Monday, April 27सत्यम खबर
Shadow

सत्यमखबर समाचारकाे प्रभाव: अनुगमनमा तिब्रता, रेम्डिसिभिर कालाेबजारमा गाैतमबुद्द फार्मेसीलाई २ लाख जरिवाना

नेपालगन्ज, २७ बैशाख – केही दिनदेखि लगातार सत्यमखबर अनलाईनले रेम्डिसिभिरकाे ईन्जेक्सनमा कालाेबजारी भईरहेकाे समाचार प्रकाशित गर्दै अाईरहेकाे समाचारकाे प्रभावले गर्दा सम्बन्धित अनुगमनकर्ताहरू हर्कतमा देखिएका छन् ।

रेम्डिसिभिर कालाेबजारी बारे अाज साेमबार संयुक्त बजार अनुगमन टोलीले बिनाबिलको रेम्डिसिभिर औषधी बिक्री गरेको आरोपमा गौतम बुद्ध नेपालगन्ज फार्मेसीलाई २ लाख जरिवाना गरेको छ ।

बाँकेमा भेरी अस्पताल, काेहलपुर मेडिकल कलेज, नेपालगन्ज मेडिकल कलेज लगायत स्थानमा रेम्डिसिभिरको कालोबजारी भईरहेकाे समाचार सत्यमखबरले प्रकाशनमा ल्याए अनुसार संयुक्त बजार अनुगमन टोलीले नेपालगन्ज मेडिकल कलेज परिसर भित्र रहेको औषधी पसलको अनुगमन गर्दा बिनाबिलको रेम्डिसिभिर २१ भाइल बिक्री गरको पाइएकाले २ लाख जरिवाना गरेको बाणिज्य आपुर्ति तथा उपभोक्त संरक्षण कार्यालय नेपालगन्जका प्रमुख कृष्ण पौडेलले सत्यमखबरलाई बताए ।

प्रमुख पाैडेलका अनुसार फार्मेसीले रेम्डिसिभिर बिक्री गरेको बिलमा मिति समेत उल्लेख नगरेको पाइएको छ । अगामि दिनमा कुनै पनि औषधी बिक्रि बितरण गर्दा पारदर्शी तरिकाले बिल काटेर बिक्री गर्ना सुझाव समेत दिएको जनाएका छन् ।

नेपालगन्जको खजुरा रोडमा रहेको शुभा राइस मिलबाट १६ बोरा चना, १४ बोरा मासको दाल र ४ बोरा मुँगको दाल पनि नष्ट गरिएको छ । उक्त बस्तु उपभोग्य मिति समाप्त भएकाले खाल्डो खनेर नष्ट गरिएको बजार अनुगमन टोलीले जनाएको छ ।

करिब १ लाख बजारको आखाद्य बस्तु नष्ट गरेको बजार अनुगमन टोलीले जनाएको छ । संयुक्त बजार अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालयका प्रशाकिय अधिकृत हरिश चन्द्र शर्मा, औषधी व्यवस्था बिभाग नेपालगन्जका धनिबहादुर बोहरा, लोकेश गिरी, उपभोक्त संरक्षण मंचका बसन्त गौतम, बाणिज्य आपुर्ति तथा उपभोक्त संरक्षण कार्यालय नेपालगन्जका सुचना अधिकारी देवीलाल चौलागाई, वडा प्रहरी कार्यालय नेपालगन्ज प्रहरी निरीक्षक डिल्लीबहादुर खड्का लगायत थिए ।

उक्त औषधिको बजार मुल्य ५ हजार रहेको बताइए पनि तस्करी गरेर ३० हजारमा बिक्री भइरहेको गुनासो छ। हाल खाने तेलमा समेत कालाेबजारी भईरहेकाे जनगुनासाे रहेकाे हुँदा सम्बन्धित पक्षकाे ध्यान यसतर्फ केन्द्रित हुनुपर्ने अाम उपभाेक्ताकाे चाहना रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *