महिलाको पुर्नस्थापना गर्दा दिर्घकालिन रुपमा बाँच्ने योजना ल्याउनुपर्नेमा जोड
नेपालगञ्ज, १६ जेष्ठ - महिला तथा बालबालिकाका समस्या समाधानका लागि उनीहरुको पुर्नस्थापना गरि दिर्घकालिन रुपमा बाच्न सक्ने गरि सरकारले व्यवस्थापन गर्नुपर्ने एक कार्यक्रमका सहभागिहरुले बताएका छन् ।
तेस्रो राष्ट्रिय महिला अधिकार दिवसको सन्दर्भमा नेपालगन्जमा आज आईतबार महिला बालबालिका तथा मानवबेचविखनका सवालमा गरिएको भर्चुअल रेडियो बहसका सहभागिहरुले सरकारले महिला तथा बालबालिकाहरुको पुर्नस्थापना केन्द्र निमार्ण तथा आवश्यकता अनुसारको सिप प्रदान गरि आयआर्जन तर्फ उन्मुख बनाउने किसिमको ठोस योजना ल्याउनुपर्ने माग गरिएको थियो ।
सहभागिहरुले सिमा नाकासंग जोडिएको बाँके जिल्लामा मानव बेचविखनका घटनाहरु बढी हुने भएकाले महिलाहरुको संरक्षण तथा सम्वर्द्धनका लागि विशेष रणनिति बनाएर अघि बढनुपर्ने सुझाव दिएका थिए । मानव बेचविखनविरुद्धको अभियान, रोकथाम नै समाधान भन्ने नाराका साथ प्लान इन्टरनेशनलसँगको साझेदारीमा...








