकाले जनाएको छ ।...
सहसम्पादक काफ्ले “अब्राहम कन्जरभेसन अवार्ड २०२१ बाट सम्मानित

सहसम्पादक काफ्ले “अब्राहम कन्जरभेसन अवार्ड २०२१ बाट सम्मानित

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ५ जेष्ठ - विश्व वन्यजन्तु कोष (WWF) नेपालद्धारा हरेक वर्ष वन्य जन्तु तथा बाताबरण संरक्षणमा उत्कृष्ट कार्य गरेवापत व्यक्ति विशेष वा समुहलाई प्रदान गरिने "अब्राहम कन्जरभेसन अवार्ड २०२१ पचास हजार नगद रासीसहित नेपालगन्ज १९का हरित अभियानता हेमन्तराज काफलेले पाएका छ्न् ।बातावरण संरक्षणमा रुची राख्ने साथीभाईको जन्मदिन थाहा पाउने वित्तिकै घरमै पुगेर विरुवा उपहार दिने, आफ्नो हरित सोच साकार पार्न साथीभाईलाई निशुल्क रुपमा विरुवा उपहार दिने गर्छ्न हरित अभियन्ता काफ्ले ।उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेल, पूर्व राजा ज्ञानेन्द्र शाह, पूर्व मन्त्री लालबाबु पण्डित, मन्त्री योगेश भट्टराई, सांसद एवम् गायिका कोमल ओली, नायक राजेश हमाल, डाक्टर महावीर पुन, विक्रम पाण्डे, कर्ण साक्य, बरिष्ठ गितकार राजेन्द्र थापा लगायतलाई निम, जामुन, ...
नगरकोट रेडक्रसद्वारा एम्बुलेन्स चालकलाई सम्मान

नगरकोट रेडक्रसद्वारा एम्बुलेन्स चालकलाई सम्मान

CoVid19, आर्थिक, आस्था, प्रदेश १, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
भक्तपुर, ४ जेष्ठ – नेपाल रेडक्रस सोसाइटी नगरकोट उपशाखाले “नामलाई हैन कामलाई सम्मान” भन्ने बिचार पछ्याउँदै एम्बुलेन्स चालक रुपचन्द्र हुमागाईंलाई सम्मान गरेको छ ।बिगत आठ महिनादेखि नेपाल रेडक्रस सोसाइटी नगरकोट उपशाखाको एम्बुलेन्स चालकको रुपमा कार्यरत हुमागाईंले यस्तो कोभिडको समयमा पनि दिनरात नभनी चौबीसैं घण्टा भक्तपुर, ललितपुर, काठमाडौं र काभ्रेका जनतालाई सेवा प्रदान गरिरहनु भएको छ । नेपाल रेडक्रस सोसाइटी नगरकोट उपशाखाका कार्यबाहक सभापति कल्पदीप खड्का,सचिब श्रीराम लामिछाने, कोषाध्यक्ष हरिशरण लामिछाने, सहसचिब मनोज गिरी तथा बिपद व्यवस्थापनका संयोजक बिजय लामिछानेले संयुक्त रुपमा रु.५०००।– नगद सहित हुमागाईंलाई सम्मान गर्नु भएको थियो ।कार्यक्रममा नगरकोट उपशाखाका कार्यबाहक सभापति कल्पदीप खड्काले यस्तो महामारीको समयमा हुमागाईंले गर्नुभएको कामको सम्मान र उहाँलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको...
आरम्भ चौतारी लघुबित्तद्वारा आइसोलेसनलाई सहयोग

आरम्भ चौतारी लघुबित्तद्वारा आइसोलेसनलाई सहयोग

CoVid19, अवधी, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
दुख हरण यादवगढवा, ३ जेष्ठ – बिश्वभरी महामारीको रुपमा फैलिएको कोरोना महामारीको दोस्रो लहरले अहिले अधिराज्य भरीनै आक्रान्त छाइरहेको छ । बिरामीको लागि अस्पतालमा बेड छैन, सिलिन्डर पाइए त्यस भित्र अक्सिजन हुँदैन । कहि एउटै अक्सिजन दुई बिरामीमा प्रयोग गरेको पनि सुनिन्छ ।अस्पतालमा बिरामीको चाप बढ्दा राजनैतिक दलको सिफारीस पछि मात्र भर्ना पाएको गुनासो पत्रपत्रिका मिडियामा आउन लागेको हामी सुनेका छौ । मानौ यो धर्तीमा मानव सेवा र मानवता अब सकिएको छ । तर आरम्भ लघुबित्त गढवाका कर्मचारी मानवसेवामा अग्र भागमा रहेर गरेको सहयोगले सेवा भावको राम्रो उदाहरण दिएको छ । आरम्भ चौतारी लघुबित्त बित्तिय संस्था गढवाका कर्मचारीहरुले मिलेर आफ्नो गाँस काटेर गढवा गाउपालिकाले सञ्चालन गरेको गढवा कोभिड आइसोलेसन सेन्टरका बिरामीलाई लक्षित गर्दै स्वास्थ्य सामाग्री तथा फलफुल सहयोग गरेको छ ।आरम्भ चौतारी लघुबित्त बित्तीय सं...
डाक्टरको टीमसहित वडाअध्यक्ष सिंह कोरोना संक्रमितहरुको घरदैलोमा

डाक्टरको टीमसहित वडाअध्यक्ष सिंह कोरोना संक्रमितहरुको घरदैलोमा

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ३ जेष्ठ – कोभिड–१९ को महामारीबाट बाँकेलगायत स्थान कोरोना संक्रमितहरुबाट ग्रसित रहेको बेला वडा नं. ६ का वडाअध्यक्ष समिरप्रताप सिंह आफै स्वास्थ्यकर्मीहरुको टीम सहित वडामा भएका कोरोना संक्रमितहरुको घरदैलोमा पुगेका छन् ।नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ मा करीब ३४ जना कोरोना संक्रमितहरु रहेको फोकलपर्सन गणेश के.सी.ले जानकारी गराउनु भएको छ । कोरोना संक्रमितहरुको अवस्था के कस्तो छ भनी दैनिक फोनमार्फत अपडेट रहँदै आईरहेको जानकारी गराउँदै फोकलपर्सन के.सी. कोरोना संक्रमितहरुको स्वास्थ्यमा जटिल समस्या भएको बेला डाक्टरसहितको टीम घरमा पुगेर हालसम्म सेवा दिंदै आईरहेको बताउनुभयो । डा. शंकर केसीको नेतृत्वमा ५ जना स्टाफ नर्ससहितको टीम आज सोमबार वडा नं. ६ का कोरोना संक्रमितहरुको घरदैलोमा पुगेको छ । उक्त टीमबाट कोरोना संक्रमितहरुको पाल्स चेकजाँद, हाल उनको अवस्था, अन्य समस्यालगायतको जानकारी ...
पत्रकारहरुको भुमिका के ? र सरकारलाई कसरी दबाब दिने कोरोनाको बेला हामीले ध्यानदिनु पर्ने कुरा

पत्रकारहरुको भुमिका के ? र सरकारलाई कसरी दबाब दिने कोरोनाको बेला हामीले ध्यानदिनु पर्ने कुरा

