Sunday, June 28सत्यम खबर
Shadow

श्रम/रोजगार

जिल्ला कोभिड १९ संकट व्यवस्थापन समिति मार्फत विभिन्न निकायलाई सामग्री हस्तान्तरण

जिल्ला कोभिड १९ संकट व्यवस्थापन समिति मार्फत विभिन्न निकायलाई सामग्री हस्तान्तरण

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
प्रहलाद विश्वकर्मा,नेपालगंज २४ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले जिल्ला कोभिड संकट व्यवस्थापन समिति मार्फत भेरी अस्पताल, नेपाल प्रहरी, नेपाल आर्मी र सशस्त्र प्रहरीलाई सुरक्षा सामग्री सोमवार हस्तान्तरण गरेको छ । बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले प्रमुख जिल्ला अधिकारी शिवराम गेगाललाई एक कार्यक्रमका बीच सामग्री हस्तान्तरण गर्नु भएको हो । हस्तान्तरण लगतै प्र.जि.अ.गेगालले भेरी अस्पतालका मेडिकल सुपरिटेन्ट डा.प्रकाश थापा, नेपाल प्रहरीका प्रहरी उपरिक्षक ओमबहादुर राना, शसस्त्र प्रहरीका प्रहरी उपरिक्षक अशोक वम र नेपाल आर्मीका कैप्टान विक्रम चौधरीलाई व्यक्तिगत सुरक्षा सामग्री हस्तान्तरण गर्नु भएको थियो । भेरी अस्पताललाई पि.पि.इ ८० थान, मास्क ७ हजार, शव व्यवस्थापन व्याग विभिन्न चरणमा गरी ३०० थान, नेपाल प्रहरीलाई मास्क २ हजार ५ सय, शसस्त्र प्रहरीलाई १ हजार ५ सय र नेपाल आर्मीलाई १ ...
रगत अभाव हुन नदिन साहु समाजको सक्रियतामा रक्तदान

रगत अभाव हुन नदिन साहु समाजको सक्रियतामा रक्तदान

CoVid19, अवधी, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २४ जेष्ठ – कोभिड–१९ कोरोना भाईरसको संक्रमणबाट नेपालगन्ज ग्रसित रहेको बेला भेरी अस्पताल प्रा·ण भित्र रहेको नेपालगन्ज रेडक्रस सोसाईलद्वारा सञ्चालित ब्लड बैंकमा रगत अभाव देखिएको छ ।सोही अभावलाई ध्यानमा राखी आईतबार कशौंधन वैश्य समाजद्वारा बृहत रक्तदान गरिएको छ । तर बिरामीहरुको अधिक चापले गर्दा रगत अभावमा कमी नआउने नदेखिएपछि साहू समाज जिल्ला कार्य समितिले समेत अग्रसरता देखाउँदै रक्तदान गर्ने तयारी गरेको रक्तदान कार्यक्रम संयोजक प्रदीश शाहले बताउनुभयो । संयोजक शाहका अनुसार साहू समाज जिल्ला कार्य समिति नेपालगन्ज (बाँके) ले जेष्ठ २९ गते शनिबार बृहत रक्तदान कार्यक्रमको आयोजना गर्ने बताउनुभयो । साहू समाज जिल्ला कार्य समिति र साहू समाज युवा जिल्ला समितिको बैठकमा रक्तदान कार्यक्रम आयोजन गर्ने निर्णय गरिएको जानकारी संयोजक शाहले बताउनुभयो ।गत शनिबार समाजका अध्यक्ष हंसराम साहूको अध्यक्ष...
नेपाल शिक्षक संघद्वारा ८ वटै पालिकालाई ज्ञापन पत्र

नेपाल शिक्षक संघद्वारा ८ वटै पालिकालाई ज्ञापन पत्र

CoVid19, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २३ जेष्ठ – नेपाल शिक्षक संघद्वारा ८ वटै पालिकाहरुलाई कोभिड–१९ विरुद्धको खोप तथा बालविकास र विद्यालय कर्मचारीहरुको तलब भत्ता सुनिश्चितता गर्न ज्ञापन पत्र बुझाएका छन् । जानकी गाउँपालिका–५ नेपाल शिक्षक संघका अध्यक्ष साकिर खानको नेतृत्वमा उपाध्यक्ष सीता ओलि, सचीव खेमेन्द्र बुढाथोकी, उपसचिव सन्ध्या शर्मा, सहसचिव धर्मराज तिवारी, सदस्य ओमप्रकाश बिश्वकर्मा, राजु यादव, बिना भण्डारी, शिक्षक महासङका उपाध्यक्ष बिजय लक्ष्मी मिश्रा, सचिव उमेश सोनखरको टोलीले गाउँपालिका प्रमुख रामनिवास यादवलाई ज्ञापन पत्र बुझाएका छन् । शिक्षक संघद्वारा पालिकाहरुलाई बुझाईएको ज्ञापन पत्रमा– “प्रस्तुत बिषय सम्बन्धमा हाल कोभिड–१९ को महामारीका कारण भौतिक उपस्थितिमा बिधालयको पठनपाठन कार्य बन्द रहेको सर्बबिदितै छ । यस्तो बन्दाबन्दिको बेलामा समेत घरघरमा बिद्यालयको अभियान लिएर बैकल्पिक माध्यमबाट शिक्षण सिक...
“स्वास्थ्यकर्मीलाई हातपात गर्नु हुन्न”– शाक्य

“स्वास्थ्यकर्मीलाई हातपात गर्नु हुन्न”– शाक्य

CoVid19, अपराध, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २२ जेष्ठ – जनताको सेवामा खटेका स्वास्थ्यकर्मीलाई हातपात गर्नु हुन्न स्वास्थ्यकर्मी माथि हातपात गर्ने जोसुकै भएपनि कानुन बमोजिमको कारवाही हुन्छ नेकपा एमाले केन्द्रिय सदस्य एवं अनेमसंघ केन्द्रिय सचिव सुजिता शाक्यले ठोकुवा गर्नु भयो ।भेरी अस्पताल नेपालगन्जमा स्वास्थ्यकर्मीमाथि भएको हातपातको घटना बारे जानकारी लिन आउनु भएकी शाक्यले कारवाहीमा ढिला किन भन्ने सहभागीको जिज्ञासामा यसो भन्नुभयो, विडम्बना अहिलेसम्म स्वास्थ्यकर्मीमाथि हातपात गरेमा के सजाय दिने ? कति सजाय दिने ? गाली गलौच गरेमा के साजय दिने ? हातपात गरेमा के सजाय दिने भन्ने सम्बन्धि कानुन बनेकै रहेनछ । त्यसकारण कानुन बनाउँदा अलिकति समय लिएको भएतापनि मन्त्रिपरिषदको बैठकले कानुन बनाउने निर्णय गरी सकेको हुनाले छिट्टै कानुन बमोजिमको सजाय हुनेमा विश्वस्त पार्नु भयो ।उहाँले कानुन निर्माण नगरीकन के कारवाहि गर्ने ? कति सजाय तो...
वातावरण दिवसमा बृक्षारोपण

वातावरण दिवसमा बृक्षारोपण

CoVid19, अवधी, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २२ जेष्ठ – कोभिड–१९ कोरोना भाईरसको विषम् परिस्थितिमा बाँकेबासीहरुले देखेको अक्सिजन अभावलाई ध्यानमा राखी विश्व वातावरण दिवसको अवसर पारी अवधी पत्रकार संघ नेपाल जिल्ला शाखाद्वारा अवधी पत्रकार भवन निर्माण स्थल र शिव पार्वती मन्दिर प्राङ्गणमा बृक्षारोपण गरिएको छ । अवधी पत्रकार संघ नेपाल जिल्ला शाखा बाँके, परिवर्तन फाउण्डेशन नेपाल, मानव अधिकार शान्ति समाज बाँके, हिन्दु स्वयं सेवक संघको संयुक्त आयोजनामा बृक्षारोपण गरिएको अवधी पत्रकार संघ नेपाल बाँके शाखा अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठीले जानकारी गराउनुभयो । अवधी पत्रकार संघ नेपाल र शिव पार्वती मन्दिर संरक्षक एवम् समाजसेवी माधवराम बर्माको प्रमुख आतिथ्यमा सम्पन्न बृक्षारोपण कार्यक्रममा परिवर्तन फाउण्डेशन नेपाल बाँके अध्यक्ष कृष्णदेवी पाण्डेय, मानव अधिकार शान्ति समाज बाँकेका उपाध्यक्ष प्रेम शर्मा, हिन्दु स्वयंसेवक संघ नेपालक...
भोलि कशौधन वैश्य समाजद्वारा बृहत रक्तदान गरिने

भोलि कशौधन वैश्य समाजद्वारा बृहत रक्तदान गरिने

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २२ जेष्ठ – रक्तदान जीवन दान भन्ने मुख्य उद्देश्य राखी कशौंधन वैश्य समाज बाँकेले भोलि आईतबार बिहान बृहत रक्तदान गर्ने भएको छ । कशौंधन वैश्य समाज, कशौंधन वैश्य युवा मञ्च र कशौधन वैश्य महिला मञ्चको संयुक्त आयोजनामा भोलि आईतबार सम्पन्न हुने बृहत रक्तदानमा सम्पूर्ण नेपालगन्जबासीहरुलाई यस कोरोना भाईरसको संक्रमण कालमा ब्लड बैंकमा रक्त अभाव भएको हुँदा रक्तदान गरी मानवीय सेवामा समर्पित हुँदा रक्त अभाव परिपूर्ति गर्न समाजका अध्यक्ष नन्दलाल वैश्यले अनुरोध गरेका छन् । मानवताप्रेमी कार्यमा सदैव सर्मित कशौधन वैश्य समाजले आज शनिबार विश्व वातावरण दिवसको अवसरमा नेपालगन्ज वडा नं. २ स्थित रहेको गौशालामा बृक्षारोपण गरेको जानकारी गराउँदै समाजका अध्यक्ष वैश्यले भोलि हुने बृहत रक्तदान कार्यक्रम सुरक्षा मापदण्डको पूर्णपालना गरिएको हुँदा उपस्थित भई रक्तदान गर्न अपील गरेका छन् । बृक्...
पत्रकारहरुका लागि भर्चुअल मानवअधिकार तालिम

पत्रकारहरुका लागि भर्चुअल मानवअधिकार तालिम

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, २२ जेष्ठ – पत्रकारहरुका लागि मानवअधिकारका विषयमा एक दिने भर्चुअल तालिम नेपालगन्जमा सम्पन्न गरिएको छ । पारस्पारिक जवाफदेहिता परियोजना अन्तर्गत सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जले आज शनिबार भर्चुअल अनलाईन तालिम गरेको हो ।तालिममा मानवअधिकार, अवधारणा, सिद्धान्तका बारेमा राष्ट्रिय मानवअधिकार आयोगका पुर्ब सदस्य मोहना अन्सारी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकार कार्यान्वयनको फ्रेमवर्कका बारेमा कानूनविद अधिबक्ता मोहनलाल आचार्य र मानवअधिकारका सवालको पहिचान, रिर्पोटिग र पत्रकारहरुको भुमिकाका बारेमा वरिष्ठ पत्रकार धमेन्द्र झाले सहजीकरण गर्नुभएको थियो । तालिम पश्चात सहभागी पत्रकारहरुले मानवअधिकार सवालको पहिचान तथा त्यस अन्तर्गतका विषय बस्तुहरुमा रिपोर्टिग गर्ने विश्वास लिइएको छ । तालिममा बाँके र बर्दिया जिल्लाका विभिन्न सञ्चारमाध्यममा कार्यरत करिब दुई दर्जन सक्रिय ...
बिरामी र कुरूवाकाे सेवामा अहाेरात्र नेकपा बाँके

बिरामी र कुरूवाकाे सेवामा अहाेरात्र नेकपा बाँके

CoVid19, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काेहलपुर, २१ जेष्ठ - नेकपा एमाले बाँकेले कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण असपताल कोहलपुरका कोभिड विरामी र कुरुवाका लागि संचालन गरेको भान्साघरमा अहिलेसम्म करिव पाँच हजार पाँच सयले खाना खाएका छन् । विभिन्न संघसंस्थाको सहयोगमा एमाले बाँकेले २२ दिन अघि भान्साघर संचालनमा ल्याएको थियो । कोभिड विरामी र कुरुवालाई लक्षित गरेर ल्याइएको भान्साघरमा ३० रुपैयाँमा एक छाक खाना खाने व्यवस्था मिलाइएको छ । लकडाउन र निषेधाज्ञाका कारण होटलहरु बन्द हुँदा अप्ठ्यारो झेल्दै आएका विरामी र कुरुवाहरुले राहत महसुस गरेका छन् । सल्यान मार्केका गुरुवा चौधरीले अस्पतालमा सुरु गरिएको भान्साघरको खाना राम्रो र सस्तो रहेको बताउनुभयो । उहाँजस्तै अहिलेसम्म पाँच हजार बढीले खाना खाइसकेको नेकपा एमाले बाँकेका अध्यक्ष अशोक कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार दैनिक तीस हजार रुपैयाँ खाना खर्च आउने गरेको छ । विहा...
“लकडाउनले गर्दा बैंकको ब्याजसम्म बुझाउन धौ–धौ” प्रधानाध्यापक बर्मा

