Friday, May 15सत्यम खबर
Shadow

अवधी भाषी पत्रकार शेषलाई मातृशाेक

नेपालगन्ज, १४ जेष्ठ – अवधी पत्रकार संघ नेपाल बाँके शाखा सदस्य अवधी भाषी पत्रकार अरसद शेषलाई मातृ शोक परेको छ । शेषकी ६० वर्षिय आमा मोबिना बेगमको आज शुक्रबार साझा साढे ५ बजे आफ्नै निवासमा निधन भएको जनाईएकाे छ ।

अवधी भाषी पत्रकार शेषको आमाको निधन हृदयघातका कारण भएको परिवार स्राेतले जनाएको छ । अवधी पत्रकार संघ नेपाल बाँके शाखा अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठीले शोक बक्तव्य प्रकाशित गरी अवधी पत्रकार संघ नेपाल जिल्ला शाखा साधारण सदस्य, नेपाल पत्रकार महासंघ बाँकेका साधारण सदस्य तथा न्युज फ्ल्यास साप्ताहिकका प्रकाशक/सम्पादक शेषकी ममतामयी आमा मोबिना बेगमको दुखद निधनप्रति बाँके शाखा स्तब्ध भएकाे शाेक वक्तव्यमा उल्लेख गरेकाे छ ।

जिल्ला शाखाद्वारा जारी शाेक वक्तव्यमा भनिएको छ, दुःखको यस घडिमा अवधी भाषी पत्रकार शेष र परिवारजनमा जिल्ला शाखा गहिरो समवेदना प्रकट गर्दछ । बाँके शाखाले शेषकी स्वर्गिय आमाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनलाई यसदुखकाे घडिबाट छिट्टै निकासकाे लागि माता बागेश्वरीसित प्रार्थना गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *