
शमशेरगन्ज, १४ जेष्ठ – बाँकेको राप्तीसोनारी गाउँपालिकाको स्वास्थ्य शाखा संयोजकमा देवेन्द्रकुमार केसीलाई नियुक्त गरिएको छ ।
विश्वव्यापी महामरीको रुपमा फैलिएको कोभिड १९ को संक्रमणलाई मध्यनजर गरी स्वास्थ्य शाखा अन्तर्गतका कार्यक्रमहरुलाई सर्वसुलभ एवम् चुस्तदुरुस्त बनाउनका लागि कर्मचारी आवश्यक भएकोमा केसीलाई चयन गरिएको गाउँपालिकाले जनाएको छ ।
यस अघि स्वास्थ्य शाखा प्रमुखको जिम्मेवारीमा रहेका सुरेशकुमार शर्मालाई भने कोभिड फोकल पर्सन तोकिएको छ । प्रमुख शर्माले मनोमानी तवरले कर्मचारी समायोजन गरेपछि विवादमा आएका थिए ।
शर्माले विगत दुई वर्षदेखि कार्यरत कर्मचारीलाई बेवास्था गर्दै नयाँ कर्मचारीलाई मनोमानी तवरले पदस्थापना गरेका थिए ।
कर्मचारी समायोजन गर्दा दुई वर्षदेखि समायोजन संशोधन भई आएकालाई पदस्थापना नगरी नयाँ समायोजन संशोधन भई आएकालाई शाखा प्रमुख शर्माले आफूपायक पदस्थापना गरेको आरोप लागेको थियो ।
जुन समाचारलाई प्राथमिकता साथ सत्यम खबर अनलाइनले प्रकाशन गरेको थियो ।