“लकडाउनले गर्दा बैंकको ब्याजसम्म बुझाउन धौ–धौ” प्रधानाध्यापक बर्मा

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २१ जेष्ठ – श्री माध्यमिक विद्यालय बन्जारे गाउँ जानकी गाउँपालिका वडा नं. ३ का प्रधानाध्यापक आदित्यकुमार बर्मा कृषि पेशातिर आकर्षिक हुँदै लाखौं रुपैयाँको लगानी गरी कृषि खेती गरिरहेका छन् ।कोभिड–१९ कोरोना भाईरसको नियन्त्रणका लागि विगत १ महिना २० दिनदेखि सरकारद्वारा लगाईएको लकडाउनले गर्दा उनको उक्त सपना चकनाचुर हुने अवस्थामा पुग्दा समेत सम्बन्धित कसैको आँखा पुग्न नसकेको गुनासो प्रधानाध्यापक बर्माको रहेको छ । सरकारद्वारा गरिएको लकडाउनले गर्दा नै खेतबारीमा उत्पादन भएको हरियो तरकारी समेत बजारमा नपुग्दा लगानी त डुब्यौ त्यसमाथि बैंकबाट लिएको ऋण कसरी तिर्ने र प्रत्येक महिना बुझाउने बैंक ब्याजको व्यवस्थापन कसरी गर्ने भन्ने चिन्ता अर्कोतिर रहेको गुनासो प्रधानाध्यापक बर्माले पोख्नुभयो । जानकी गाँउपालिका ३ बन्जारे गाँउमा बसोबास गर्दै श्री मध्यमिक बिद्यालयका प्रधानाध्यापक भएर शिक...
कोरोना कहरः उपमहानगर भित्र १ सय ३९ जनाको मृत्यु, जिम्मेवारी कसले निर्वाह गर्यो ?

कोरोना कहरः उपमहानगर भित्र १ सय ३९ जनाको मृत्यु, जिम्मेवारी कसले निर्वाह गर्यो ?

CoVid19, आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १७ जेष्ठ – कोभिड–१९ कोरोना भाईरसले आक्रान्त बनेको नेपालगन्ज उपमहानगरपालिका भित्र ५८ महिला र ८० पुरुष गरी जम्मा १ सय ३९ जनाको ज्यान गईसकेको तथ्यांकले देखाएको छ ।नेपालगन्ज उपमहानगरपालिका भित्र रहेका २३ वटा वडाहरुलाई मात्र जोडेर यति धेरै संख्यामा कोरोना संक्रमितहरुको मृत्यु भईसक्दा समेत थप मृत्युदर रोकथाम गर्नुको साटो राजनीतिक खिचातानीमा बाँकेका नेता तथा कार्यकर्ताहरुलाई लागेको देखिन्छ ।यही खिचातानीले गर्दा आम सर्वसाधारणहरुले पाउनु पर्ने निःशुल्क स्वास्थ्य सेवामा समेत काली बजारी भईरहेको समाचार कैयन पटक यसै सत्यमखबरमार्फत आम पाठक वर्ग कहाँ पु¥याईएको छ । फाईल फोटो नेपालगन्ज उपमहानगरपालिका भित्र रहेको तथ्यांकले देखाए अनुसार हालसम्म उपमहानगर भित्र ९ हजार २ सय ४९ जना कोरोना संक्रमित भईसकेका छन् । जसमध्ये महिला ३ हजार ९ सय ९९ जना रहेका छन् भने पुरुष ५ हजार २ सय ५० गरी जम्मा ९ हजार ...