CoVid19, आस्था, प्रदेश ५, बिचार, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाज
जयपती ढकालमिति २०७८ ज्येष्ठ २ गतेनेपाल अहिले महाविपत्तिमा फसेको छ । यो अवस्थाबाट पार पाउनुको विकल्प छैन् । हामी अदृष्य सत्रु अर्थात भाइरससँग लडिरहेका छौं । यो अवस्थाबाट मुक्त पाउन अब के के गर्ने ? र पत्रकारहरुले कस्तो भुमिका निर्वाह गर्ने भन्ने विषयले पनि खड्काएको छ । जयपती ढकाल सुन्नमा आएको अनुसार मानव सभ्यताको लागि महामारी नयाँ होइन । महामारी नदेखेको, नभोगेको पुस्तालाई अनौठो हामीलाई लागेको छ । तर यस्ता हजारौं महामारीलाई जितेर मानव समाज यहाँसम्म आइपुगेको हो भन्ने कुरा पनि पहिलाको बृद्धिजिविबाट सुनेका छौ । हरेक महामारीमा हजारौं, लाखौं, करोडौं मानिसले हारे होलान्, जीवन गुमाए होलान् तर मानव समुदायले हारेको छैन्, सभ्यताले हारेको छैन् भन्ने नि यसकारण पुष्टि भएको देख्दछु । आगामी दिनमा मानिसहरू यस्ता धैरै महामारी अवश्य भोग्नु पर्नेछ भएको देखिन्छ । त्यसैले अहिलेको महामारी पहिलो पनि होइन ...
कोभिडका बिरामीलाई सहुलियतमा खाना खुवाउँदै एमाले बाँके

कोभिडका बिरामीलाई सहुलियतमा खाना खुवाउँदै एमाले बाँके

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १ जेष्ठ – नेकपा एमाले बाँकेले शनिबारदेखि शिक्षण अस्पताल कोहलपुरमा उपचाररत बिरामी र उनीहरुका कुरुवालाई लक्षित गरि सहुलियतदरमा खाना खुवाउने कार्य सुरुवात गरेको छ ।कोभिड–१९ लाई लक्षित गर्दै एमाले बाँकेले खाना खुवाउने कार्य सुरु गरेको जिल्ला अध्यक्ष अशोक कोइरालाले जानकारी दिनुभयो । हरेक दिन बिहान र बेलुका ३० रुपियाँमा खाना खुवाईने एमाले बाँकेले जनाएको छ । खाना खुवाउने कार्यका लागि एमाले बाँकेले जिल्ला कमिटी सदस्यहरुबाट ४ लाख ६८ हजार रुपियाँ संकलन गरेको छ । पार्टीका बरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालले १५÷१५ हजार रुपियाँ सहयोग गर्नुभएको छ । अभियानमा केएल दुगड ग्रुप, नेपालगञ्ज शिक्षण अस्पताल लगायतको सहयोग रहेको एमाले बाँकेका सचिवालय सदस्य अव्दुल हुसेन खाँले जानकारी दिनुभयो । अभियानमा एमालेको कोहलपुर नगर कमिटी र बैजनाथ गाउँपालिका कमिटी, युवा संघ बाँके, युवा संघ कोहलपुर र...
नेपालगन्जको सबै वडामा स्वास्थ्य सेवा प्रभावकारी बनाइने

नेपालगन्जको सबै वडामा स्वास्थ्य सेवा प्रभावकारी बनाइने

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १ जेष्ठ – नेपालगन्ज उपमहानगरपालिकाले नेपाल चिकित्सक संघ भेरीको सहकार्यमा हरेक वडामा होम आईसोलेसनमा बसेका कोभिड संक्रमितहरुलाई विशेषज्ञ सेवा उपलब्ध गराउने भएको छ ।नेपालगन्ज उपमहानगरपालिकाको अनुरोधका आधारमा संघले नगरका सबै २३ वटै वडाका लागि चिकित्सकलाई जिम्मेवारी दिएको छ । उपमहानगरपालिकाको वडामा रहेका स्वास्थ्य फोकलपर्सनहरुले सुरुमा होम आईसोलेसनमा बसेका संक्रमितहरुको स्वास्थ्य अवस्था बारे जानकारी लिनेछन् । आवश्यकता अनुसार उनीहरुको विरामीको बारेमा वडामा जिम्मेवारी पाएका चिकित्सकहरुसँग सम्पर्क गर्ने छन् । शनिबार चिकित्सक र स्वास्थ्य फोकलपर्सनहरुबीच अन्तरक्रियात्मक छलफल भएको छ । कार्यक्रममा नगर प्रमुख डा. धवलशम्शेर राणाले वडाका स्वास्थ्यकर्मीहरुलाई नियमित चिकित्सकसँग सहकार्य गर्न आग्रह गर्दै सहयोगका लागि चिकित्सक संघलाई धन्यवाद ज्ञापन गर्नुभयो ।यसबारे समुदायस्तरमा स्वास्थ्य से...
नेपालगन्जबासी दैनिक लास गन्ती गर्दैै……….

नेपालगन्जबासी दैनिक लास गन्ती गर्दैै……….

CoVid19, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ३१ बैशाख – मृत्युको शैय्यामा भएकाहरुको लागि मात्र नभएर सिंगो बाँकेबासीहरुले नै हाल दैनिक लाश गनी बसेको देखिन्छ । हाल विश्व कोभिड–१९ कोरोना भाईरसको संक्रमणबाट आक्रान्त भएको बेला सबले आ–आफ्नो स्तरबाट केही नकेही रोकथामका उपाय गरिएको छन् ।तर नेपालको हकमा भने सत्ता र कुर्चीको छिनोफानो मै दिन बितिरहेको छ । के यसकै लागि दुई तिहाईको मत दिएर जनताले सत्ता हन्तान्तरण गरेका थिए ? होईन भने अब लाश गन्ती गन्न बन्द हुनुपर्छ भन्ने बुझाई आम जनमानसको रहेको पाईन्छ । नेपालगन्जबासी दैनिक लाख गन्ती गर्दैै भगवानलाई गुहारिरहेका छन् । मध्य तथा सुदुरपश्चिमको एक मात्र स्वास्थ्यको हबको रुपमा रहेको बाँके जिल्लाको सदरमुकाम नेपालगन्जका स्वास्थ्य संस्थाहरुको पोल अब मात्र खुलेको बुझिन्छ । नेपालगन्जमा रहेका ठूलो अस्पतालहरुमा भेरी अस्पताल, नेपालगन्ज मेडिकल कालेज, कोहलपुर मेडिकल कालेजलगायत सम्पूर्णमा हालको म...
कोरोना रोकथाम र नियन्त्रणका लागि चिकित्सकसँग छलफल

कोरोना रोकथाम र नियन्त्रणका लागि चिकित्सकसँग छलफल

CoVid19, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ३१ बैशाख – कोभिड संक्रमण रोकथाम, नियन्त्रण र व्यवस्थापनका सम्बन्धमा नेपालगन्ज उपमहानगरपालिकाले चिकित्सकहरुसँग परामर्श गरेको छ ।नगर प्रमुख डा. धवलशम्शेर राणा, उपप्रमुख उमा थापा मगर, प्रमुख प्रशासकीय अधिकृत हिरालाल रेग्मी, प्रबक्ता प्रमोद रिजाल, स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले कोभिड रोकथाम र नियन्त्रणका लागि तत्काल गर्नुपर्ने तयारीका विषयमा यहाँका बरिष्ठ चिकित्सकहरुसँग परामर्श गर्नुभएको हो ।छलफलका आधारमा नेपालगन्ज उपमहानगरपालिकाले २३ वटै वडामा चिकित्सकहरुको सहयोग लिने भएको छ । वडाका स्वास्थ्य फोकलपर्सनहरुले वडाभित्रको विरामीको अवस्थाका बारेमा चिकित्सकसँग परामर्श गर्नेछन् । रामलिला मैदानस्थित आईसोलेसन सेन्टरमा अक्सिजनसँगै अन्य उपचार पनि प्रभावकारी रुपमा सञ्चालन गरिने भएको छ ।छलफलमा सहभागी चिकित्सकहरुले वडाभित्रका स्वास्थ्य संस्थाहरुलाई थप प्रभावकारी बनाउन सुझाव दिनुभए...